Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत
Photo / Coverage: केन्द्रबिन्दु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री गर्न सहज भएको छ । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले किसानले उत्पादन गरेका विभिन्न जातका धान उचित मूल्यमा खरिद गरिरहेको छ । सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले स्थानीय किसानलाई उत्पादनको उचित मूल्य दिलाउनुका साथै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद अभियान सञ्चालन गरिएको बताए। ‘स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएर खरिद सुरु गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘किसानका मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ ।’ सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपियाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपियाँ र हाइब्रिड धान दुई हजार ७५० रुपियाँका दरले खरिद गरिरहेको छ । धान बिक्री गर्न इच्छुक किसानले सहकारीको गोदाम वा सङ्कलन केन्द्रमा आफ्नो उत्पादन ल्याउन सक्ने व्यवस्था मिलाइएको छ । गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई बजारीकरणमा सहज हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रबन्धक वलीले बताए । सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य आबद्ध छन् । किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित गोदाममा व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले जानकारी दिए। सहकारीले धान खरिदसँगै किसानलाई बिउ उत्पादनमा प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बिउ धान सहकारीले खरिद गर्ने गरेको अध्यक्ष वलीले बताए । किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यस वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ । मिल सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी तथा पिसानीको सुविधा लिन सहज भएको अध्यक्ष वलीले बताए । स्थानीयस्तरमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानको व्यावसायिक कृषिप्रतिको आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । किसानको उत्पादन खरिद, बिउ उत्पादनमा प्रोत्साहन तथा प्रशोधन र बजारीकरणको व्यवस्था सहकारीमार्फत हुन थालेपछि स्थानीय कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले सहकारीले गाउँमै धान खरिद गर्न थालेको कार्यले किसानलाई राहत पुग्ने बताए । उनले स्थानीयस्तरमै उत्पादन बिक्री गर्न पाउने व्यवस्थाले किसानलाई आफ्नो उपजको बजारीकरणमा सहज हुने धारणा व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
Latest NewsJust now

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

झापा । जंगली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्न र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन् । हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् । मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका ...

केन्द्रबिन्दु
एक दशकपछि मैदान फर्किँदै ४६ वर्षीय रोनाल्डिन्हो
Latest NewsJust now

एक दशकपछि मैदान फर्किँदै ४६ वर्षीय रोनाल्डिन्हो

रोम । ब्राजिलका विश्वकप विजेता एवम् महान् फुटबलर रोनाल्डिन्हो एक दशकभन्दा लामो समयपछि पहिलो पटक आधिकारिक फुटबल खेलमा सुरुआती रोजाइबाट मैदान उत्रने भएका छन्। इटालीको तेस्रो डिभिजन (सिरि सी) को लिगअन्तर्गत... ...

रातोपाटी
क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी
Latest NewsJust now

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ । ...

कान्तिपुर
लोकतन्त्र सम्मेलनमा सहभागी हुने ११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेश अनुमति दिएन
Latest NewsJust now

लोकतन्त्र सम्मेलनमा सहभागी हुने ११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेश अनुमति दिएन

नयाँदिल्ली । भारतले विपक्षी कांग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तर्राष्ट्रिय वक्तालाई प्रवेश अनुमतिमा रोक लगाएको छ । अन्तराष्ट्रिय वक्ताहरुलाई भारत प्रवेशमा रोक लगाएको बारे शुक्रबार कांग्रेसका एक वरिष्ठ नेताले जानकारी दिएका हुन् । प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि छन् । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेकी थिइन् । कांग्रेसका सांसद ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play