Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए । बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ । इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । गार्डले होर्मुज जलडमरूमध्य बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ । इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । युद्धका क्रममा इरानले होर्मुज जलडमरूमध्यबाट हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ । बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ। यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो । खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित सलमान पक्राउ
Latest NewsJust now

विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित सलमान पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार ३ किलो ५०० ग्राम गाँजासहित भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार विमानस्थलबाट बाहिरिने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार सलमान नयाँ दिल्लीबाट काठमाडौं आएका थिए। काठमाडौं विमानस्थलमा ओर्लिएपछि उनी थाइल्यान्डबाट ...

केन्द्रबिन्दु
चितवनले गुमायाे पहिलाे विकेट
Latest NewsJust now

चितवनले गुमायाे पहिलाे विकेट

काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले पहिलाे विकेट गुमाएकाे छ । चितवनले पहिलाे विकेटकाे रूपमा देव खनाललाई गुमाएकाे हाे । उनी १३... ...

रातोपाटी
सात वर्षदेखि निरन्तर दण्डवत् गर्दै छठघाट पुग्छन् सांसद कानु
Latest NewsJust now

सात वर्षदेखि निरन्तर दण्डवत् गर्दै छठघाट पुग्छन् सांसद कानु

• पर्सा निर्वाचन क्षेत्रका सांसद सुशील कुमार कानुले छठ पर्वको अवसरमा घरदेखि छठघाटसम्म दण्डवत् प्रणाम यात्रा गरेका छन्। • उनले आफ्नो धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै लोककल्याणको कामना गर्दै छठीमाईको आराधना गरेका छन्। • छठ पर्वको मुख्य दिनमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन्, जसले मनोकामना पूरा हुने धार्मिक विश्वासलाई झल्काउँछ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play