Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भक्तपुरमा ३३ लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा ३३ लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित चार जनालाई पक्राउ गरेको छ। आयोगको टोलीले सोमबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेराबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। अख्तियारको टोलीले नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा ईभी कारलाई निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर जाँच गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार अख्तियारका कर्मचारीहरूले दुईवटा मोटरसाइकल र एउटा गाडी प्रयोग गरी उक्त कारलाई पछ्याउँदै ओभरटेक गरेर रोकेका थिए। गाडीको खानतलासी गर्दा ३३ लाख रुपैयाँ बरामद भएको थियो। अख्तियारको टोलीले सडक किनारमै रकम राखेर मुचुल्का तयार पारेको थियो, जसमा केही घण्टा समय लागेको थियो। पक्राउ परेका अन्य तीन जनाको परिचय र बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको छ। सोमबार रातिसम्म प्रहरीले यस घटनाबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शुक्लागण्डकीमा अजिङ्गर भेटियो
Latest NewsJust now

शुक्लागण्डकीमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ । स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको हो... ...

रातोपाटी
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन निरन्तर
Latest NewsJust now

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन निरन्तर

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा... ...

रातोपाटी
१२ बजे १२ समाचार : महाभियोगबारे रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल, सिन्डिकेटको मारमा मलेसिया रोजगारी
Latest NewsJust now

१२ बजे १२ समाचार : महाभियोगबारे रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल, सिन्डिकेटको मारमा मलेसिया रोजगारी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सिन्डिकेटको मारमा मलेसिया रोजगारी मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण... ...

रातोपाटी
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

कर्णाली, कात्तिक १६ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play