Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बर्थिङ सेन्टर स्थापना भएपछि गाउँमै सुत्केरी सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्थिङ सेन्टर स्थापना भएपछि गाउँमै सुत्केरी सेवा
Photo / Coverage: केन्द्रबिन्दु

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लामा बर्थिङ सेन्टर स्थापना भएपछि गाउँमै सुत्केरी सेवा दिन थालिएको छ । गर्भवती महिलालाई सुत्केरी व्यथा लागेपछि परिवारका सदस्यलाई सबैभन्दा पहिले कसरी स्वास्थ्य संस्थासम्म पुर्‍याउने भन्ने चिन्ताले पिरोल्दै आएको थियो । तातोपानी गाउँपालिकाको ३६ लाख रुपैयाँ लगानीमा बर्थिङ सेन्टर भवन निर्माण भएपछि सुत्केरी सेवा दिन थालिएको हो । शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे । गाउँमा प्रसूति सेवा दिने पूर्वाधार थिएन । भौगोलिक विकटताका कारण नजिकको स्वास्थ्य संस्था पुग्न पनि सहज थिएन । कतिपय महिला घरमै सुत्केरी हुन बाध्य थिए भने सामान्य गर्भजाँचका लागि समेत घण्टौँ हिँड्नुपर्ने अवस्था थियो, स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंले भने, ‘वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ ।’ दुर्गम टोप्ला गाउँमै बर्थिङ सेन्टर भवन निर्माण भएपछि स्थानीय महिलाले गाउँमै सुरक्षित प्रसूति सेवा पाउने भएका हुन् । यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म समस्या भोग्दै आएका महिलाले अब तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सेवा पाउने भएका हुन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका र तत्काल स्वास्थ्य संस्था पुग्न नसक्ने परिवारका लागि यो पूर्वाधार निकै महत्त्वपूर्ण मानिएको स्वास्थ्य संयोजक चौलागाईंको भनाइ छ । ‘दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,’ गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने, ‘भवन बनिसकेको छ । आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ ।’ उनका अनुसार गाउँपालिकाले त्यो क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति ५०० रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको थियो । प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई बुझेर गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय काम भएको बताए । उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने सरकारी लक्ष्यमा टोप्ला बर्थिङ सेन्टरले सहयोग गर्नेछ । स्वास्थ्य शाखा संयोजक चौलागाईंले थपे, ‘आवश्यक उपकरण तथा सामग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन हुनेछ ।’ बर्थिङ सेन्टरमा सेवा सञ्चालनका लागि आवश्यक उपकरण, दक्ष स्वास्थ्यकर्मी, घेरबार र परिसर व्यवस्थापनलगायतका काम तत्काल अघि बढाउन स्थानीयले माग गरेका छन् । बर्थिङ सेन्टर प्रभावकारी रूपमा सञ्चालनमा आएसँगै सयौँ महिला लाभान्वित हुने भएका छन्, स्थानीय महेन्द्रबहादुर शाहीले भने, ‘यो केवल एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो ।’ उनले आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विलीन अनुभूति  (कविता)
Latest NewsJust now

विलीन अनुभूति (कविता)

जन्मनु– मेरो निर्णय थिएनमृत्यु पनि मेरो हातमा छैनम त केवल अनन्तको श्वासमा बगेकोएक क्षणिक तरङ्ग हुँ ।जन्म र मृत्युका दुई किनाराबिचजीवन नामको नदी हुँ मबिस्तारै बिस्तारै बगिरहेकी छुर... ...

गोरखापत्र
नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने
Latest NewsJust now

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास २०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ । अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मंसिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति ...

केन्द्रबिन्दु
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा
Latest NewsJust now

मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौँ । मोहन बस्नेतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार बिहान पत्रकार सम्मेलन गरी बस्नेतले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफू लामो... ...

रातोपाटी
पुवाखोलाको बेलिब्रिज जोखिममा
Latest NewsJust now

पुवाखोलाको बेलिब्रिज जोखिममा

इलाम समाचारदाता इलाम, मङ्सिर १२ गते । पुल जडान सम्पन्न भएपछि गरिएको लोड परीक्षणमा ३० टनसम्म भारवहन क्षमता पुष्टि भएको थियो तर सञ्चालनमा आएको केही महिना नबित्दै नियमविपरीत सवारी सञ्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement