Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित
Photo / Coverage: जनताटाइम्स

हेटौंडा, मंसिर ६ । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । हिजाे आयोजित विशेष कार्यक्रममार्फत बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । प्रदेशका १३ वटै जिल्ला र ११९ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेपछि बागमती प्रदेशलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको हो । १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै प्रकारका खोप पूर्ण मात्रामा प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने व्यवस्था छ । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव एवं प्रदेश खोप समन्वय समितिका अध्यक्ष डा. सुमित्रा गौतमको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना लामा, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झा, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक वसन्त अधिकारी, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमलगायतको उपस्थिति थियो । त्यसैगरी मन्त्रालयका विभिन्न महाशाखा तथा शाखा प्रमुख, १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्रदेश र जिल्ला खोप समन्वय समितिका पदाधिकारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा विकास साझेदार संस्थाहरू युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र वाटर एडका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाले बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा राख्न, खोपबाट बचाउन सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न तथा खोप कार्यक्रमलाई निरन्तरता दिन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उच्च जोखिमको प्रसूति शल्यक्रियाबाट पाँच किलोको शिशु जन्माइयो
HealthJust now

उच्च जोखिमको प्रसूति शल्यक्रियाबाट पाँच किलोको शिशु जन्माइयो

नवराज नेपाली बागलुङ, मंसिर ६ गते । बागलुङको बुर्तिबाङ प्रदेश अस्पतालमा पाँच किलो तौलको शिशु जन्माउन उच्च जोखिममा रहेकी महिलाको आपतकालीन शल्यक्रिया गरिएको छ ।पाँचौँ गर्भ रहेकी महिला... ...

गोरखापत्र
डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा
HealthJust now

डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा

काठमाडौँ, मङ्सिर ६ गते । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ । नेपाल स्वास्थ्य व्यवसा... ...

गोरखापत्र
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
HealthJust now

मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने

काठमाडौँ। मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति तथा अन्धोपनबाट बच्न सकिने नेत्र विशेषज्ञले बताएका छन् । नेत्र विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार नियमित आँखाको परीक्षण गराउनु आवश्यक छ । मधुमेहले आँखाको पर्दा (रेटिना) मा रहेका रक्तनलीमा क्षति पुर्‍याउन सक्ने भएकाले... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement