काठमाडाैं । नेपाल र भारतका दुई प्रमुख धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यममार्फत रेल सेवाको संयुक्त उद्घाटन गरेका हुन् ।उद्घाटनलगत्तै अयोध्याबाट जनकपुरका लागि रेल प्रस्थान गरेकाे छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित भारतीय रेलका अधिकारीहरूले अयोध्या रेलवे स्टेसनबाट रेललाई बिदाइ गर्ने कार्यक्रम छ । करिब ६०४ किलोमिटर दूरीको यो साप्ताहिक रेल सेवा अयोध्या क्यान्ट र जनकपुरधामबीच सञ्चालन हुनेछ ।
बालेन र मोदीले संयुक्त रुपमा उद्घाटन गरे जनकपुर–अयोध्याकाे रेल सेवा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






