Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
Photo / Coverage: केन्द्रबिन्दु

बाजुरा । हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ । जिल्लामा स्याउखेती विस्तार हुन थालेपछि उत्पादन क्षेत्रफलसँगै फल दिने बोटको सङ्ख्या र उत्पादन परिमाणसमेत बढ्दै गएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ३३७ मेट्रिकटन अर्थात् तीन हजार ३७० क्विन्टल स्याउ फलेको कार्यालयका सूचना अधिकारी प्रेमराज न्यौपानेले जानकारी दिए । उनका अनुसार क्षेत्रफल विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको हो । “यहाँ मुख्य गरी चार स्थानीय तहमा स्याउ खेती गरिन्छ”, न्यौपानेले भने, “यस वर्ष सबैभन्दा बढी स्वामीकार्तिक खापर १२५, जगन्नाथ ९७, हिमाली गाउँपलिकामा ३७ र बुढीनन्दा नगरपालिकामा ७८ गरी कुल ३३७ मेट्रिकटन स्याउ फलेको हो ।” उनले कुल उत्पादनमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको जानकारी दिए । जिल्लाभित्र र बाहिर गरी रु एक करोड ७१ लाख ३७ हजार बराबरको स्याउ बिक्री भएको केन्द्रका सूचना अधिकारी न्यौपानेले जानकारी दिए । जिल्लामा गत वर्ष रु एक करोड ५० लाख बराबरको स्याउ बिक्री भएको थियो । जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएकोमा २१० हेक्टरमा मात्रै उत्पादन भइरहेको छ भने चार पालिकासहित खप्तड छेडेदह, गौमुललागयतका क्षेत्रमा पनि स्याउखेती विस्तार भइरहेको कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले गत वर्षको तुलनामा क्षेत्रफल विस्तार भएसँगै उत्पादन बढे पनि अपेक्षाअनुसार बिक्री हुन नसकेको बताए । “वर्षातमा अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म ढिलो गरी सञ्चालन हुँदा बजारीकरणका लागि ढुवानीमा समस्या भयो”, प्रमुख विष्टले भने, “दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै सदरमुकाम मार्तडी र धनगढी, नेपालगञ्जसम्म यहाँको स्याउ बिक्री भएको हो ।” यस्तै हरेक वर्ष स्याउ ढुवानीका लागि कार्यालयबाट अनुदान दिने गरेको भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको बजेट नआउँदा किसानले आफैँ ढुवानी गरेर बिक्री गर्नु पर्ने अवस्था भएकाले पनि समस्या भएको उनले बताए । किसानले लगानी र मिहिनेतअनुसार उत्पादन लिन थालेपछि पहिल्लो समय यहाँ स्याउखेतीप्रति आकर्षण बढ्दै गएको बताउँदै कार्यालयले पनि क्षेत्रफल विस्तार तथा बगैँचा सुदृढीकरणका लागि अनुदानमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्टले उल्लेख गरे । उनका अनुसार जिल्लामा पछिल्लो समय स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन, रोयल डेलिसियसलगायत उन्नत जातका स्याउखेती पनि विस्तार हुन थालेको छ । यहाँ स्याउ उत्पादनमा वृद्धि हुँदै गए पनि किसानले उत्पादन अनुसारको बजार र मूल्य पाउन भने अझै चुनौती झेलिरहेका छन् । जिल्लाका किसानलाई बारीबाट स्याउलाई बजारसम्म पुर्‍याउन सहज सडक र भरपर्दो ढुवानी सेवाको अभाव रहेको प्रमुख विष्टको भनाइ छ । विशेषगरी वर्षायाममा सडक अवरुद्ध हुँदा उत्पादित स्याउ समयमै बजारसम्म पुर्‍याउन समस्या हुने गरेको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतले बताए । उनका अनुसार स्याउ उत्पादन हुने याममा सडक अवरुद्ध हुँदा बोकेर बजारसम्म पुर्‍याउनु पर्ने बाध्यता रहदैँ आएको छ भने अधिकांश स्याउ बारीमै खेर जाने गरेको छ । त्यस्तै, सडक सञ्चालन भएपछि पनि लामो दूरी, महँगो ढुवानी खर्च र सडकको असहजताका बाबजुद धनगढी, नेपालगञ्जसम्म पुर्‍याउँदा पनि किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । विशेषगरी जिल्ला अन्य सिजनका लागि स्याउ भण्डार गर्ने चिस्यान केन्द्र नहुँदा धेरैजसो स्याउ बिक्री गर्न नसकिने किसान बताउँछन् । यहाँका किसानलाई स्याउखेतीमा व्यवसायिक बनाउँदै क्षेत्रफल विस्तार र उत्पादन वृद्धिका लागि स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । किसानलाई स्याउका बिरुवा वितरण, लगानीअनुसार आम्दानी, प्राविधिक परामर्श, खेती व्यवस्थापनसम्बन्धी जानकारी तथा उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग गर्ने कार्यक्रमले व्यावसायिक खेतीमा आकर्षण बढाएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए । सडक स्तरोन्नतिसँगै सहज यातायात, नियमित ढुवानी सेवा, शीतभण्डार निर्माण, बजार व्यवस्थापन र प्राविधिक सहयोगलाई प्रभावकारी बनाउन सके बाजुराको स्याउ खेतीले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत
Latest NewsJust now

चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले विगत चार महिनाको अवधिमा २७ हजार ५ सय वर्ग मिटर क्षेत्रफल बराबरका सडकका खाल्डाखुल्डी मर्मत तथा सुधार गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार... ...

रातोपाटी
काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग
Latest NewsJust now

काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुल्ला गर्ने विषयलाई अगाडि बढाएको छ । बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । सङ्घीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यले चौबिसै घण्टा ९२४ घण्टा० सञ्चालन गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक तयारी तीव्र पारेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राजधानीका सबै बजार ...

कर्पोरट खबर
रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो
Latest NewsJust now

रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो। ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play