Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्वविदेशमन्त्री पक्राउ, राष्ट्रपतिको सम्भावित उम्मेदवार थिए शाहिद

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्वविदेशमन्त्री पक्राउ, राष्ट्रपतिको सम्भावित उम्मेदवार थिए शाहिद
Photo / Coverage: विश्वखबर

काठमाडौं– माल्दिभ्सका पूर्व विदेशमन्त्री अब्दुल्ला शाहिदलाई १८ वर्षमुनिका बालकलाई यौन दुर्व्यवहार गरेको आशङ्कामा प्रहरीले पक्राउ गरेको छ । माल्दिभ्स प्रहरीले सोमबार राति अदालतको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार ६४ वर्षीय शाहिदलाई नोभेम्बर २ अर्थात् सोमबार राति ९ बजेर ५९ मिनेटमा मालेस्थित एच राबी मन्जिलबाट पक्राउ गरिएको हो । प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउपछि शाहिदले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले राजनीतिक रूपमा फैलाइएका दाबी निराधार र झूटो भएको बताउँदै अप्रमाणित आरोप प्रचार नगर्न सबैलाई आग्रह गरेका छन । सन् २०२८ मा हुने निर्वाचनअघि विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) बाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित प्रमुख नेताका रूपमा शाहिदलाई हेरिएको थियो । उनी संयुक्त राष्ट्रसङ्घको महासभाका पूर्वअध्यक्षसमेत हुन् । शाहिद माल्दिभ्सका अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनीतिक नेतामध्ये एक हुन् । उनले पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको कार्यकालमा सन् २०१८ देखि २०२३ सम्म विदेशमन्त्रीका रूपमा काम गरेका थिए । सन् २०२१–२२ मा उनले संयुक्त राष्ट्रसङ्घको महासभाको ७६औं सत्रको अध्यक्षता गरेका थिए । उनले माल्दिभ्सको संसद् पिपुल्स मजलिसको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गरेक थिए । त्यस्तै सन् २०२४ को फेब्रुअरीदेखि २०२६ को अगस्टसम्म एमडीपीको नेतृत्व गरेका थिए । पार्टीको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उनले नेतृत्वबाट राजीनामा दिएका थिए । गत महिना शाहिद नयाँदिल्लीमा आयोजित ‘बियोन्ड बोर्डर्स लिटरेचर फेस्टिभल २०२६’ मा सहभागी भएका थिए । उनलाई ‘स्पेस वी कल होम स् डायस्पोरा एन्ड बिलङ्गिङ’ शीर्षकको सत्रको अध्यक्षता गर्न आमन्त्रण गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । शाहिदमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा
Latest NewsJust now

माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा

केसी पक्षले सरकारले वार्ता र संवादका लागि चासो नदेखाएको बताएको छ भने शिक्षा मन्त्रालयले वार्ता टोली गठन गर्ने विषयमा छलफल भए पनि औपचारिक रूपमा टोली गठन गरी संवाद सुरु हुन नसकेको प्रतिक्रिया दिएको छ । ...

कान्तिपुर
मुगुमा अलपत्र रहेका १२ जनालाई सेनाले गर्‍यो उद्धार
Latest NewsJust now

मुगुमा अलपत्र रहेका १२ जनालाई सेनाले गर्‍यो उद्धार

नेपाली सेनाले मुगुको छायाँनाथमा अलपत्र परेका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। रारा ताल भ्रमणको क्रममा छायाँनाथ रारा–८, चुच्चेमारा ईलाकामा उनीहरू अलपत्र अवस्थामा रहेका थिए।  हनुमानध्वज गुल्मबाट खटिएको फौजले चुच्चेमारा ईलाकाको मध्य भागबाट कात्तिक १६ गते राति २२ः२५ बजे उनीहरूलाई सकुशल उद्धार गरेको हो।  उद्धार गरिएका १२ जनाको समूहल... ...

नेपालखबर
दुई दिनपछि सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
Latest NewsJust now

दुई दिनपछि सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६२ अंकले बढेर २ हजार ६६४.१३ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका उपसमूहमध्ये फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका छन् । बाँकी सबै समूहका परिसूचकमा वृद्धि भएको छ। होटल तथा […] ...

लोकपथ
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको सार्वजनिक जग्गा हिनामिना प्रकरण के हो ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
Latest NewsJust now

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको सार्वजनिक जग्गा हिनामिना प्रकरण के हो ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

पूर्वप्रधानमन्त्री नेपाल जग्गा हिनामिना प्रकरणमा कसरी जोडिए र अब मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया कसरी अघि बढ्छलगायत ५ प्रश्नोउत्तरमार्फत् बुझाउने कोशिस गरिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play