Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद
Photo / Coverage: नेपालन्युज

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सो रकम बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्नुका साथै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए । सशस्त्र प्रहरीले रु एक लाख ४३ हजार ४५१ बराबरको भिटामिन औषधी, विन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित विओपि अमरपट्टीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार ल्याउँदै गरेको एक लाख दश हजार बराबरको कपडाहरू बरामद गरि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ । साथै जिल्ला बारा र पर्साको सीमा नजिक छाप्रोमा भन्सार छली ल्याई कपडाहरू लुकाई छिपाई राखेको विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वाटर पर्सा र नम्बर १२ गण हेड क्वाटर बाराबाट खटिएको संयुक्त टोलीले खानतलासी गरि नौ लाख ७० हजार बराबरको कपडा बरामद गरि भन्सार बुझाइएको छ। त्यसैगरि मातहत कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट रु चार लाख पाँच हजार ५९० बराबरको मोटर साइकल, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवल लगायतका विभिन्न सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ । विओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको रु १२ हजार बराबरको ६० लिटर घरेलु मदिरा बरामद गरि आवश्यक प्रक्रिया पुर्याइ नष्ट गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति
Latest NewsJust now

नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति

काठमाडौँ । नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ... ...

रातोपाटी
डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित
Latest NewsJust now

डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित

भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो । ...

कान्तिपुर
लुम्बीले लगातार गुमायो २ विकेट
Latest NewsJust now

लुम्बीले लगातार गुमायो २ विकेट

काठमाडौँ । लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बनीका डार्सी सर्ट ३८ बलमा ४५ रन बनाएर आउट भएका हुन् भने... ...

रातोपाटी
पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु
Latest NewsJust now

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीका क्रममा दुई सैनिक र १६ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाले शनिबार उक्त जानकारी दिएको हो । सेनाको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play