Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा भने असर नपर्ने मौसमविद्को भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा भने असर नपर्ने मौसमविद्को भनाइ
Photo / Coverage: पर्दाफास

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । उनले बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भए पनि त्यसले नेपालमा असर नगर्ने बताए । हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको उनले जानकारी दिए । विभागले प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशाबारे निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । ‘बङ्गालको खाडीमा जुन न्युन चापीय क्षेत्र छ, त्यो गहिरो न्युनचापीय क्षेत्रमा परिणत भएको जस्तो देखिन्छ । यसले बिस्तारै चक्रवातको अवस्था लिने जस्तो देखिन्छ । तथापि यो चक्रवात बने पनि यसले नेपालमा प्रभाव पार्ने जस्तो देखिँदैन । यसले नेपालमा मौसमको फेरबदल बनाउने, वर्षाको गतिविधि बढाउने जस्तो देखिँदैन,’ ढकालले भने । प्रणालीको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पर्ने अवस्था देखिए विभागले आवश्यक जानकारी गराउने उनले बताए । ‘यो प्रणालीको नेपाल मौसम विज्ञान विभागले यसको अवलोकन गरिरहेको छ । यसले कसरी चाहीँ ट्रयाक लिन्छ ? यो कता जान्छ भन्ने किसिमको विश्लेषण भईरहेको छ । यदि फेरबदल आउने भयो भने चाहिँ हामी जानकारी गराउने छौँ । अहिलेसम्मको प्रक्षेपण अनुसार यसले खासै नेपालको मौसममा प्रभाव पार्ने जस्तो देखिँदैन,’ उनले भने । यसैबीच, आइतबार मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् ढकालले बताए । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षा र हिमपात हुनसक्ने भए पनि भारी वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । त्यस्तै, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुनसक्ने विभागको अनुमान छ । आइतबार बेलुकादेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमशः घट्ने उनले जानकारी दिए । आगामी दुई दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उनले बताए । मौसमविद् ढकालले धान काट्ने समय चलिरहेकाले मौसमको पूर्वानुमानमा ध्यान दिन किसानलाई सुझाव दिएका छन् । आइतबार दिउँसोतिर हुने वर्षाले काटेर राखिएको धानमा असर पार्न सक्ने भए पनि खेतमै रहेको नकाटिएको धानबालीमा भने असर नपार्ने उनले बताए । कृषि तथा अन्य व्यावसायिक गतिविधिको कार्यतालिका बनाउनुअघि आगामी दिनको मौसमबारे जानकारी लिनु उपयुक्त हुने उनको सुझाव छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घरायसी काम र हेरचाहबाटै ५ वर्षमा डेढ लाखलाई रोजगारी दिने सरकारको योजना, कसरी पाइन्छ अवसर ?
OthersJust now

घरायसी काम र हेरचाहबाटै ५ वर्षमा डेढ लाखलाई रोजगारी दिने सरकारको योजना, कसरी पाइन्छ अवसर ?

सरकारले आगामी पाँच वर्षमा हेरचाह र घरेलु कामबाटै डेढ लाख रोजगारी सिर्जना गर्ने भएको छ । हेरचाह तथा घरेलु कामलाई सरकारले रोजगारीको नयाँ क्षेत्रका रूपमा विकास गर्दै बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीको हेरचाहदेखि घरायसी कामसम्मलाई औपचारिक श्रम बजारमा जोड्दै आगामी पाँच वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने योजना बनाएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले ...

पर्दाफास
बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी–सुस्ता ?
OthersJust now

बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी–सुस्ता ?

इतिहासदेखि नै नेपाल–भारत सम्बन्धमा उतारचढाव ल्याउने कालापानी–सुस्ता एजेन्डामा प्रधानमन्त्री बालेन शाहको आसन्न दिल्ली भ्रमण क्रममा प्रगति होला ? ...

अनलाइन खबर
छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
OthersJust now

छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन् । छठका लागि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयलाई आकर्षक रूपमा सजाइएको छ । घाटहरूमा पूजाका सामग्री, फलफूल र घरमै तयार पारिएका परिकारसहित व्रतालु तथा श्रद्धालुको चहलपहल बढेको छ । मैथिली संस्कृति र परम्परासँग गहिरो सम्बन्ध रहेको छठ पर्वलाई श्रद्धा, आस्था र शुद्धताको पर्वका रूपमा मनाउने ...

पर्दाफास
चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ
OthersJust now

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

२९ कात्तिक, काठमाडौं । चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही गाउँपालिका–३ का समीर तामाङ रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play