Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेनले भने- भारतसँगकाे समझदारीहरूले किसानदेखि युवासम्मलाई लाभ मिल्नुपर्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनले भने- भारतसँगकाे समझदारीहरूले किसानदेखि युवासम्मलाई लाभ मिल्नुपर्छ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीच भएका समझदारी र अघि बढाइएका विकास परियोजनाको प्रतिफल किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्ने बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशबीचको सहकार्यलाई जनताको जीवनस्तर सुधारसँग जोड्नुपर्ने बताएका हुन् । उनले भएका समझदारीबाट किसानको खेतमा समृद्धि, युवाका हातमा रोजगारी, विद्यार्थीका लागि नयाँ अवसर र उद्यमीका लागि बजार तथा लगानी विस्तार हुनुपर्नेमा जोड दिए । ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।’ उनले भने । प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई हिमालझैँ अटल र महासागरझैँ विशाल सम्बन्धका रूपमा व्याख्या गरे । प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र सद्भावमा आधारित रहेको बताए । उनले जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे । हिमालयबाट बग्ने नदीहरूले दुवै देशका करोडौँ मानिसलाई जीवन दिएको भन्दै जलस्रोत संरक्षण र वातावरणीय चुनौतीमा मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । शाहले नेपालमा भारतीय लगानीकर्तालाई स्वागत गर्दै दुई देशबीच आर्थिक साझेदारी विस्तार गर्न आह्वान गरे । नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने र नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको प्रस्ताव थियो । यसैगरी उनले नेपाल–भारत सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुसार रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन् । उनले भारतीय नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, कुमारी र गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इतिहासकै बिर्सनलायक कोप, कुनै सम्झौता हुन सकेन
Latest NewsJust now

इतिहासकै बिर्सनलायक कोप, कुनै सम्झौता हुन सकेन

दुई साताभन्दा लामो समयसम्म चलेको वार्तालाई सार्थक बनाउन निर्धारित समयभन्दा दुई दिन थप लम्ब्याइएको थियो । जसकारण यो इतिहासकै सबैभन्दा लामो ‘कोप’ बन्यो । तर पनि अन्त्यमा कुनै सहमति जुट्न सकेन ...

कान्तिपुर
आदित्यनाथले भने : रेल सेवाले दुई धार्मिक स्थललाई जोड्यो
Latest NewsJust now

आदित्यनाथले भने : रेल सेवाले दुई धार्मिक स्थललाई जोड्यो

काठमाडौँ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय रेलमार्फत दुई महत्त्वपूर्ण धार्मिक स्थललाई जोड्ने काम भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालले के-के पायो?
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालले के-के पायो?

प्रधानमन्त्री वालेन्द्र शाह बहुप्रतिक्षित भारत भ्रमणबाट आर्थिक प्याकेजमा ठूलो प्रतिवद्धताबाहेक अन्य सामान्य उपलब्धि लिएर फर्किने भएका छन्।  समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार दिउँसो नयाँदिल्ली स्थित हैदराबाद हाउसमा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसपछि दुई देशको प्रतिनिधि मण्डलस्तरीय बैठक भएको थियो। ब... ...

नेपालखबर
नेपाल-भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने प्रधानमन्त्री शाहको जोड
Latest NewsJust now

नेपाल-भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने प्रधानमन्त्री शाहको जोड

नयाँदिल्ली। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिए। भगवान् ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement