Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गरेका हुन् । नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रहेको छ । निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल र भारतबीच ऊर्जा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ । आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ । तल्लो अरुण जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत विकास भइरहेको हो । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता सम्पन्न भएको थियो । आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ । अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याई थप विद्युत् उत्पादन गर्ने योजना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमणमा चार परियोजना : तीन शिलान्यास, एक हस्तान्तरण
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा चार परियोजना : तीन शिलान्यास, एक हस्तान्तरण

समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । ...

अनलाइन खबर
के एपेक सम्मेलनमा चीनले जापानका नेतालाई सांगीतिक सन्देश पठाउँदै थियो?
OthersJust now

के एपेक सम्मेलनमा चीनले जापानका नेतालाई सांगीतिक सन्देश पठाउँदै थियो?

बुधबार चीनको सेन्जेनमा एक रात्रिभोजका लागि विश्व नेताहरू आइपुगे। चिनियाँ संगीतकारहरूले बाजागाजाका साथ उनीहरूको स्वागत गरे। उनीहरूले राष्ट्रपति ट्रम्पका लागि 'अमेरिका द ब्युटिफुल' बजाए। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामका लागि लोकगीत 'सिएलिटो लिन्डो' बजाइयो। भियतनामका नेता तो लामका लागि परम्परागत गीत 'ड्रिफ्टिङ फर्न्स, फ्लोटिङ क्लाउड्स' प्रस्तुत गरियो। जापानकी प्रधानमन्त्री सानाए ताकाइची हलमा प्रवेश गरिन्। त्यसबेला ब्यान्डले… ...

अनलाइन खबर
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?
OthersJust now

नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो। समझदारीमा शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन ...

पर्दाफास
मोतिहारी-अमलेखगञ्ज पाइपलाइन हस्तान्तरण र सिलिगुडी-झापा पेट्रोलियम टर्मिनल शिलान्यास
OthersJust now

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन हस्तान्तरण र सिलिगुडी-झापा पेट्रोलियम टर्मिनल शिलान्यास

प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement