चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले बिहान पौने १० बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले कार चालक भरतपुर महानगरपालिका–१६ का ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भरतपुरमा कारको ठक्करबाट ३० वर्षीया महिलाको मृत्यु, दुई घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






