काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता अनुमति लिएको हो । उनका छोरा दीक्षान्त बानियाँ पनि यसअघि नै सीआईबीको हिरासतमा छन् । उनलाई गत कात्तिक १६ गते पक्राउ गरिएको थियो। बानियाँ र उनका छोरामाथि बानियाँ निर्माण सेवा प्रालि, भूगर्भ सिमेन्ट कम्पनी र बानियाँ सप्लायर्स प्रालिका नाममा प्रभु बैंकबाट ३४ करोड रुपैयाँ ऋण लिएर तोकिएको प्रयोजनभन्दा फरक काममा खर्च गरेको आरोप छ । बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री रहेका थिए । The post बागमतीका पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बागमतीका पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

Read Complete Original Article
Published originally on कर्पोरट खबर






