Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट
Photo / Coverage: केन्द्रबिन्दु

तेहरान । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ । आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका थिए । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए । बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ । इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । आईआरजीसीले हर्मुज जलमार्ग बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ । इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । युद्धका क्रममा इरानले हर्मुज जलमार्गबाट हुने ढुवानीमा अवरोध सिर्जना गर्नुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ । बहराइनमा अमेरिकाको जलसेनाको अखडा रहेको छ । यसअघि शुक्रबार पनि आईआरजीसीले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो ।खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा थप असर पार्न सक्ने चिन्ता बढाएको छ । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन
Latest NewsJust now

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु न्याय, क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै गत शनिबार काठमाडौंमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक संघसंस्थाले प्रदर्शन गरेका छन्। ...

कान्तिपुर
यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू
Latest NewsJust now

यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू

काठमाडौँ । महिलाहरूमा यूरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) अर्थात् पिसाबनलीको संक्रमण एक सामान्य स्वास्थ्य समस्या हो। महिलाहरूले आफ्नो जीवनमा धेरै पटक यो समस्याको सामना गर्नुपर्छ। केही महिलाहरूमा यो संक्रमण निको भएपछि फेरि... ...

रातोपाटी
काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)
Latest NewsJust now

काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)

आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ। के तराई, के पहाड अहिले सबै क्षेत्रमा छठ पर्व धुमधामका साथ मनाइन्छ।  यसै क्रममा देशको केन्द्रीय राजधानी काठमाडौँमा पनि छठ भव्यतापूर्वक सम्पन्न गरिएको छ।  यसै क्रममा हेर्नुहोस् आज बिहान गौरीघाटमा देखिएका यी दृश्य-   ...

नेपालखबर
४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो
Latest NewsJust now

४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो

काठमाडौँ । सर्वसाधारणलाई प्रतिकित्ता रु. ३३५ प्रिमियम थपेर रु. ४३५ मा प्राथमिक सेयर (आइपिओ) बिक्री गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप खराब बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी बढेर १६ करोड १५ लाख ५१ हजार रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play