Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बाबुराम भन्छन्– फोहर फ्याँकेजस्तो गरी सुकुम्बासी समस्या हल हुँदैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाबुराम भन्छन्– फोहर फ्याँकेजस्तो गरी सुकुम्बासी समस्या हल हुँदैन
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपत्यकाका सुकुम्बासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको दिगो बसोबासको व्यवस्था हुन नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्। वैकल्पिक आवासको व्यवस्था नगरी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले ग्रामीण अर्थतन्त्र कमजोर हुँदै गएपछि वैकल्पिक रोजगारीको खोजीमा सहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा सुकुम्बासी बन्ने गरेको बताएका छन्। सुकुम्बासीहरूले सहरमा सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा तथा ढुवानीलगायतका क्षेत्रमा अत्यावश्यक श्रम प्रदान गरेर अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ। ‘खास ऐतिहासिक चरणमा संसारका सबै देश र सहरमा सुकुम्बासी समस्या उत्पन्न भएकै हुन्छ। त्यसलाई आधुनिक राज्यले विधिसम्मत र न्यायसङ्गत ढङ्गले हल गर्नैपर्छ,’ उनले भनेका छन्, ‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुन सक्दैन।’ सुकुम्बासी समस्यालाई सहरीकरणका क्रममा उत्पन्न हुने ऐतिहासिक प्रक्रियाका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले सहरभित्रै गरिब तथा आवासविहीन नागरिकलाई सम्मानजनक आवासको व्यवस्था गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। यस्तो व्यवस्था गर्नु संविधान र समावेशी लोकतन्त्रको मर्मअनुरूप हुने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाँदैछन्। शाहकी प्रेस संयोजक दिपा दाहालले प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाने तय भएको रातोपाटीलाई जानकारी दिइन् । भेटमा थप अध्यादेश लैजाने र... ...

रातोपाटी
अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी
Latest NewsJust now

अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षामन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग... ...

नेपालखबर
विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ
Latest NewsJust now

विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ

सिरहाको मिर्चैयाका सन्तुलनकुमार यादवविरुद्ध पीडितले जाहेरी दिएपछि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement