Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बालेनको भारत भ्रमणबारे के भन्छन् जेनजी अगुवा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको भारत भ्रमणबारे के भन्छन् जेनजी अगुवा ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणलाई जेनजी आन्दोलनका अगुवाहरूले सकारात्मक रूपमा लिएका छन्। भ्रमणका क्रममा भएका सहमति र सम्झौताले नेपालको पर्यटन, व्यापार, पूर्वाधार तथा अर्थतन्त्रमा योगदान पुर्‍याउने उनीहरूको अपेक्षा छ। यद्यपि, केही अभियन्ताले भ्रमणका क्रममा उठाउनुपर्ने महत्त्वपूर्ण विषय अझै बाँकी रहेको र प्रधानमन्त्रीको विगतको अभिव्यक्ति तथा अहिलेको कूटनीतिक व्यवहारबीचको भिन्नतालाई समेत औँल्याएका छन्। जेनजी अगुवा मिराज ढुंगानाले प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई सन्तोषजनक भन्दै सरकारलाई धन्यवाद दिएका छन्। हवाई, रेल र समुद्री मार्गसँग सम्बन्धित सहमतिलाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गर्दै उनले यस्ता अवसर कमै प्राप्त हुने बताएका छन्। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतले एयर रुट अनुमति दिनु नेपालको पर्यटन, हवाई सञ्जाल र अर्थतन्त्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। त्यस्तै, अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालन गर्ने सहमतिले धार्मिक पर्यटन र दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने उनले बताएका छन्। नेपाल–भारतबीच व्यापारिक गतिविधि सहज बन्दै जाँदा नेपाली अर्थतन्त्रले फड्को मार्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुँदै जाने अपेक्षासमेत उनले गरेका छन्। अर्की जेनजी अगुवा रक्षा बमले भने प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई उनको कूटनीतिक परिपक्वतासँग जोडेर टिप्पणी गरेका छन्। नेपाल–भारत सीमा विवादलाई प्रधानमन्त्रीको भ्रमणका क्रममा पर्याप्त प्राथमिकता नदिइएको उनको टिप्पणी छ। उनले विगतमा मेयर रहँदा बालेन नेपाल–भारत सीमा विवादमा निकै मुखर र आक्रामक देखिने गरेको तर प्रधानमन्त्री बनेपछि कूटनीतिक जटिलता बुझेर व्यवहार गरेको बताएकी छन्। उग्र राष्ट्रवादले चर्चामा ल्याउन सक्ने भए पनि वास्तविक समस्या समाधान गर्न नसक्ने उनको टिप्पणी छ। यद्यपि, प्रधानमन्त्रीले गरेका कामप्रति धन्यवाद दिँदै उनले नेपाल–भारत मैत्री सम्बन्ध दीर्घजीवी रहोस् भन्ने कामना गरेकी छन्। त्यस्तै, जेनजी अगुवा तनुजा पाण्डेले पनि प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिलाई सराहनीय भनेकी छन्। लामो समयदेखि प्रतीक्षामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई मार्गको स्वीकृति, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, जलवायु न्याय र विकास पूर्वाधारमा भारतीय सहयोगको प्रतिबद्धतालाई उनले सकारात्मक रूपमा लिएकी छन्। यद्यपि, भ्रमणका क्रममा छलफल हुन बाँकी रहेका महत्त्वपूर्ण विषय आगामी दिनमा प्रधानमन्त्रीले सशक्त रूपमा उठाउनुपर्ने उनको अपेक्षा छ। नेपाल र भारतबीचको विश्वास, आपसी सहकार्य र मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्नुपर्नेमा जोड दिँदै उनले कूटनीतिक पहलका लागि प्रधानमन्त्री बालेन, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेप्रति आभार व्यक्त गरेकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुने भएको छ । तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछ । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र... ...

रातोपाटी
संघीय संसद्का चार समितिको बैठक बस्दै
Latest NewsJust now

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समितिको सोह्रौँ बैठक बिहान ९: ३० बजे बस्नेछ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै आज महिला तथा सामाजिक मामिला समितिको तेइसौँ बैठक बिहान ९ बजे ...

कर्पोरट खबर
ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का
Latest NewsJust now

ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौँ । पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ७... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement