काठमाडौं । गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वितरक करण श्रेष्ठ क्रेजीका अनुसार ४ दिनमा चलचित्रले ५ करोड २८ लाख माथिको व्यापार गरेको छ । ‘चलचित्रले पहिलो दिन १ करोड ५३ लाख, दोस्रो दिन १ करोड २० लाख, तेस्रो दिन १ करोड २७ लाख र चौथो दिन १ करोड २८ लाखको व्यापार गरेको छ,’ करणले भने, ‘आजको फाइनल रिपोर्ट आउन चाहिँ बाँकी छ ।’ हलहरुबाट प्राप्त बक्स अफिस रिपोर्टहरु संकलन गरेर निर्मातालाई आफूले पठाएको तथ्यांक यही रहेको करणले बताए । ‘चलचित्र विकास बोर्डको तथ्यांकसँग मिल्छ त ?’ भन्ने प्रश्नमा करणले भने, ‘हलबाट बोर्डलाई जाने डेल्ली कलेक्सन रिपोर्ट(डीसीआर)नै हामीलाई आउने हो । पछि बोर्डले सार्वजनिक गर्ने रिपोर्ट पनि यही नै हो ।’ अनमोल केसी स्टारर ‘बाटुलो जून’मा प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्त लगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ । The post ‘बाटुलो जून’ले चलचित्र हलमा तहल्का पिट्दै, ४ दिनमा ५ करोड २८ लाख व्यापार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
‘बाटुलो जून’ले चलचित्र हलमा तहल्का पिट्दै, ४ दिनमा ५ करोड २८ लाख व्यापार

Read Complete Original Article
Published originally on कर्पोरट खबर




![सरकार प्रतिशोधपूर्ण र अधिनायकवादी कार्यशैलीमा अघि बढ्यो : महासचिव पोखरेल [भिडियो]](https://hamrakura.com/uploads/news/images/shankar-pokrel.jpg)

