Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

Share:WhatsAppFacebookX (Twitter)Telegram
बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात
Photo / Coverage: टक्सार

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । उनकाअनुसार महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले रु. ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो। महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिंचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिंचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिंचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताए। “यी चार ठूला आयोजनाले मात्र रु. १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो,” उनले भने । विभागकाअनुसार प्रगन्ना-बड्कापथ (दाङ) ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिंचाइ आयोजना र सिंचाइ संस्थागत विकास कार्यक्रमले शत प्रतिशत लक्ष्य पूरा गरेका छन् । “तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ,” महानिर्देशक रजौरियाले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते
Latest NewsJust now

सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४७ जना घाइते भएका प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर झापा, उदयपुर, सुनसरी, रौतहट, चितवन, कास्की, कपिलवस्तु, दाङ, रुपन्देही, बझाङ, कञ्चनपुर र बैतडीमा गरेर १४ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १० जना घाइते... ...

नेपालखबर
आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन
Latest NewsJust now

आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुँदै सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन्। आईक्याप एसियाका वि... ...

नेपालखबर
लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान
Latest NewsJust now

लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान

प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १९ गते। चारैतिर अग्ला पहाड, टाढा देखिने हिमशृङ्खला, बिचमा फैलिएको फराकिलो फाँट र सुन्दर ग्रामीण बस्ती। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुम्लाको तातोप... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play