Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बार्सिलोनाको सहज जित, बायर्न र पिएसजी निराश

Share:WhatsAppFacebookX (Twitter)Telegram
बार्सिलोनाको सहज जित, बायर्न र पिएसजी निराश
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले सहज जित निकाल्दा जर्मन महारथी बायर्न म्युनिख, साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर युनाइटेड भने निराश बनेका छन् । बार्सिलोनाले अजरबैजानको सबाह एफसीलाई ४-१ ले पराजित गरेको हो । बाकु ओलम्पिया स्टेडियममा भएको खेलमा एन्थोनी गोर्डनले दुई गोल गर्नुभयो । करिम अदेयेमीको क्रसमा गोलरक्षकले नियन्त्रणमा लिन नसकेको बललाई गोर्डनले ३१औँ मिनेटमा गोलमा परिणत गर्नुभएको थियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमै गोर्डनले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसपछि अदेयेमीले ५५औँ र गाब्रियल जेससले ६०औँ मिनेटमा गोल थप्नुभयो । सबाहका जोय-लान्स मिकेल्सले अन्त्यतिर एक गोल फर्काए पनि बार्सिलोनाको जित टार्न सक्नुभएन । गोर्डनले अजरबैजानमा च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ६ पुर्‍याउनुभएको छ । गत सिजन न्युक्यासल युनाइटेडबाट काराबागविरुद्ध चार गोल गर्नुभएका उहाँले यसपटक सबाहविरुद्ध दुई गोल गर्नुभएको हो । जितसँगै बार्सिलोनाले पाँच खेलमा चौथो जित दर्ता गरेको छ । प्रशिक्षक ह्यान्सी फ्लिकले लामिन यमललाई विश्राम दिनुभएको थियो भने राफिन्हा अन्तिम समयमा मैदान प्रवेश गर्नुभएको थियो । उता, फ्रेन्च क्लब लिलेसँग २-१ ले पराजित भएपछि बायर्नको शीर्ष आठमा पर्ने सम्भावना कमजोर बनेको छ । दायोट उपामेकानोले १५औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाउनुभएको थियो । तर, दोस्रो हाफमा लिलेले पुनरागमन गर्‍यो । ६८औँ मिनेटमा आयासे उएदाले बराबरी गोल गर्नुभयो भने तीन मिनेटपछि अलेक्जान्डर पाभ्लोभिचले आत्मघाती गोल गरेपछि बायर्न पराजित भयो । साबिक विजेता पिएसजी भने घरेलु मैदानमा रोमासँग २-२ को बराबरीमा रोकियो । रोमाका मारिओ हेर्मोसले पाँचौं मिनेटमा गोल गरे पनि लिआ जाबार्नयीले ३१औँ मिनेटमा बराबरी गर्नुभयो । औसमाने डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाउनुभयो । तर, डोन्येल मालेनले ७८औँ मिनेटमा पेनाल्टीमै गोल गर्दै रोमालाई एक अंक दिलाउनुभयो । पिएसजी १३ अंकसहित दोस्रो स्थानमा यथावत् छ । म्यानचेस्टर युनाइटेड पनि स्पोर्टिङ सिपीसँग २-२ को बराबरीमा रोकियो । ब्रुनो फर्नान्डेजले दुई गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए पनि लुइस स्वारेजले बराबरी गोल गर्नुभयो । नवनियुक्त प्रशिक्षक माउरिसिओ पोचेटिन्होको यो लगातार दोस्रो जितविहीन खेल हो । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अहमदाबादमा ओलम्पिक गराउने भारतको तयारी, आइओसीसँग छलफल सकारात्मक
Latest NewsJust now

अहमदाबादमा ओलम्पिक गराउने भारतको तयारी, आइओसीसँग छलफल सकारात्मक

• भारतले सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा प्रस्तुत गरेको छ। • भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गर्दै सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ। • भारतको ओलम्पिक आयोजनासम्बन्धी प्रयास आन्तरिक विवादबीच अघि बढिरहेको छ, जसमा प्रशासनिक समस्याहरू र निर्वाचन प्रक्रियामा धाँधलीको आरोप समावेश छन्। ...

नेपालबहस
मृत्युदण्ड सुनाइएकी शेख हसिनाको बाङ्ग्लादेश 'फर्किने' योजनाले ढाका तनावमा, भारत अप्ठ्यारोमा
Latest NewsJust now

मृत्युदण्ड सुनाइएकी शेख हसिनाको बाङ्ग्लादेश 'फर्किने' योजनाले ढाका तनावमा, भारत अप्ठ्यारोमा

Hindustan Times via Getty Images हसिना सत्तामा रहँदा भारतकी निकट सहयोगी थिइन् शेख हसिनाले बारम्बार आफू बाङ्ग्लादेश फर्किने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन्।बाङ्ग्लादेशको सत्ताबाट च्युत भएकी यी पूर्वप्रधानमन्त्रीले अहिले आफू आगामी डिसेम्बर ...

बीबीसी नेपाली
नेपाल–भारत सम्बन्ध समयसापेक्ष बनाउन ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले दिशानिर्देश गर्छ :  परराष्ट्र मन्त्रालय
Latest NewsJust now

नेपाल–भारत सम्बन्ध समयसापेक्ष बनाउन ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले दिशानिर्देश गर्छ :  परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा सार्वजनिक ‘ज्वाइन्ट भिजन डकुमेन्ट’मार्फत दुई देशबिचको सम्बन्धलाई समय सापेक्ष अघि बढाउन र नेपाल भारत सीमा समस्याको समाधान खोज्न... ...

रातोपाटी
ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो
Latest NewsJust now

ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो

नयाँदिल्ली । सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो । भारतीय ओलम्पिक सङ्घ (आइओए)ले बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)को भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुतीकरण ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement