Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप
Photo / Coverage: विश्वखबर

काठमाडौं- रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो । राष्ट्रिय सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा पक्राउ परेका सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन् । यस घटनाको अनुसन्धानमा अमेरिकी सेना, प्रहरी तथा सुरक्षा निकायले बेलायती अधिकारीहरूलाई सहयोग गरेका थिए । लन्डन मेट्रोपोलिटन प्रहरीको आतंकवाद नियन्त्रण विभागकी वरिष्ठ राष्ट्रिय संयोजक भिकी इभान्सले बेलायत र अमेरिकाबीचको निकट सहकार्यका कारण यो गिरफ्तारी सम्भव भएको बताएकी छन् । उनले सैनिकमाथि लागेका आरोप गम्भीर रहेको उल्लेख गर्दै अनुसन्धान जारी रहेको जानकारी दिइन् । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलले बेलायती प्रहरी तथा गुप्तचर निकायलाई धन्यवाद दिएका छन् । जासुसीसम्बन्धी आरोप अमेरिका र उसका सहयोगी राष्ट्रका लागि अत्यन्त संवेदनशील विषय भएको उनले बताए । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले यस घटनाबारे थप जानकारीका लागि अमेरिकी सेनालाई सम्पर्क गर्न भनेको थियो । तर अमेरिकी सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । प्रहरीको विज्ञप्तिमा अमेरिकी सेना काउन्टर इन्टेलिजेन्स कमान्डका कमान्डिङ जनरल सिन स्टिन्चनले संवेदनशील सूचनामा पहुँच भएका वरिष्ठ सैनिकमाथि लागेको आरोपले आन्तरिक सुरक्षा चुनौती वास्तविक र निरन्तर रहेको देखाएको बताएका छन् । रुस र बेलायतबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले युक्रेनलाई समर्थन गर्दै आएको छ । यसले मस्को र लन्डनबीचको सम्बन्ध थप चिसिएको छ । यसअघि सन् २००६ मा पूर्वरुसी जासुस अलेक्जेन्डर लिट्भिनेन्कोको लन्डनमा विष सेवनबाट मृत्यु भएको थियो । त्यस्तै सन् २०१८ मा सालिसबरीमा पूर्वरुसी दोहोरो एजेन्ट सर्गेई स्क्रिपाल र उनकी छोरीमाथि विष प्रयोग गरी हत्या प्रयास भएको थियो । यी घटनाले बेलायतमा रुसी जासुसी गतिविधिबारे सुरक्षा चिन्ता बढाएका थिए । गत सेप्टेम्बरमा एक बेलायती नागरिकमाथि रुसी सैन्य गुप्तचर निकायका लागि ड्रोन कारखाना तथा उत्पादन केन्द्रमा तोडफोड गर्ने योजना बनाएको आरोप लागेको थियो । उक्त मुद्दा लन्डनको अदालतमा पुगेको थियो । प्रहरीले अमेरिकी सैनिक पक्राउ प्रकरण अन्य कुनै पनि जारी आतंकवाद नियन्त्रण अनुसन्धानसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ । यद्यपि पक्राउ परेका सैनिकमाथि लागेको जासुसीको आरोप पुष्टि भइसकेको छैन । घटनाबारे बेलायती तथा अमेरिकी अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु
Latest NewsJust now

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ । ...

कान्तिपुर
बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका
Latest NewsJust now

बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । भाइटिकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरङ्गी टीका र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play