Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भन्सारबाट सामान छुट्नेबित्तिकै भिसिटिएसमा विवरण आउने व्यवस्था गर्न प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
भन्सारबाट सामान छुट्नेबित्तिकै भिसिटिएसमा विवरण आउने व्यवस्था गर्न प्रस्ताव
Photo / Coverage: टक्सार

काठमाडाैँ । भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भिसिटिएस) लाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलबार प्रतिनिधि सभाको अर्थ समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भिसिटिएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रस्तुत गरे । भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उनले यसैको उदाहरणका रूपमा उल्लेख गरे । यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आएका सामानको विवरण र ढुवानी साधनको विवरणबिच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ । सचिव उपाध्यायले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भीसीटीएसमा विवरण प्रविष्ट गर्ने व्यवस्था कायम राख्दै भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै आवद्ध गर्नुपर्ने प्रस्ताव गरे । उनले चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि स्पष्ट पारे । भन्सारबाट वैधानिक रूपमा आएका सामानको विवरण भिसिटिएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रूपैयाँ जरिवाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उनले बताए । चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानूनी व्यवस्थाअनुसार कारबाही हुने उनको भनाइ छ । त्यस्तै, भिसिटिएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए । आन्तरिक राजश्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित दिनअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उनको सुझाव छ । प्रतिनिधि सभाको अर्थ समितिमा मंगलबार ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान
Latest NewsJust now

औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान

औद्योगिक र विकासशील देशहरूबीचको विकासको खाडललाई पुर्न सहकार्यमा आधारित नयाँ साझेदारी निर्माण गर्न आग्रह ...

कान्तिपुर
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
Latest NewsJust now

दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु

सिराज खानबाँके, मङ्सिर ८ गते । दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन ह... ...

गोरखापत्र
खरिद नियमावली १६ औं संशोधनअनुसार प्रक्रिया अघि बढाउन सुनकोशी–मरिणको ठेक्का रद्ध गरिएको होः महानिर्देशक रजौरिया
Latest NewsJust now

खरिद नियमावली १६ औं संशोधनअनुसार प्रक्रिया अघि बढाउन सुनकोशी–मरिणको ठेक्का रद्ध गरिएको होः महानिर्देशक रजौरिया

काठमाडाैँ । जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बोलपत्र रद्ध गर्ने निर्णय गरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा आयोजनाको ठेक्का प्रक्रिया तथा बोलपत्र रद्ध गर्ने निर्णयबारे जानकारी दिँदै रजौरियाले प्रचलित कानूनी व्यवस्था पालना, पारदर्शिता र प्रतिष्पर्धात्मक खरिद प्रक्रिया ...

टक्सार
दुई वर्षपछि भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सुरु
Latest NewsJust now

दुई वर्षपछि भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सुरु

• भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ। • बिरामीहरूले अब आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। • अस्पतालले आधुनिक निदानात्मक उपचार र विशेषज्ञ सेवाहरूलाई एकीकृत गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement