Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बाँकेका राप्ती सोनारीका १० भूमिहीन परिवारले पाए लालपुर्जा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेका राप्ती सोनारीका १० भूमिहीन परिवारले पाए लालपुर्जा
Photo / Coverage: कर्पोरट खबर

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाका १० भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समितिले राप्ती सोनारी गाउँपालिका–४ का तीन भूमिहीन दलित र सात भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको हो । उनीहरू २०४४/४५ सालदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका थिए । लामो समयदेखि जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका स्थानीयले लालपुर्जा पाएसँगै आफ्नो बसोबास रहेको जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । यसले उनीहरूलाई जग्गाधनीका रूपमा स्थापित हुनुका साथै वर्षौंदेखिको भूमि स्वामित्वसम्बन्धी समस्या समाधान भएको छ । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ । भूमिहीन परिवारलाई जग्गाधनी बनाउने लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी बनाउने सरकारको योजना रहेको छ । The post बाँकेका राप्ती सोनारीका १० भूमिहीन परिवारले पाए लालपुर्जा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ
Latest NewsJust now

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पक्राउ पर्नेमा यातायात व्यवस्था विभागका वहालवाला महानिर्देशक राजीव पोखरेल समेत छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो... ...

रातोपाटी
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
Latest NewsJust now

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । ...

कान्तिपुर
बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक
Latest NewsJust now

बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक

सरकारले छात्रवृत्ति कार्यक्रम ल्याए पनि भोटेकोशी बाढीलगायत विपद्‌बाट प्रभावित विद्यार्थीको विवरण संकलन नहुँदा वितरण प्रक्रिया अघि बढ्न सकेको छैन । ...

कान्तिपुर
ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Latest NewsJust now

ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर २ गते । वैदेशिक रोजगारीको नाममा गैर कानुनी रुपमा श्रमिकहरुसँग ठगी गरेको आरोपमा दुई पूर्व मन्त्रीसहित उच्च पदस्थ कर्मचारीहरु पक्राउ परेका छन् । केन्द... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play