Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणाले सोमबार जावलाखेलमा जारी १९औँ गोदावरी फूल प्रदर्शनी तथा मेलाको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा पूर्वअध्यक्ष राणाले प्रदर्शनीमा राखिएका विभिन्न प्रजातिका फूल, पुष्पजन्य सामग्री तथा व्यवसायीका स्टलहरूको अवलोकन गरेकी थिइन् । उनले नेपाली पुष्प व्यवसायको अवस्था, उत्पादनको विविधता, बजारको सम्भावना र व्यवसायीले भोगिरहेका चुनौतीबारे समेत चासो व्यक्त गरेकी थिइन् । नेपालमा पुष्प व्यवसायको विकास र विस्तारका लागि यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने राणाको धारणा थियो । स्वदेशमै उत्पादन हुने फूलको बजार विस्तार, व्यावसायिक उत्पादनमा वृद्धि तथा पुष्प व्यवसायमा आबद्ध उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता उनले औँल्याएकी थिइन् । नेपालमा फूलको माग बढ्दै गएको सन्दर्भमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापनमा समेत जोड दिनुपर्ने देखिन्छ । पुष्प व्यवसायलाई कृषि तथा उद्यमशीलताको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न उत्पादनसँगै बजारीकरण, आधुनिक प्रविधिको प्रयोग र व्यवसायीको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता छ ।जावलाखेलमा जारी १९औँ गोदावरी फूल प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूलसहित मौसमी फूल तथा अन्य पुष्पजन्य सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । प्रदर्शनीमा पुष्प व्यवसायी, उत्पादक तथा फूलप्रेमीहरूको सहभागिता रहेको छ । प्रदर्शनीले नेपाली पुष्प व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बजारीकरण गर्ने अवसर प्रदान गर्नुका साथै उपभोक्तालाई स्वदेशी फूलबारे जानकारी गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । The post भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ
Latest NewsJust now

हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित नेपालथोकाबाट एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ घर भएका २९ वर्षीय मन्जित योञ्जन छन्। लागुऔषध नियन्त्रण ब्यूरोको शाखा... ...

रातोपाटी
एन प्याब्सन विवाद : कसरी पुग्यो निलम्बन स्थितिमा ?
Latest NewsJust now

एन प्याब्सन विवाद : कसरी पुग्यो निलम्बन स्थितिमा ?

काठमाडौँ । दुईपक्षीय समानान्तर गतिविधिकै कारण सरकारले आधिकारिक रूपमा निलम्बन गरेपछि निजी विद्यालयहरूको संस्था ‘एन प्याब्सन’को वैधानिकतामा गम्भीर संकट उत्पन्न भएको छ । एन प्याब्सनको सातौँ महाधिवेशनमा भएको १८–१८ महिना... ...

रातोपाटी
रुद्धवेनी—बुर्तिबाङ सडकखण्ड अवरुद्ध
Latest NewsJust now

रुद्धवेनी—बुर्तिबाङ सडकखण्ड अवरुद्ध

तिलाचन पाण्डेतम्घास (गुल्मी), कात्तिक १६ गते । गुल्मीमा सडक माथिबाट ठुलो ढुङ्गासहितको लेदो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्... ...

गोरखापत्र
बाख्रा चोरीको आरोपमा दुई जना पक्राउ
Latest NewsJust now

बाख्रा चोरीको आरोपमा दुई जना पक्राउ

विराटनगर। मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट बाख्रा तथा खसी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय प्रकाश राजवंशी र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play