Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बालेनको भ्रमणअघि नेपाललाई भारतको ‘सरप्राइज’

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको भ्रमणअघि नेपाललाई भारतको ‘सरप्राइज’
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भ्रमणअघि भारत सरकारले रामायण परम्परासँग जोडिएका दुई पवित्र स्थलहरूबीच रेल सेवा सञ्चालन गर्न रुट अनुमति दिएको हो । माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यासम्मको धार्मिक तथा सांस्कृतिक यात्रा सहज बनाउने उद्देश्यले रेल सेवा सञ्चालन गर्न अनुमति दिएको भारतको रेल मन्त्रालयले जनाएको छ । ‘भारत-नेपाल कनेक्टिभिटी सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चाल्दै भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेलसेवा सञ्चालन गर्न स्वीकृति दिएको छ’, भारतीय रेलवेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘रेल सेवाले रामायण परम्परासँग गहिरो रूपमा जोडिएका दुई गन्तव्य- माता सीताको जन्मस्थलका रूपमा पूजनीय जनकपुरधाम र प्रभु श्रीरामको जन्मस्थल अयोध्याबीच एक महत्त्वपूर्ण रेल सम्पर्क स्थापित गर्नेछ ।’ प्रस्तावित रेल सेवाले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण शहर तथा बस्ती हुँदै यात्रा गर्नेछ । भारतीय रेलवेले जनकपुर र अयोध्याबीच ‘नयाँ बन्दे भारत रेलवे’ सञ्चालन गर्न प्राविधिक परीक्षण गरिसकेको छ । उक्त परीक्षण जयनगरदेखि कुर्थासम्म गरिएको थियो । हाल जनकपुरस्थित कुर्था रेलवे स्टेसनबाट सीमावर्ती जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ । प्रधानमन्त्री बालेन र समकक्षी नरेन्द्र मोदीले ७ मंसिरमा नयाँदिल्लीबाट भिडियोमार्फत रेलसेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ । प्रधानमन्त्री बालेनले अर्को महिना (मंसिर) पहिलो साता भारत भ्रमण गर्ने तयारी छ । दुवै देशका अधिकारीहरूले भ्रमणको मिति र भेटघाटको तालिकाबारे औपचारिक घोषणा भने गरिसकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएको लगभग आठ महिनापछि प्रधानमन्त्री शाहले औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । यसअघि उहाँ संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्न अमेरिका पुग्नुभएको थियो । तर, दिल्ली भ्रमण नै उहाँको पहिलो राजकीय र औपचारिक भ्रमण नै छ । यद्यपि, गत चैतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री शाहले एक वर्ष आफूले विदेश भ्रमण नगर्ने बताउनुभएको थियो । यसअघि भारतले नै प्रधानमन्त्री शाहको भारत भ्रमणमा खासै चासो नदिएको चर्चा हुँदै आएको थियो । तर, भ्रमणको दिन नजिकिएसँगै सेर सेवा सञ्चालनको अनुमति दिएर भारतले नेपाललाई ‘सरप्राइज’ दिएको हो । भारतीय विदेश सचिव विक्रम मिस्रीले हालै भएको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग रेल रुटबारे कुरा गर्नुभएको थियो । भेटमा मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्नेबारे जानकारी गराउनुभएको थियो । उद्घाटनका क्रममा अयोध्यास्थित अयोध्या केन्ट रेलवे स्टेसनमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायत उच्च भारतीय अधिकारीले हरियो झण्डा हल्लाएर रेलवे सेवा सुरुवात गर्नेछन् । जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले अयोध्या-जनकपुरधाम रेलवे सेवा शुभारम्भ कार्यक्रममा उत्तर प्रदेश सरकारले निमन्त्रणा गरेको जानकारी दिनुभयो । प्रत्येक शनिबार जनकपुरधाम र सोमबार अयोध्या क्यान्टबाट रेल छुट्नेभारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधाम र अयोध्या क्यान्ट अन्तिम स्टेसन रहनेछन् । जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक प्रयोजनका लागि रेल रोकिनेछ । रेल सेवा सातामा एकपटक सञ्चालन हुने भारतीय पत्रिका द हिन्दुले जनाएको छ । समाचारअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने व्यवस्था गरिएको छ । नयाँ रेल सेवाले नेपाल र भारतबीच सीमा पार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकलाई यसबाट प्रत्यक्ष लाभ पुग्नेछ । त्यसैगरी, शिक्षा, व्यापार, व्यवसाय तथा पारिवारिक प्रयोजनका लागि दुवै देशबीच आवतजावत गर्ने यात्रुका लागि पनि रेल सेवा उपयोगी हुने विश्वास गरिएको छ । रेलमार्ग विस्तारसँगै यात्रामार्गमा पर्ने क्षेत्रका पर्यटन व्यवसायी, होटल तथा आतिथ्य सेवाप्रदायक, स्थानीय व्यापारी र परम्परागत हस्तकलामा संलग्न समुदायले समेत आर्थिक लाभ लिनसक्ने भारतीय रेल मन्त्रालयको अपेक्षा छ । भारतको रेलवे मन्त्रालयले जनकपुर माता सीताको जन्मभूमि र अयोध्या भगवान् रामको जन्मभूमि भएकाले दुई पवित्र तीर्थस्थलबीचको सम्पर्क विस्तारलाई विशेष महत्त्व दिएको जनाएको छ । प्रारम्भिक चरणमा रेल सञ्चालन भारतीय पक्षले गर्ने भएकाले टिकट दरसमेत भारतीय पक्षले नै निर्धारण गर्ने जनाइएको छ । कुन-कुन एजेण्डामा हुँदै छ छलफल ?हाल प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणको एजेण्डा तय गर्ने काम भैरहेको छ । भ्रमणलाई परिणाममुखी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र सरोकारवाला मन्त्रालयले आन्तरिक तयारी थालेका हुन् । भ्रमणको तयारीका लागि सबै मन्त्रायलयको उच्चस्तरीय समन्वयमा काम भइरहेको मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हरेन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार विशेषगरी परराष्ट्र मन्त्रालयले अर्थ, ऊर्जा, उद्योग तथा अन्य मनत्रालयसँगको समन्वयमा प्रधानमन्त्री शाहको भ्रमणको एजेण्डाको खाका तयार गरिरहेको हो । समकक्षी मोदीसँग हुने द्विपक्षीय वार्ता र छलफलमा उठाइने राष्ट्रिय हितका सवालमा सरकारले ध्यान केन्द्रित गरेको उहाँको भनाइ छ । कार्यसूची, सम्भावित साझेदारी तथा सम्झौताका विषय टुंगो लगाउने जिम्मा पाएको परराष्ट्र मन्त्रालयले आपसी समन्वयमा कार्य अघि बढाइएको जनाएको छ । भारतको विदेश मन्त्रालयसँगको समन्वयमा भ्रमणको औपचारिक मिति छिट्टै घोषणा गरिने मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणको आवश्यक तयारीलाई आपसी समन्वयमा गति दिइएको छ । प्रधानमन्त्री शाहको भ्रमणको क्रममा व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा र जनसम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल हुनसक्ने परराष्ट्र मन्त्रालयले औँल्याएको छ । साथै, स्टार्टअप, डिजिटल सम्पर्क सञ्जालको विस्तार, एआई र खेलकुदलगायत सहकार्यको नयाँ आयामलाई कसरी साझेदारीमा रूपान्तरण गर्न सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री शाहको भ्रमण क्रममा नेपालले दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता, बुटवल-पोखरा द्रुतमार्ग निर्माण र नयाँ हवाई सम्पर्क विस्तारसहित विभिन्न प्रस्ताव अघि सारेको छ । स्रोतका अनुसार नेपालले एक अर्ब डलर अनुदान र एक अर्ब डलर सहुलियतपूर्ण ऋण मागेको हो । भारतसँगको वाणिज्य सन्धि पुनरवलोकन, तेस्रो मुलुक व्यापारका लागि थप दुईवटा भारतीय बन्दरगाह प्रयोग गर्ने सुविधा, पेट्रोलियम तथा ग्यास पाइपलाइन निर्माण, भारतका केही प्रतिष्ठित शैक्षिक संस्थाका शाखा स्थापना र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा सहकार्यका प्रस्ताव पनि अघि सारिएका छन् । त्यस्तै, जनकपुर- अयोध्या रेल सेवा सञ्चालनमा ल्याउनुका साथै जनकपुरबाट बर्दिबास हुँदै निजगढ र रक्सौलबाट वीरगञ्ज, पथलैया हुँदै निजगढसम्म रेल्वे लाइन निर्माणको प्रस्ताव पनि गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?
Latest NewsJust now

माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्। केही प्रकारका माउथवासमा निष्क्रिय तत्त्वका रूपमा मदिरा (अल्कोहल)... ...

रातोपाटी
सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ
Latest NewsJust now

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

सुनसरी। सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित टपरा अर्नमा घाटमा रहेको पूजास्थल तोडफोडमा संलग्न सोही ठाउँका १९ वर्षीय... ...

रातोपाटी
नागरिकता प्राप्तिलाई सहज बनाउन संशोधन गरियो नियमावली
Latest NewsJust now

नागरिकता प्राप्तिलाई सहज बनाउन संशोधन गरियो नियमावली

काठमाडौं । सरकारले नेपाल नागरिकता नियमावलीलाई पाँचौँ पटक संशोधन गरेको छ । नागरिकता वितरण, प्रतिलिपि प्राप्ति, अभिलेख व्यवस्थापन र नागरिकताको विवरण रुजु गर्ने प्रक्रियालाई सहज बनाउन सरकारले नियमावलीलाई संशोधन गरेको हो । सरकारले पछिल्लो संशोधनमार्फत नेपाली नागरिकता र गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन सहजता प्रदान गरेको छ । नागरिकता ऐन २०६३ दफा २३ अनुसार नेपाल सरकारले गरेको पछिल्लो संशोधनमा नयाँ नियम ...

हिमालय टाइम्स
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। महाशाखाका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play