Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
Photo / Coverage: नेपालन्युज

भक्तपुर।नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ। स्वन्ति नखाःअन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार आज किजापुजा (भाइटीका) मनाइएको हो। किजा पूजा विशेष गरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै पूजा गर्ने पर्व हो। यसलाई नेवार समुदायमा भाइटीकाका रूपमा पनि चिनिन्छ। म्हः पूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको घरमा पुगी विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ। किजा पूजाका दिन दिदीबहिनीले पहिले भुइँमा रातो माटो वा लिपन गरी चामलको पीठोबाट मण्डल बनाउँछन्। उक्त मण्डलमा दाजुभाइलाई राखेर पूजा गर्ने परम्परा छ। पूजा गर्दा दाजुभाइको वरिपरि तेलको घेरा बनाउने, बत्ती बाल्ने तथा विभिन्न पूजा सामग्री चढाउने गरिन्छ। यस पर्वमा बिमिरो, ओखर, मखमली फूलको माला, दुबो, धागो, फलफूल तथा विभिन्न परिकारको विशेष महत्व हुन्छ। नेवार समुदायमा अण्डा, माछा, मासु, बारा र रक्सी समेत समावेश भएको पाँच प्रकारको सगुन दिने चलन छ। दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिई मखमली फूलको माला र प्रसाद प्रदान गर्छन्। त्यसको बदलामा दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने परम्परा छ। भक्तपुरकी सुनिता सुवालले किजा पूजाको खास अर्थ भाइटीका अर्थात् दिदीबहिनीले दाजुभाइलाई पूजा गरे पनि भक्तपुरमा बहिनीले दाइलाई समेत पूजा गर्ने परम्परा रहेको बताइन्। परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर पूजा गर्ने चलन रहेकाले दाजुभाइका छोरानातिलाई समेत दिदीबहिनी तथा फुपूहरूले पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिइन्। भक्तपुरमा ज्येष्ठताको आधारमा महिलाले पुरुषलाई पूजा गर्ने चलन रहेको उनको भनाइ छ। इतिहासविद् मुक्तिसुन्दर जधारीका अनुसार किजा पूजासँग यमराज र यमुनाको पौराणिक कथा समेत जोडिएको छ। पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग विभिन्न शर्त राखेर पूजा गरेकी थिइन्। मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुभाइलाई मृत्युले नछुने विश्वासका साथ पूजा गरिएको कथन छ। यही मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै किजा पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालासँगको छलफलपछि यस वर्षको तिथिमिति निर्धारण गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– ...

रातोपाटी
ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज
Latest NewsJust now

ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज

काठमाडाैँ । क्यारिबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धलाई अपराध मान्ने कानुन खारेज भएको छ । बेलायतको सर्वोच्च पुनरावेदन अदालतका रूपमा रहेको ‘जुडिसियल कमिटी अफ द प्रिभी काउन्सिल’ले मंगलबार एक... ...

रातोपाटी
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
Latest NewsJust now

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play