Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

भन्सार छली ल्याइएका १६ लाखभन्दा बढीका अवैध सामान बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
भन्सार छली ल्याइएका १६ लाखभन्दा बढीका अवैध सामान बरामद
Photo / Coverage: केन्द्रबिन्दु

वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका कार्यालयबाट खटिएका टोलीले भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपाल भित्र्याउँदै गरेका सामान बरामद गरेका हुन् । बरामद सामानमध्ये भन्सार कार्यालयमा बुझाइएका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ भने घरेलु मदिरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले बताए । सशस्त्र प्रहरीले एक लाख ४३ हजार ४५१ रुपैयाँ बराबरका भिटामिन औषधि बरामद गरेको छ । त्यस्तै, बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको एक लाख १० हजार रुपैयाँ बराबरका कपडा बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी, पर्सा र बाराको सीमाक्षेत्रनजिकै रहेको एक छाप्रोमा भन्सार छली ल्याइएका कपडा लुकाइछिपाइ राखिएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरीका दुवै जिल्लाका गणबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो । सो क्रममा नौ लाख ७० हजार रुपैयाँ बराबरका कपडा बरामद गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । त्यस्तै, मातहतका कार्यालयबाट खटिएका टोलीले विभिन्न स्थानबाट चार लाख पाँच हजार ५९० रुपैयाँ बराबरका मोटरसाइकल, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवललगायत सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएका छन् । यस्तै, बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १२ हजार रुपैयाँ बराबरको ६० लिटर घरेलु मदिरासमेत बरामद गरेको छ । उक्त मदिरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने
Latest NewsJust now

रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न नहुने बताए । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो । सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा ...

नेपालन्युज
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको  विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
Latest NewsJust now

पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको  विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीयस्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताएका छन् । बडीकेदार क्षेत्र पर्यटन विकास समिति डोटीले बडीकेदार धार्मिक पर्यटन जात (मेला) बारे जानकारी दिन शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदारलाई पनि सोही सर्किटमा जोडेर विकास गर्ने प्रदेश […] ...

काठमाण्डुपाटी
विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट
Latest NewsJust now

विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट

काठमाडौँ । लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । रोहित पौडेल ७ बलमा ९ रन बनाएर आउट भएका छन् । पाँच विकेट गुमाएसँगै लुम्बिनीको ब्याटिङ अर्डर धर्मराएको छ । त्रिवि क्रिकेट... ...

रातोपाटी
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु
Latest NewsJust now

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमारको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । शनिबार प्रत्यक्षदर्शी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play