Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बाका वाणी : संक्षिप्त चर्चा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाका वाणी : संक्षिप्त चर्चा
Photo / Coverage: हिमालय टाइम्स

पुत्रस्य परमोधर्मः पितृद्धारसमो नहिशास्त्र भन्छ प्रत्येक व्यक्ति र पुस्ताका आ-आफ्ना काम र कर्तव्य हुन्छन् । त्यो सीमा नाघ्ने कुसन्तति हो । शंकराचार्यले भनेको ‘कुपुत्रो जायेत…’ पनि यसै शास्त्रीय आधारमा आधृत रहेको देखिन्छ । बाआमासँग बस्ने सौभाग्य पाएका, पढाइको उपल्लो तह विद्यावारिधि गगेर माध्यमिक र क्याम्पस तहमा अध्यापन तथा प्राध्यापन गरिरहेका र कवितासाधनामा समेत लागेका हुनाले एकजाना दाजु र तीनजना भाइको मौखिक या आर्थिक लगानीको सहायतामा आधृत भएर डा.मधुसूदन लामिछानेले यो शोककाव्य लेखेको हुनसक्ने सम्भावना रहेको देखिन्छ । मधु मेरा पुराना छात्र र नवमित्र पनि हुन् । यिनको सहृदयताका सम्बन्धमा ममा पनि यत्किञ्चित ज्ञान भएको हुनाले आज उनको यसकाव्यमा प्रवेश गरेर यसका केही पक्षको चर्चामा लाग्ने धृष्टता गर्दैछु । मधु लामिछाने सल्यान जिल्लाको दमाचौरमा रहेको भानुमाध्यमिक विद्ययालयको कक्षा ४-६ कुनैमा पढ्दा म रा.वि.से.सेवाअन्तर्गत त्यस विद्यालयमा पुगेको थिएँ । सेवामा रहेकै बेला पनि नियमितरूपमा मैले त्यहाँ पढाउन पाइँन । पञ्चायती शासक र मेरा बीचमा कुक्कु चल्थ्यो । देशैभरिका रा.वि.से.को अवस्था यस्तै थियो होला जो प्रजातन्त्र र नागरिक स्वतन्त्रताका हिमायती थिए । जो हिजो पनि शासनसत्ताको ताबेदारी गर्थे तिनको शक्ति त आजको सत्ताका ताबेदारका चक्चकीबाट नै केही प्रतिशत बढाएर बुझ्ने प्रयत्न गरे पुग्छजस्तो लाग्छ । मधुका पिता संस्कृत व्याकरण, वेद र ज्योतिषका राम्रा विद्वान् थिए । उनले स्वर्गद्वरीदेखि वाराणसीसम्म पुगेर विद्यानिपुणता प्राप्त गरेका थिए । कुनै दिन मधुले नै मलाई लगेर घरमा पितासँग संगत गराएका हुनाले एकात्घण्टाको त्यो सरसंगतबाट मैले उहाँको श्रोत्रिय आचरण र विद्याव्यसनको झल्को पाएको थिए । पञ्चायती शासक र मेरा बीचमा कुक्कु चल्थ्यो । देशैभरिका रा.वि.से.को अवस्था यस्तै थियो होला जो प्रजातन्त्र र नागरिक स्वतन्त्रताका हिमायती थिए । जो हिजो पनि शासनसत्ताको ताबेदारी गर्थे तिनको शक्ति त आजको सत्ताका ताबेदारका चक्चकीबाट नै केही प्रतिशत बढाएर बुझ्ने प्रयत्न गरे पुग्छजस्तो लाग्छ । मधुका पिता संस्कृत व्याकरण, वेद र ज्योतिषका राम्रा विद्वान् थिए । उनले स्वर्गद्वरीदेखि वाराणसीसम्म पुगेर विद्यानिपुणता प्राप्त गरेका थिए । कुनै दिन मधुले नै मलाई लगेर घरमा पितासँग संगत गराएका हुनाले एकात्घण्टाको त्यो सरसंगतबाट मैले उहाँको श्रोत्रिय आचरण र विद्याव्यसनको झल्को पाएको थिए । नम्र, कम बोल्ने शास्त्रीय चर्चामा चाख राख्ने जानेको सिकाउने र नजानेको कुरो जिज्ञासाका रूपमा राखेर सिक्ने प्रवृति ९० वरपरका वयमा पनि मैले उनमा पाएको थिएँ । मधुका दाजुभाइसँग मेरो खासै संगत नभएको हुनाले केही भन्न सक्दिन तर मधुसँग भने लामु संगतका कारणले योग्यपिताका योग्यपुत्र हुन् मधु भन्न मलाई यत्किञ्चित् पनि हिच्किचाहट हँदैन । मधुमा विद्वता, सहनशीलता, नम्रता र कवित्व पैत्रिक गुणका रूपमा आएको देखिन्छ । आज पिताको परमधाम गमनपछि पनि मधुले पिताका बेलाबखतका कथन, उपदेश र शिक्षाका स्मृतिलाई ‘बाका वाणी’ भन्ने शोककाव्यका रूपमा प्रस्तुत गरेका छन् ।आत्मानमनुकूल वेदनीयं सुखम् ।आत्मानं प्रतिकूल वेदनीयं दुःखम् ।तर्कसंग्रहले दुःख र सुखको यसैगरी परिभाषा गरेको छ । यस जगत्मा जन्मेका मानवका लागि आमाबाभन्दा नजिकको अर्को हुँदैन र तिनीहरूसँगको वियोग परम दुःखको विषय हो ।जीवितो वाक्यकरणात्क्षयाहे भूरिभोजनम् ।गयायां पिण्डदानाच्च त्रिभिर्पुत्रैस्तुपुत्रता ।‘मनुस्मृति आर्ष प्रमदोत्सव’का भनाइलाई चरितार्थ गरेका छन् । संस्कृत वाङ्मयमा भएका आचारशास्त्र, धर्मशास्त्र, नीतिशास्त्र, विधिशास्त्र सारालाई यस काव्यमा मधुसूदनले मजले भित्य्राएका छन् । पौरस्त्य परम्पराबाट प्राप्त आचार, नीति र परोपकारका सद्गुणको व्याख्या गर्ने कुनै पनि श्लोक छाडेका छैनन् । काव्यका २१ सर्गका श्लोकश्लोकका अन्तगर्भमा पौरस्त्य चेतना र पित्य्रुपदेशको ओइरो लाएका छन् । पितामातालाई पौरस्त्य आचरण या नीतिले मात्र होइन जीवनानुशासनले पनि महागुरु भन्ने संज्ञादिएको छ । नारीको समग्राधिकारी पति हो भने सन्ततिको गुरुभन्दा पनि माथि पर्ने महागुरु मातापिता नै हुन् । मधुले यसलाई शोककाव्य भने पनि र विषयको समग्रता नै दिवंगत पिताको स्मृति भए पनि यो काव्यको बाह्य र अन्तरसंरचनालाई हेर्दा परम्परित किसिमले नेपाली भाषामा लेखिँदै, रचिँदै आएका शोक महाकाव्यको बान्की दिने प्रयास गरेका छन् । पिता र पुत्रमा मात्र परिसीमित भएका कारणले जीवनसमग्रता न झल्किए तापनि यो सर्ग, श्लोकसंख्या, छन्दयोजना र भावोद्वेगले ल्याएका जीवनजगत्को आकारलाई हेर्दा महाकाव्य भन्न सकिन्छ । यशस्वी शव, गौरी, आमा, मेरा बा आदि जस्तै यो पनि शोकको अधिकृत कथावस्तु भएको र अवान्तर प्रसंग चाहिँ पिताको शिक्षा, उपदेश र अरोट रहेको देखिन्छ । पल, निमेष, घडी, अहोरात्र, सप्ताह, पक्ष, मास, षण्मास, वर्ष या अब्दका चक्रमा जीवनका समग्र उकाली ओराली र मन, बुद्धि, अहंकार, लोभ, मोह, मद, मात्सर्यादिलाई पनि केलाएर हेर्दा पौरस्त्य मूल्यमान्यताले आकाशले पृथ्वीलाई ढपक्क ढाकेझैँ मानवीय जीवनलाई यसका चिन्तनमूलक र स्मृतिमूलक प्रस्तुतिले ढाकेको हुनाले यो महाकाव्य नै हो । यसमा सर्गको नाम छैन तर काम मंगलाचरण, महाप्रस्थान, दार्शनिकदृष्टि, राजनीतिक दृष्टि, आध्यात्मिक दृष्टि, कर्मयोगी दृष्टि, सामाजिक दृष्टि, नैतिक सन्देश, चारित्रिक दृष्टि, प्रारब्धसम्बन्धी धारणा, राष्ट्रचिन्तन, पारिवारिक चिन्तन, युगचिन्तन, मृत्युचिन्तन, ज्योतिषीय विचार, भोज्याभोज्यविचार, आयुर्वेदोपदेश, पितामाताको संवाद, साक्षात्ब्रह्मस्वरूपमा पितादर्शनको कामना जस्ता शीर्षकमा यो पित्य्रुपदेश काव्यको परिखा निर्माण भएको छ । पिता गुरु आसनमा बसेर पुत्रलाई आफ्ना समग्र ज्ञानकोष प्रदान गरिरहेका छन् र प्रत्येक विश्रामपछिका आरम्भमा पुत्रको जिज्ञासा अनुसार पिताको उपदेशलाई शिक्षा प्रवचनका रूपमा प्रकट गराईएको देखिन्छ । विषयप्रस्तुतिको यो ढाँचा वेदव्यास रचितपुराणको समानान्तररहेको देखिन्छ । चरित्रनिर्धारण र कार्यव्यापारउपदेशक पिता जिज्ञासु पुत्र भएको यो काव्य पुत्रका स्मृतिकोषमा आएका पिताका कर्म, उपदेश र शिक्षादीक्षाका स्मृतिसूत्र बेरिँदै गएर बनेको चंगाको लट्टाई चंगा उडाउन लाग्दा जसरी धागो फुक्दै गएर चंगा निरभ्र, निराधार आकाशमा कावा खान पुग्छ ठीक त्यसैगरी चार पुत्र र तीनपुत्रीका पिताले एकमात्र माहिँला छोरालाई अगाडि राखेर आफ्ना जीवनमा गरेका समग्र कर्म र खेपेका हण्डरबाट बटुलेका ज्ञानराशी माहिँला छोराका श्रवणयन्त्रका माध्यमले उसका ज्ञानकोषको ढिकुटी भर्ने काम गरेको देखिन्छ । बाणभट्टको कादम्बरीमा आएका शुकनासोपदेश र जाबाल्यश्रमवर्णन जस्तो बान्कीमा समग्र काव्य तयार भएको देखिन्छ । कर्तव्याकर्तव्यको पौरस्त्य विचार यसमा मजले आएको छ । अहिलेका युगका कुरा कसिंगर बनेर कविका आँखा बिजाएका छन् भने प्राचीन पौरस्त्य जीवनमार्ग र नेपाली राष्ट्रिय विगत चाहिँ रातीगेडी ठानेर आँखामा राखिएको छ । त्यसले वर्तमान विश्वमा उदाएको परावलम्बीपना र उपभोक्तावादी संस्कारदृष्टिलाई कसिंगर छानेझैँ छानेको अनुभूत गरिएको छ । यस काव्यमा नायक र नायिका पनि देख्न पाउँदैनन् परम्पराको सिङपुच्छर नापेर महाकाव्यत्वको परिभाषा खोज्ने चस्मादार प्रध्यापकले । जसरी कतिपय जीव सरिसृपादि जस्ता वातावरणमा बस्छन् तिनको रूपरङमा वातावरणको प्रभाव परेको हुन्छ । उदाहरणार्थ भ्यागुतो या मण्डूक (पाहा) रातामाटामा रातै हुन्छ र पानीमा पानीकै रङको बन्छ । एक खालको सर्प (हरेउ) हरिया झारमा बस्ने हुनाले त्यो हरियो नै बन्छ । प्रत्येक प्राणीलाई वातावरण संस्कार संस्कृतिको धेरथोर प्रभाव पर्छ । महाकवि मधुसूदनलाई शिक्षा, नेपालीय वातावरण र संस्कृतज्ञ पिताको प्रभाव गहिरो गरी परेको देखिन्छ :-सर्पाः पिवन्ति पवनं न च दुर्बलास्ते । सर्प छन् बलिया जम्मै वायु पिएर बाँच्दछन् ।सुक्ष्कैस्तृणैर्ववनगजाः बलिनो भवन्ति ।। रूखका पात बोक्राका भरमा गज बाँच्तछन् ।।कन्दै फलैर्मुविरा गमयन्ति कालम् । फलफूल र पानीले ऋषि प्राण बँचाउँथे । सन्तोष एव पुरुषस्य परं निदानम् ।। भन्नु भो नर मात्रै छन् तिर्सनाले जलाउने ।।यस प्रकारका उदाहरण उद्धरण गर्दै जाने हो भने समग्र काव्य नै उद्धृत हुने अवस्था आउँछ । वेदले पनि ‘पिता वै जायते पुत्ररूपेण’ भनेर पितापुत्रका सम्बन्धमा टिप्पणी गरेको छ । त्यतिमात्रै होइन ऋतेज्ञानान्न मुक्तिः पनि वेदको खँदिलो कथन रहेको छ । पितालाई विज्ञ पुत्रले मात्र मुक्ति दिलाउन सक्छ । कि स्वयं नै योगाग्नि र ज्ञानाग्निमा एषणादहन गरेरमात्र जन्मजन्मान्तरमा मुक्त हुन्छ/हुनसक्ला नत्र भने हजारौं हजार जन्मका तपदानले पनि मुक्तिका लागि भगवत्कृपा आवश्यक पर्दछ भन्ने महान् योगीहरूका चिन्तनमूलक वक्तव्यले पौरस्त्य शास्त्र भरिएका छन् । दानेन हस्तैर्न तु कंकणेन, ज्ञानेन मुक्तिर्न तु मण्डनेन (सिंगारपेटार) स्नानेन शुद्धिर्न तु चन्दनेन जस्ता श्लोकलाई पनि मजाले आफ्ना रचनामा प्रयोग गरेका छन् । यस काव्यमा हिजोका जीवनदृष्टि मात्र छैनन् । आजको राजनीतिमा बहुधा देखापर्ने गरेको भस्मासुरे चरित्रको पनि राम्रो चित्रण गरेका छन् :हाँडीभित्रै बसे शोभा, उफ्रन्छन् यी सकेजतिभई उन्मत्त निस्केमा उसकै हुन्छ दुर्गतिस्वार्थका निम्ति उफ्रेका भुइँमा छन् कठैवरा…पस्छन् स्याल बनी भित्र गर्जँदै सिंह बन्दछन् ।…प्रज्ञावान् शक्तिवान् हुन्छन् तिनैसँग पराजित । यसरी आजको राजनीतिका नाममा चलेको विवेकहीन लाजनीतिको पनि सुन्दर चित्र खिचेका छन् । यही हो रवि जहाँ पुग्नसक्दैनन् कवि त्यहाँ पुग्छन् भनेको पनि । आजका जोदाहा नेता भनाउँदा बकम्फुसले यो काव्य धैर्य राखेर पढे आफ्ना नाकमा कट्कटिएका सिंगानका लत्का र बाहिरै निक्लेका कानेगुजीका डल्ला पनि देख्नेछन् र दिनदसेकदेखिनमाझेका दाँतमा जमेको दन्ते..पनि राम्ररी देख्न सक्छन् । पौरस्त्य काव्य मनीषीले ठीकै भनेका हुन् ‘वाक्यं रसात्मकं काव्यम्’ । शब्दकलाको महŒवपूर्णमात्र होइन अति विशाल काय भएको एक प्रकारले असम्भवप्रायः रूप हो महाकाव्य । यसमा कम्तिमा तीनपुस्ता आउँछन् र जीवनजगत्को चक्रीयपद्धतिका माध्यमले समग्रजीवनको स्वरूपको दिग्दर्शन गराउँछन् । महाभारत इतिहास र काव्यको समन्वित स्वरूप भएको हुनाले पाँचौं वेद मानिन्छ । कविकरोति काव्यानि रसं जानन्ति पण्डिताः भनेजस्तो दाबी होइन तर पनि मोटा आँखामा परेका केही कसिंकर रहेछन् भने पनि नभने पनि आँखाबाट आँसु तिनले झार्छन् नै । आँसु झारेर पनि दुःख भएको या बिझाएको छैन भन्नु शायद सत्योक्ति नमानिएला । यस शोक काव्यलाई औसत काव्य लेखनको कसीमा राखेर मैले महाकाव्य भने तर युगयुगमा जन्मने युगको समग्र प्रवृत्तिको चित्रण गरेर पनि आगामी युगका प्रवृत्तिलाई समेत संकेत गर्ने र महत्तम जीवनजगत् सिर्जना गर्ने विराट कल्पना र भावनाका लटाइमा बेरिएका चार पाँचवटासम्म लोकगाथाचक्र, ऋषिगाथाचक्र, राजगाथाचक्र, देवगाथाचक्र, शिक्षसंस्कृति युद्ध र समाधानका सुदुष्परिणम छातीमा बोकेरआउने खालका महाकाव्य अब एआइले बनायो भनेमात्रै हो आजको व्यस्तर टुक्रे जीवनका कविले लेख्ने औसत् महाकाव्य नै भएको हुनाले यसमा महाकाव्यात्मक गुण छन् भन्न सकिन्छ । महाभारतले जे यहाँ छ त्यो जगत्मा खोजे भेटिएला जे यहाँ छैन त्यो कतै पनि छैन भनेर उद्घोष गरेको छ । एउटा युगको समग्र चित्रण प्रस्तुत गरेपछि अन्य युगमा पनि धेरथोर तिनै कुरा क्रमबद्ध भएर आलोपालो गरी आउने हुनाले व्यासले यस प्रकारको उद्घोष गरेका हुन् । परिष्कारवादी कविले काव्यको यो स्वरूपलाई डाईनासोरजस्तै मानेको पनि देखिन्छ भने यसलाई स्वच्छन्दतावादीले काव्यिक आदर्श र लेखनकलाको स्वच्छन्द आवेग प्रवर्षणको माध्यमजस्तो पनि बनाएका थिए । यथार्थवादीले काव्यात्मक सौन्दर्यको उद्भावना कम र असपतालको जलनकक्षको स्वरूप जस्तो छ त्यस्तो प्रस्तुत गर्ने र अझ अतियथार्थवादीले त एकसरे पद्धतिको वकालतमा घरका आँगनको तुलसाको मठभन्दा अव्यवस्थित शौचालयका स्वरूपको फोटोग्रफीका आग्रहमा मानव जीवनका गोपनीय पक्ष, सुन्दर पाटा र आनन्दवर्द्धक कुरालाई विलुप्त गराए पनि नेपाली महाकाव्यका क्षेत्रमा भने यसको महिमा बुझेर, अभाव टार्न र रहरले भने पनि महाकाव्य लेख्ने होडबाजी चलेको हुनाले यसका सकारात्मक बान्की देखापर्दै गएका पनि छन् । प्रतिभाशाली कविले राष्ट्रमहिमोद्गान गर्दा पृथ्वीन्द्रोदयजस्तो महाकाव्य नेपाली भाषाले राम्ररी भाषिक विकास भै’ नसक्दै भेटेको तथ्य अति गौरवशाली रहेको छ नै । सृजित काव्य थाहा नभएका बेला अभाव टार्न देवकोटाजस्ता प्रतिभाको पोखाई अर्को महिमामय कुरो भएको तथ्य शाकुन्तल महाकाव्यले बोकेको हामीले देखेका छौं । महाकाव्य सृजनप्रयास ओरालो लाग्यो कि भन्दा नभन्दै आएको चिसो चुलोले पनि आगामी मानवीय छुवाछूतका कुरासमाप्त भएर जाने संकेतका कारणले नेपालैभरि सन्ते र गौरीको आज प्रदुर्भाव भइरहेको पनि देखिन्छ । सबैको चुलो नतातेको भए पनि त्यो बेलाको भन्दा बढी मान्छेको चुलो तात्न लागेको कुरो पनि घामजत्तिकै उद्भासित छ नै । संवादात्मक बान्कीयस महाकाव्यका २१ सैसर्गमा प्रश्न छैनन् । २१-२=१९ वटा प्रश्न पितासँग पुत्रले गरेको देखिन्छ । यसरी हेर्दा अन्तर्संवादात्मक नाटकीय बान्की पनि देखिन्छ । अर्कातिर चतुश्लोकी भागवत र त्रिश्लोकी रामायणसँग पनि यो जोडिन पुग्छ । उन्नाइस प्रश्नका कारणले । नारदले आदि कवि वाल्मीकिसँग सोधे-को न्वस्मिन् साम्प्रतं लोके गुणवान् कश्च वीर्यवान् ।धर्मज्ञश्च कृतज्ञश्च सत्यवाक्यो दृढव्रतः ।।चरित्रेण च को युक्तः सर्वभूतेषु को हितः ।विद्वान् कः कः समर्थश्च कश्चैकप्रियदर्शनः ।।आत्मवान् को जीतक्रोधो द्युतिमान् कोऽनसूयकः ।कस्य बिभ्यति देवाश्च जातरोषस्य संयुगे ।।एतदिच्छाम्यहं श्रोतुंपरं कौतूहलं हि मे ।महर्षे त्वं समर्थोऽसि ज्ञातुमेवाविधं नरम् ।।अहिले लोकमा गुणवान् र वीर्यवान् को छ ? धर्म जान्ने कृतज्ञ सत्यवादी र दृढव्रती को छ ? चरित्रवान् सकल प्राणीका हितमा लाग्ने विद्वान् को छ र समर्थ को हो भनेर जान्ने को चाहिँ एक मात्र प्रियदर्शन छ ? क्रोधलाई जितेको र आत्मपरात्म बुझ्ने को द्युतिमान् छ र कसमा कुनै पनि प्रकारका दोष छैनन् ? को रिसाए भने देवता पनि डराउँछन् ? यस्ता कुराका सम्बन्धमा बताउन तपाईं समर्थ हुनुहुन्छ हे महर्षे किनभने तपाईं सबै कुरा जान्नु हुन्छ अर्थात् लोकजान्ने तपाईंबाहेक कोही पनि अहिले अरू छैनन् । यसरी नारदका तीनवटा प्रश्नबाट चौबीस हजार श्लोक भएको आदि महाकाव्य महर्षि वाल्मीकिले पनि प्रणयन गरेका थिए । यसैगरी यस शोककाव्यमा पनि पितामाताका काखमा रहेका मधुसूदन लामिछाने आफ्ना महागुरु पितासँग प्रश्न गर्दछन् र यस काव्यको प्रणयनमा लागेका छन् । यो पितापुत्रको संवादात्मक, संस्मरणात्मक, शिक्षामूलक शोककाव्य हो । यसमा भएका सबै श्लोक कवित्वयुक्त छैनन् । कविता र श्लोकको मिश्रण रहेको देखिन्छ । अझ कतिपय नीतिशास्त्रीय, ज्योतिषशास्त्रीय, भोज्याभोज्यलोकज्ञान र भोजनविज्ञानसँग संबद्ध स्थानका श्लोकमा त अनुवादात्मकता र मौलिकताको मिश्रित अवस्था रहेको बोध हुन्छ । पौराणिकता र अनुवादमा पनि मौलिकताको सन्निवेश नेपालीका आदि कवि पृथ्वीन्द्रोदयका रचयिता उदयानन्द अर्याल र आदि कविका लोकमान्यतालेविभूषित भानुक्तीय रामायणमा पनि भेटिन्छ । सुब्बा होमनाथ केदारनाथका अनुवादमासमेत खोजी पस्ता मौलिक कवित्वयुक्त पंक्ति भेटिन्छन् उदाहरणार्थ ‘…थिच्नुभो रथ खुब ताहाँ प्रभुजीले घोडा थचक्कै बसे’ भानुभक्ताचार्यले वेदव्यासविरचित अध्यात्मरामायणको अनुवाद गरेका हुन् तर त्यहाँ भानुका मौलिक सृजनाले चमक्क चम्काएको भेटिन्छ । घर पनि सुनकै छन् गल्ली जो छन् सुनैका…। …आधा देह छ सर्पले निलिसक्यो त्यो भ्यागुतो तैपनि, झिँगा निल्दछ सासले खिचीखिची आनन्द भोगौं भनी । यी पंक्तिलाई मूलसँग दाँजेर पढे यिनीहरूका अनुवादमा रहेको मौलिक सिर्जनाको मात्रा, स्वरूप र कवित्वयुक्त कल्पना र भावनाको भण्डार कति प्रगाढ रहेछ भन्ने कुराको इयत्ता लिन सकिन्छ । श्लोकसंख्या ११४७ रहेका छन् । सबैभन्दा लामो विश्राम तेस्रो हो जसमा १०२ श्लोक छन् भने सबैभन्दा छोटो १८औं विश्राम हो जसमा ४० श्लोक रहेका भेटिन्छन् । अरू सालाखाला स्वरूपका छन् । उपसंहारकविकरोति काव्यानि रसं जानन्ति पण्डिताः भनेजस्तो दाबी होइन तर पनि मोटा आँखामा परेका केही कसिंकर रहेछन् भने पनि नभने पनि आँखाबाट आँसु तिनले झार्छन् नै । आँसु झारेर पनि दुःख भएको या बिझाएको छैन भन्नु शायद सत्योक्ति नमानिएला । यस शोक काव्यलाई औसत काव्य लेखनको कसीमा राखेर मैले महाकाव्य भने तर युगयुगमा जन्मने युगको समग्र प्रवृत्तिको चित्रण गरेर पनि आगामी युगका प्रवृत्तिलाई समेत संकेत गर्ने र महत्तम जीवनजगत् सिर्जना गर्ने विराट कल्पना र भावनाका लटाइमा बेरिएका चार पाँचवटासम्म लोकगाथाचक्र, ऋषिगाथाचक्र, राजगाथाचक्र, देवगाथाचक्र, शिक्षसंस्कृति युद्ध र समाधानका सुदुष्परिणम छातीमा बोकेरआउने खालका महाकाव्य अब एआइले बनायो भनेमात्रै हो आजको व्यस्तर टुक्रे जीवनका कविले लेख्ने औसत् महाकाव्य नै भएको हुनाले यसमा महाकाव्यात्मक गुण छन् भन्न सकिन्छ । पिताको महां प्रस्थानका कारणले मधुको सृजनात्मक क्षमतामाओस लागेर कल्पनाशक्ति र दृष्टिशक्ति धुमिल भएका बेला लेखिएका काव्यले भिजाएका परेला भोलिपर्सि नयाँ उद्देश्य, नवनवोन्मेषशाली कल्पना र भावनाका सुकिला स्वरूपका कविता काव्य पढ्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्दै कलमलाई विश्राम दिन्छु ।त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा
Latest NewsJust now

२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा

• ट्राफिक प्रहरीले २४ घण्टामा ५५७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ चालक र अन्य विभिन्न उल्लंघनमा ५०३ चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा तीव्रगति, हर्न निषेध, र अन्य नियम उल्लंघन गर्ने चालक समावेश छन्। ...

नेपालबहस
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)
Latest NewsJust now

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको... ...

रातोपाटी
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Latest NewsJust now

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। ...

नेपालन्युज
‘देहमा अवरित बोधी’ को प्रदर्शनी
Latest NewsJust now

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको संरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play