BBC भदौ १० गतेको बाढीपछि आएको पर्यटकीय मौसममा क्षतिग्रस्त भए पनि रसुवाको पर्यटन क्षेत्रले गति लिन थालेको अधिकारीहरूले बताएका छन्। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखले विदेशी पर्यटकको सङ्ख्यामा त्यति कमी नदेखिए पनि नेपालीहरू विगतको तुलनामा कम गइरहेको बताएका छन्। "दशैँ र तिहारको बीचमा पर्यटकहरू अलि बढेको देखिन्छ। पर्यटकहरू धेरै बढे भन्दा पनि रिभाइभ हुन थालेका छन्," निकुञ्जका प्रमुख विष्णुप्रसाद श्रेष्ठले भने। "विदेशी पर्यटक अलि धेरै हुनुहुन्छ, नेपाली पर्यटकचाहिँ अलि कम नै हुनुहुन्छ। बाढीको त्रास मानिसमा अझै पनि छ जस्तो छ।"विगतका वर्षहरूमा नेपालीहरूले पदयात्रा राम्रै सङ्ख्यामा गर्ने गरेको र बाढीपछि त्यसमा केही कमी आएको उनले बताएका हुन्।ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपालले भने पदयात्रा भनेको 'एड्भेन्चर' मनपराउनेहरूका लागि भएका कारण पर्यटनमा त्यति लामो समय असर नपर्ने जनाएको छ। विपद्पछि पर्यटकलाई फेरि आकर्षित गर्न कस्तो प्रयास हुँदै छभोटेकोशी-त्रिशूली बाढीको असर शरद् यामको हिमाल आरोहणमा कति? निकुञ्जका सूचना अधिकारी ऋषिराम ढकालका अनुसार भदौ १० भित्र जति पर्यटक आए त्यसपछि उक्त महिनाको अवधिमा भने नगण्य सङ्ख्यामा आए।असोज महिनामा त्यहाँ ८९५ जना जम्मा पर्यटक निकुञ्ज भित्रिएको उनले बताए। कात्तिक महिनामा भने नेपालीहरू २,९९३ जना, सार्क राष्ट्रका २२ जना र अन्य विदेशीहरू १,३८५ जना आएको निकुञ्जले जनाएको छ। सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटकहरू धेरै जाने उक्त क्षेत्रमा सेप्टेम्बरमा थोरै देखिए पनि दशैँ तिहारको बीच(कात्तिक)मा सङ्ख्या धेरै देखिएको अधिकारीहरूले बताएका छन्।ती क्षेत्रमा जाने रूटहरूको अवस्था कस्तो छ? BBC लाङटाङ पदयात्रा र गोसाइँकुण्ड पदयात्राका लागि धुञ्चे हुँदै जाने पर्यटकका लागि भदौ १० को भीषण बाढीले थुप्रै बाटोहरूमा क्षति पुर्याएको थियो र अहिले केही अस्थायी कनेक्टिङ बाटो भएपछि पुरानै रूटबाट मानिसहरू गइरहेको अधिकारीहरूले बताएका छन्। कतिपय पर्यटकहरू विगतकै रूटहरू हुँदै पदयात्रा गरिरहेको त कतिपय पर्यटकहरू वैकल्पिक र कम प्रयोगमा आएका बाटोहरूमार्फत् पनि पदयात्रा गरिरहेको उनीहरूले बताएका हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्रेष्ठका अनुसार भदौ १० को बाढीले खासगरी सानो स्याफ्रुबेसीको बाटो र त्यहाँका होटेल सबै बगाएपछि अहिले पर्यटकहरू विगतमा धेरै प्रयोग हुने ठूलो स्याफ्रूबेसी हुँदै लाङटाङ पदयात्रामा गइरहेका छन्।"धुन्चे जाने बेत्रावतीमा बेलिब्रिज राखिसकेपछि धुन्चेसँगको कनेक्सन भएपछि लाङटाङ जाने पर्यटकहरू धुन्चेबाट ठूलो स्याफ्रू हुँदै जाने क्रम बढ्न थालेको छ," श्रेष्ठले भने।"धुन्चेबाट नै गोसाइँकुण्ड जानेहरू पनि बढेका छन्। त्यस्तै सिन्धुपाल्चोक कुटुमसाँगु तर्फबाट गोसाइँकुण्ड जाने पर्यटकहरू पनि छन्।" पर्यटन, व्यापार र जलविद्युत् उत्पादनले चलायमान रहने त्रिशूली करिडर जब क्षणभरमै सुनसान बन्यो'आधाजसो नेपाली परिवार घुमफिर गर्न गएका छैनन्' रसुवागढी नाका जाने बाटोमा पर्ने स्याफ्रू(सानो) मा धेरै क्षति पुगेको र अहिले पनि आंशिक रूपमा मात्रै यात्रा गर्न मिल्ने अधिकारीहरूले बताएका हुन्। उक्त बाटोमा क्षति नपुगेको अवस्थामा पछिल्ला वर्षहरूमा धेरै पर्यटकहरू यही बाटो हुँदै लाङटाङ पदयात्रा जाने गर्थे। यो बाटो तुलात्मक रूपमा ठूलो स्याफ्रूबाट जान भन्दा छोटो र सजिलो रहेको पदयात्रीहरू बताउँछन्।तर अहिले बाढीपछिको अवस्थामा पर्यटकहरू धुन्चेबाट पुरानो पदयात्रा गर्ने रूट ठूलो स्याफ्रू हुँदै लाङटाङ भ्याली जाने गरेको श्रेष्ठले बताएका हुन्।"ठूलो स्याफ्रूसम्म सानो गाडी नै जान्छ। त्यहाँबाट पदयात्रा सुरु हुन्छ," उनले भने।"तर सानो स्याफ्रूबाट पनि जान मिल्ने चाहिँ छ। पहिलाजस्तो फराकिलो बाटो मात्रै नभएको हो।"त्यस्तै गोसाइँकुण्ड जानका लागि विगतमा प्रयोग हुँदै आएकै बाटोहरूबाट मानिसहरूले पदयात्रा गरिरहेको अधिकारीहरूले बताएका छन्।"धुन्चेबाट देउराली/चन्दनबारी हुँदै जाने वा ठूलो स्याफ्रू हुँदै जाने वा सिन्धुपाल्चोकको कुटुमसाँगु वा सुन्दरीजल हुँदै गोसाइँकुण्ड जाने यथावत रूट छँदै नै छ," श्रेष्ठले बताए।केही समय लागे पनि यो क्षेत्रको पर्यटक बिस्तारै उठ्ने र भविष्यमा मानिसहरूको सङ्ख्या बढ्दै जाने आफूले ठानेको उनले बताए।'एड्भेन्चर मनपराउनेलाई असर गर्दैन'लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकका लागि कात्तिक महिनामा पर्यटक धेरै आउने गरेको तर गत वर्षको तुलनामा भने यो वर्ष कम आएको निकुञ्जले जनाएको छ।कात्तिक महिनामा खासगरी लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा करिब ४४ सय पर्यटकले पदयात्रा गरेको निकुञ्जका सूचना अधिकारी ढकालले बताए।जबकि गत वर्षको कात्तिक महिनामा १० हजारभन्दा बढी पर्यटक थिए। तीमध्ये गत वर्ष करिब ७५ सय जना नेपाली र बाँकी विदेशी रहेका थिए। यो वर्ष भने नेपालीको सङ्ख्यामा उल्लेख्य कमी आएको बताइन्छ। निकुञ्जभित्रको तथ्याङ्कमा सिन्धुपाल्चोकको पाँचपोखरी जाने पर्यटक पनि समावेश हुने भए पनि त्यो सङ्ख्या कम रहेको अधिकारीहरूले बताएका हुन्।लाङटाङ पर्यटकीय रूपमा जाने क्षेत्र भए पनि गोसाइँकुण्ड भने धेरै नेपालीहरू जनैपूर्णिमालगायतका चाडमा धार्मिक कारणले पनि ठूलो सङ्ख्यामा जाने गर्छन्। गत वर्षको तुलनामा पर्यटकीय मौसममा पर्यटकको सङ्ख्या कम भए पनि विनाशकारी बाढीपछिको समयमा यो सङ्ख्या राम्रो नै रहेको यो क्षेत्रका जानकारहरू बताउँछन्।टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाका अनुसार पदयात्रा साहसिक यात्रा गर्न रुचाउनेका लागि भएका कारण सोचे जति पर्यटक घटेका छैनन्।"सोचेजस्तो ठूलो असर होइन। बाढीआएलगत्तै केही पर्यटकले आफ्नो यात्रा रद्द गरे पनि त्यतिधेरै असर गरेको होइन। लाङटाङ जाने बाटोमा स्थानीयले वैकल्पिक बाटो बनाएका कारण पनि मानिसहरू पुन: जान थालेका हुन्," उनले भने।"यस्तो यात्रा गर्ने मानिसहरूलाई त्यो ठाउँमा के भएको रहेछ भन्ने पनि जिज्ञाशा हुन्छ। एड्भेन्चर रुचाउने पर्यटकहरू पनि जान खोज्छन्।"भोटेकोशी-त्रिशूली बाढीमात्रै नभई त्यसता बुढीगण्डी र कालीगण्डकीमा आएको बाढीले पनि ती क्षेत्रका पर्यटनलाई त्यति असर नगरेको उनले बताए। नेपालमा विदेशी पर्यटकको 'नक्कली उद्धार' बारे प्रहरी अनुसन्धान: अहिलेसम्म थाहा भएका कुरानेपाल आउने सबै विदेशीलाई 'ट्र्याक' गर्ने प्रणाली लागु हुँदै, भारतीय नागरिक पनि समेट्ने योजना बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
बाढीले असर गरेको गोसाइँकुण्ड, लाङटाङ पदयात्रा रूटमा पर्यटकको घुइँचो

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






