Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

बाल यौन दुर्व्यवहारका भिडियो भेटिएपछि टिकटकमाथि प्रतिबन्ध लगाउँदै स्पेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाल यौन दुर्व्यवहारका भिडियो भेटिएपछि टिकटकमाथि प्रतिबन्ध लगाउँदै स्पेन
Photo / Coverage: विश्वखबर

काठमाडौं- स्पेनले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने सम्भावनाबारे छलफल गरिरहेको छ । स्वतन्त्र अनुसन्धानका क्रममा टिकटकमा बाल यौन दुर्व्यवहारसम्बन्धी एक हजारभन्दा बढी भिडियो भेटिएपछि स्पेन सरकारले यस्तो कदम चाल्नेबारे विचार गरेको हो । ती भिडियोमा कुल ४ करोड ८० लाख पटक हेरिएको पाइएको छ । भ्रामक सूचना नियन्त्रण र पारदर्शिता प्रवर्द्धनका लागि काम गर्दै आएको स्पेनको गैरनाफामूलक संस्था माल्दिता डट एसले सेप्टेम्बर र अक्टोबर महिनामा ३५ दिनसम्म टिकटकको निगरानी गरेको थियो । त्यस क्रममा संस्थाले बाल यौन दुर्व्यवहारमा संलग्न भएको आशंका गरिएका २० हजारभन्दा बढी प्रोफाइल फेला पारेको जनाएको छ । तीमध्ये सात हजार प्रोफाइल स्पेनकै रहेको संस्थाको भनाइ छ । संस्थाले टिकटकको एल्गोरिदमले नाबालिगले बनाएका सामग्रीलाई थप प्रयोगकर्तासमक्ष पुर्‍याउने गरेको र उनीहरूको शोषणबाट समेत प्लेटफर्मले आर्थिक लाभ लिइरहेको आरोप लगाएको छ । संस्थाकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत क्लारा जिमेनेज क्रुजले भनिन्, ‘बालबालिकामाथिको दुर्व्यवहार कुनै कुनामा लुकेको छैन र त्यसलाई फेला पार्न पनि कठिन छैन ।’ ‘टिकटक: यौन दुर्व्यवहार गर्नेहरूको अखडा’ शीर्षकमा गरिएको अनुसन्धानका क्रममा संस्थाले विभिन्न प्रोफाइल, टिप्पणी र प्रत्यक्ष प्रसारण (लाइभ) सामग्रीको विश्लेषण गरेको थियो । साथै टिकटकको एल्गोरिदमले कस्ता सामग्री सिफारिस गर्छ भन्ने बुझ्न आफ्नै प्रयोगकर्ता खाता बनाएर पनि परीक्षण गरिएको थियो । अनुसन्धानका अनुसार तीन दिनभित्रै टिकटकको एल्गोरिदमले नाबालिगहरूले सञ्चालन गरेका १९ वटा लाइभ प्रसारण सिफारिस गरेको थियो । तीमध्ये १५ वटा एकै बिहान सिफारिस भएका थिए । ती सबै प्रसारण विद्यालयबाट गरिएको पाइएको संस्थाले जनाएको छ । एउटा घटनामा स्पेनकी १० वर्षीया बालिकाले सञ्चालन गरेको लाइभ प्रसारणसमेत टिकटकले सिफारिस गरेको थियो । उक्त प्रसारणका क्रममा एक वयस्क पुरुषले बालिकालाई यौन संकेतयुक्त टिप्पणी गरेको अनुसन्धानमा उल्लेख छ । माल्दिता डट एसका अनुसार बालबालिकालाई यौनजन्य वस्तुका रूपमा प्रस्तुत गर्नुका साथै टिकटकका उपहारका रूपमा दिइने वस्तु वा एनिमेटेड जनावरको बदलामा यौनजन्य गतिविधि गर्नसमेत दबाब दिने गरिएको छ । ती उपहार खरिद गर्न प्रयोगकर्ताले पैसा खर्च गर्नुपर्छ । संस्थाले टिकटकले यस्ता उपहारबाट हुने आम्दानीको केही हिस्सा आफैंले राख्ने गरेको आरोप लगाएको छ । यद्यपि त्यसको वास्तविक हिस्सा कति हो भन्ने स्पष्ट हुन सकेको छैन । स्पेनको युवा तथा बालबालिका मन्त्रालयले यस विषयमा टिकटकसँग स्पष्टीकरण मागेको छ । साथै आवश्यक परे प्लेटफर्म नै निलम्बन गर्न सकिने सम्भावनासमेत अघि सारेको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमाथि मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको हो । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार टिकटकमा बालबालिकामाथि यौन दुर्व्यवहार भएको आरोपसँग सम्बन्धित घटनामा अनुसन्धान अघि बढाउन सरकारी अभियोजनकर्तासमक्ष आग्रह गरिएको छ । युवा तथा बालबालिकामन्त्री सिरा रेगोले स्पेनस्थित टिकटकका प्रतिनिधिसँग तत्काल बैठक गर्नसमेत माग गरेकी छन् । ‘डार्क वेबमा मात्रै भेटिने अपेक्षा गरिने सामग्री टिकटकमा’ माल्दिता डट एसको अनुसन्धानले २३१ वटा प्रोफाइलबाट १ हजार १८३ वटा स्पष्ट यौनजन्य सामग्री पोस्ट भएको फेला पारेको छ । त्यस्तै ७८० वटा खाताले यस्ता सामग्रीका खरिदकर्ता खोज्न टिकटक प्रयोग गरेको र १० हजारभन्दा बढी खाताले टिप्पणीमार्फत यौनजन्य तस्बिर साटासाट गर्न प्रस्ताव गरेको पाइएको छ । प्रतिवेदनमा उल्लेख गरिएका सबै श्रेणीका खातालाई जोड्दा बाल यौन दुर्व्यवहारमा संलग्न भएको आशंका गरिएका करिब २६ हजार खाता फेला परेको संस्थाले जनाएको छ । ती खातासम्बन्धी विवरण सम्बन्धित सरकारी निकायलाई बुझाइसकिएको पनि संस्थाले बताएको छ । माल्दिता डट एसले भनेको छ, “डार्क वेबमा मात्रै भेटिने अपेक्षा गरिने सामग्री टिकटकमा उपलब्ध छन् ।” संस्थाका अनुसार अनुसन्धानका निष्कर्षले बालबालिकामाथिको दुर्व्यवहार रोक्न टिकटकले अपनाएका सुरक्षा उपाय कत्तिको प्रभावकारी छन् भन्नेमा गम्भीर प्रश्न उठाएका छन् । साथै टिकटकका विभिन्न सुविधालाई बाल यौन दुर्व्यवहारमा संलग्न व्यक्तिहरूले योजनाबद्ध रूपमा दुरुपयोग गरिरहेको पनि अनुसन्धानले देखाएको छ । संस्थाले सोमबार आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दा आफूले टिकटकलाई जानकारी गराएका सामग्रीमध्ये करिब १० प्रतिशतमात्रै हटाइएको र स्पेनमा पोस्ट गरिएका गैरकानुनी सामग्रीमध्ये करिब एक चौथाइमात्रै रोकिएको जनाएको छ । नाबालिग प्रयोगकर्ताको सुरक्षा गर्न नसकेको आरोपमा टिकटकमाथि विभिन्न मुद्दा र अनुसन्धान अघि बढिरहेका छन् । यद्यपि टिकटकले आफूले बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप अस्वीकार गर्दै आएको छ । यसैबीच शुक्रबार युरोपेली संघले पनि टिकटकलाई आफ्नो व्यक्तिगत रुचिअनुसार सामग्री देखाउने ‘फर यू’ फिडको हानिकारक डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ । संघले डिजिटल सामग्रीसम्बन्धी नियम उल्लङ्घन भए ठूलो रकम जरिवाना हुनसक्ने चेतावनीसमेत दिएको छ । -एजेन्सीहरु

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज
Latest NewsJust now

ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज

काठमाडाैँ । क्यारिबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धलाई अपराध मान्ने कानुन खारेज भएको छ । बेलायतको सर्वोच्च पुनरावेदन अदालतका रूपमा रहेको ‘जुडिसियल कमिटी अफ द प्रिभी काउन्सिल’ले मंगलबार एक... ...

रातोपाटी
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
Latest NewsJust now

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत... ...

रातोपाटी
पोखरामा बुधबार भाइटिका महोत्सव
Latest NewsJust now

पोखरामा बुधबार भाइटिका महोत्सव

कास्की । नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ । तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play