काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयदेखि सरकारका कामकारबाही र आगामी निर्वाचनको तयारीसम्म छलफल भएको हो। लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका छलफल र भ्रमणबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए। त्यस्तै, आगामी निर्वाचनको तयारी, रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री र मन्त्रालयहरूको कार्यसम्पादनबारे पनि दुई नेताबीच कुराकानी भएको थियो। सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ। भेटवार्तामा संसद् बैठक आह्वान, विधेयक तथा सरकारका अन्य कामकारबाहीका विषय पनि उठेका थिए। लामिछानेका स्वकीय सचिव अविनास आचार्यका अनुसार दुई नेताबीचको भेट आत्मीय र सौहार्दपूर्ण रहेको थियो।
बुढानीलकण्ठमा रवि–बालेनको पाँच घण्टा लामो संवाद, के–के भयो छलफल ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_N9BXzstvfh.jpg)



