Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

ब्रिटिश हवाई अखडामाथि हमला गर्ने षड्यन्त्रमा इरानको समर्थन प्राप्त तीन जना संलग्न रहेको अमेरिकाको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्रिटिश हवाई अखडामाथि हमला गर्ने षड्यन्त्रमा इरानको समर्थन प्राप्त तीन जना संलग्न रहेको अमेरिकाको दाबी
Photo / Coverage: बीबीसी नेपाली

Getty Images गत महिना अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू यूकेबाट फिर्ता लगेको थियो अमेरिका र युरोपमा भएका शृङ्खलाबद्ध षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी न्याय मन्त्रालयले इरानको समर्थन प्राप्त तीन जनाविरुद्ध अभियोग लगाइएको घोषणा गरेको छ।मन्त्रालयका अनुसार इरानी एजेन्टहरूले हालसालै यूकेस्थित एउटा हवाई अखडामा आतङ्कवादी आक्रमणको योजना बनाएका थिए।उनीहरू यूकेको आरएएफ फेअरफर्डनजिकै सेप्टेम्बरमा भएको ठूलो घटनामा संलग्न रहेको मन्त्रालयले जनाएको छ। उक्त हवाई अखडालाई अमेरिकी फौजहरूले प्रयोग गर्दै आएका थिए। अमेरिकाले यूकेको एउटा हवाई अखडाबाट हटायो आफ्ना सबै बमवर्षक विमानतेहरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदा अमेरिकाद्वारा इरानको तेल ट्याङ्करमाथि आक्रमण इरानी र इराकी दुवै नागरिकता भएका एक व्यक्तिमाथि यसअघि लागेका अभियोगमा मुद्दाको सुनुवाइ पर्खिरहेका बेला न्यूयोर्कको एउटा कारागारबाट ब्रिटेनमा रहेका आफ्ना सम्पर्क व्यक्तिहरूसँग सञ्चार गरेको आरोप छ।अरू दुई जनामाथि पनि इरानमै बसेर त्यसै गरी सञ्चार गरेको आरोप लगाइएको छ। इरानले आरएएफ फेअरफोर्ड घटनामा आफ्नो कुनै पनि संलग्नतालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ।उक्त घटनाबारे सैन्य अखडानजिकै शङ्कास्पद भ्यानहरू देखिएको सूचना सार्वजनिक भएपछि जानकारी बाहिर आएको थियो। यो घटना सम्बन्धमा यूकेमा सात जना पुरुष पक्राउ परेका छन्।अमेरिकी न्याय मन्त्रालयका अनुसार इरानी नागरिक मोहसिन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र इरान-इराक दुवै देशको नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल-सादीविरुद्ध आरोप लगाइएको मङ्गलवार सार्वजनिक गरिएको आरोपपत्रमा उल्लेख छ।उनीहरूमाथि युरोपमा आक्रमणको योजना बनाएको आरोप छ। ती आक्रमणहरू हर्कत असहाब अल-यमिन अल-इस्लामिया (द इस्लामिक मुभमन्ट अफ द पिपल अफ द राइट ह्यान्ड हायी) नामक कथित नयाँ समूहको नाममा गरिएका थिए।'आतङ्कवादी' आक्रमण Getty Images "सन् २०२६ को वसन्तयाममा युरोपमा भएका र हायीले जिम्मेवारी लिएका १८ वटा आतङ्कवादी आक्रमणमध्ये सात वटा ब्रिटेनमा भएका थिए," अमेरिकी न्याय मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ।ती आक्रमणमा "आगलागी गराउने घटना, विस्फोटक पदार्थको प्रयोग र एउटा घटनामा लन्डनमा दुई जना यहुदी पुरुषमाथि ज्यानै जान सक्ने गरी चक्कु प्रहार गरिएको" मन्त्रालयले जनाएको छ। तीमध्ये एक जना अमेरिका र ब्रिटेन दुवै देशका नागरिक थिए।गत एप्रिलमा नर्थ लन्डनको गोल्डर्स ग्रीनमा दुई जना यहुदी पुरुषमाथि चक्कु प्रहार गरिएको थियो। उक्त घटनाका एक सन्दिग्धमाथि आगामी वर्ष मुद्दा चलाइने तय भएको छ।"आठ वटा अभियोग समेटिएको यो आरोपपत्रले युरोप र अमेरिकामा आतङ्कवादी आक्रमण गर्ने इरानको सङ्कल्पलाई देखाउँछ," एफबीआईका निर्देशक काश पटेलले भनेका छन्।उनका अनुसार तीन जनामध्ये एक जनाले हिरासतमा रहेका बेला "भविष्यमा हिंसात्मक गतिविधि गर्न सहयोग पुग्ने गरी गोप्य सङ्केतयुक्त सन्देश पठाएका" थिए।आरोपितहरू इरानको इस्लामिक रिभोलुश्नरी गार्ड कोर (आईआरजीसी) र इरानको समर्थन प्राप्त इराकी लडाकु समूह कताइब हिज्बुल्लाहको समर्थनमा झन्डै २० वटा आक्रमणको प्रयासमा संलग्न रहेका पटेलले आरोप लगाएका छन्।यूकेको ग्लस्टरशरस्थित हवाई अखडानजिकै तीन वटा "शङ्कास्पद सवारीसाधन" देखिएको सूचना प्रहरीलाई प्राप्त भएपछि गत सेप्टेम्बर २७ मा ठूलो घटना घोषणा गरिएको थियो र दर्जनौँ घर खाली गराइएको थियो। यूकेमा व्यापक हिंसाका घटनापछि सरकारले बोलायो आपत्कालीन समितिको बैठक'बोन्डाइ बीच आक्रमणलाई प्रेरित गर्ने' इस्लामिक स्टेट के पुन: बलियो बनेको हो? अमेरिकी सेनाद्वारा प्रयोगअमेरिकी वायुसेनाले आरएएफ अखडालाई 'फोर्वर्ड अपरेटिङ लोकेशन' का रूपमा रूपमा दशकौँदेखि प्रयोग गरिआएको थियो।हालैका महिनाहरूमा ब्रिटेनले इरानविरुद्ध रक्षात्मक आक्रमण थाल्न हवाई अखडा प्रयोग गर्ने अमेरिकी अनुरोधलाई अनुमोदन गरेपछि अमेरिकी बमवर्षक विमानहरूले त्यहाँबाट मध्यपूर्वका लागि उडान गरिरहेका थिए।इरानले "इरानी क्षेत्रविरुद्ध आक्रमणका लागि प्रयोग गरिने कुनै पनि अखडा उसको सेनाका लागि वैध लक्ष्य हुने" गत जुलाईमा चेतावनी दिएको थियो।घटनाको केही दिनपछि र छैटौँ व्यक्तिलाई पक्राउ गर्नुअघि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले "स्पष्ट रूपमा विदेशी हात रहेको" फक्स न्यूजसँग भनेका थिए।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूकेमा पाँच जनालाई जमानतमा रिहा गरिएकोमा आफू छक्क परेको बताएका थिए।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
Latest NewsJust now

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मोहसिन अलि मियाँभरतपुर, कात्तिक २५ गते । चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका –४ त्रिचोकमा ३० वर्षीय श्रीमान सुमन राना मगरले आफ्नै श्रीमती ३२ व... ...

गोरखापत्र
रडले हानेर श्रीमतीको हत्या
Latest NewsJust now

रडले हानेर श्रीमतीको हत्या

चितवन।चितवनका एक युवकले रडले हानेर श्रीमतीको हत्या गरेका छन्। स्याङ्जा घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन रानामगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना मगरको हत्या गरेका प्रहरीले जनाएको छ। सुमनले फलामको रड प्रहार गरेर कुटपिट गर्दा उनको मृत्यु भएको हो। घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए। कुटपिटबाट उनको डेरा कोठामै मृत्यु ...

नेपालन्युज
कोप–३१ मा ठुला नेताको अनुपस्थिति
Latest NewsJust now

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

काठमाडाैँ । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play