Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बझाङको बुंगलमा अटो दुर्घटना, तीन जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बझाङको बुंगलमा अटो दुर्घटना, तीन जनाको मृत्यु
Photo / Coverage: पर्दाफास

बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक उपेन्द्र तिमिल्शेनाले बताए । दुर्घटनामा परी बुंगल नगरपालिका–१० निवासी करिब ३५÷४० वर्षीया राजमति महरा, १५÷१६ वर्षीया तारा महरा र ५÷६ वर्षीया डल्ली महराको मृत्यु भएको प्रहरी ले जानकारी दियको छ । घटनामा एक को खाजि भई रहेको वताए को छ । अटोमा चालकसहित ४ जना सवार रहेक थिय । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टा पैदल दूरीमा रहेको जनाइएको छ। बालकको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?
OthersJust now

धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता ...

पर्दाफास
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा
OthersJust now

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

३० कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् । सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक… ...

अनलाइन खबर
शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली
OthersJust now

शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली

३० कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् । समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन् ।… ...

अनलाइन खबर
के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?
OthersJust now

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play