Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

बालेनको सम्मानमा भारतीय राष्ट्रपतिले राजकीय भोज आयोजना गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको सम्मानमा भारतीय राष्ट्रपतिले राजकीय भोज आयोजना गर्ने
Photo / Coverage: पर्दाफास

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सम्मानमा राजकीय भोज आयोजना गर्ने भएकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाँदै छन्। भ्रमणको दोस्रो दिन मंसिर ७ गते बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागतसहित गार्ड अफ अनर प्रदान गरिने कार्यक्रम छ। त्यसपछि राष्ट्रपति मुर्मु र प्रधानमन्त्री शाहबीच भेटवार्ता हुनेछ। सोही अवसरमा राष्ट्रपति मुर्मुले प्रधानमन्त्री शाहको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ। वार्तामा जनकपुर–अयोध्या सीधा रेल सेवा सञ्चालन तथा उद्घाटन, नयाँ हवाई रुट र भारतको सहयोगलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विभिन्न विषयमा पनि कुराकानी हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?
OthersJust now

बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

प्रधानमन्त्री बालेनको भारत भ्रमण आन्तरिक राजनीतिमा प्राप्त नयाँ जनादेशले नेपालको बाह्य सम्बन्धमा पनि नयाँ शक्ति र आत्मविश्वास निर्माण गर्न सक्छ कि सक्दैन भन्ने परीक्षाको घडी पनि हो। ...

अनलाइन खबर
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा
OthersJust now

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ । दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो । ...

अनलाइन खबर
लुम्बिनीका डिकवेलाले बनाए अर्धशतक
OthersJust now

लुम्बिनीका डिकवेलाले बनाए अर्धशतक

लुम्बिनी लायन्सका निरोशन डिकवेलाले नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सविरुद्ध पहिलो क्वालिफायरमा अर्धशतक बनाएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play