Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बक्स अफिसमा ‘कबड्डी ५’को दबदबा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्स अफिसमा ‘कबड्डी ५’को दबदबा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । यस पालीको बडादशैँको अवसरमा प्रदर्शनमा आएका चार नेपाली चलचित्रमध्ये ‘कबड्डी ५’ले बक्स अफिसमा बलियो पकड जमाएको छ । प्रदर्शनको दश दिनमै फिल्मले साढे १० करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गर्दै दशैँका चलचित्रलाई उछिनेको छ । यससँगै ‘कबड्डी ५’ यसवर्ष सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले कात्तिक १५ गतेसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा चलचित्रका तीन लाख ४६ हजार ४२७ वटा टिकट बिक्री भएका छन् । ‘कबड्डी ५’ले यसअघि दोस्रो स्थानमा रहेको ‘पेन्सन पट्टा’लाई समेत पछि पारेको छ । ‘पेन्सन पट्टा’ले आइतबारसम्म १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस व्यापार गरेको छ । संयोग के छ भने यी दुवै चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । दयाहाङ अभिनीत दुई चलचित्रले नै यस वर्षको बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरेका छन् । दशैँमा प्रदर्शनमा आएका चलचित्रमध्ये ‘कबड्डी ५’पछि ‘आ बाट आमा २’ दोस्रो स्थानमा छ । चलचित्रले आइतबारसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस व्यापार गरेको छ । यसका दुई लाख १३ हजार १९४ वटा टिकट बिक्री भएका छन् । त्यस्तै, ‘छ माया छपक्कै २’ले तीन करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस कमाइ गर्दै तेस्रो स्थान हासिल गरेको छ । विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ २’ भने अपेक्षाकृत कमजोर देखिएको छ । यस चलचित्रले ७४ हजार ८०३ वटा टिकट बिक्रीबाट दुई करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो भागले घरेलु बक्स अफिसमा झण्डै २० करोड रुपैयाँ कमाएको ‘१२ गाउँ’को सिक्वेलको व्यापार भने निराशाजनक देखिएको छ । उपलब्ध तथ्यांकका आधारमा यसलाई यस वर्षका कमजोर व्यापार गर्ने चलचित्रमध्ये एकका रूपमा हेरिएको छ । यसैबीच, चलचित्र विकास बोर्डले ‘गौँथली’ र ‘बाः एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौँथली’ले २६ करोड सात लाख ४६ हजार १८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रका नौ लाख ४६ हजार ८३४ वटा टिकट बिक्री भएका छन् । योसँगै ‘गौँथली’ यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ । त्यस्तै, चलचित्र ‘बाः एक योद्धा’ले तीन करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको विवरणमा उल्लेख छ । समग्रमा यस वर्षको नेपाली बक्स अफिसमा ‘गौँथली’को अग्रता कायम रहँदा ‘कबड्डी ५’ले पनि छोटो समयमै उल्लेख्य व्यापार गर्दै आफ्नो स्थान बलियो बनाएको छ । दसैँमा प्रदर्शनमा आएका चलचित्रमध्ये ‘कबड्ढी ५’को व्यापारिक सफलताले नेपाली चलचित्र बजारमा दर्शकको आकर्षण र स्टार कलाकारको प्रभावलाई पुनः चर्चामा ल्याएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै
Latest NewsJust now

अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै

काठमाडौं । मानव समुदाय र प्रकृतिबीचको सहअस्तित्व तथा सन्तुलित सम्बन्धको महत्त्व उजागर गर्ने उद्देश्यले आज नोभेम्बर ३ मा अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ‘मानव तथा जैवमण्डल कार्यक्रम’ अन्तर्गत घोषणा गरिएका जैवमण्डल आरक्षको महत्त्वबारे जनचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । यी क्षेत्रलाई दिगो विकास, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव सामना ...

कर्पोरट खबर
काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’मा ६४० जना पक्राउ
Latest NewsJust now

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’मा ६४० जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा ...

केन्द्रबिन्दु
कस्तो होला आजको मौसम ?
Latest NewsJust now

कस्तो होला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईको भू-भागमा मौसम मूख्यतया सफा रहने र देशका ...

कर्पोरट खबर
देशमा पश्चिमी वायुका साथै न्यून चापीय क्षेत्रको आंशिक प्रभाव : यस्तो रहनेछ आजको मौसम
Latest NewsJust now

देशमा पश्चिमी वायुका साथै न्यून चापीय क्षेत्रको आंशिक प्रभाव : यस्तो रहनेछ आजको मौसम

उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play