Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बंगलादेशमा फेरि हिंसा भड्कियो, युनुसको पुर्ख्यौली घरमा आगजनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगलादेशमा फेरि हिंसा भड्कियो, युनुसको पुर्ख्यौली घरमा आगजनी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ३ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरूले आह्वान गरेको देशव्यापी बन्दका क्रममा हिंसात्मक घटना भएका छन् । प्रदर्शनकारीले पूर्वअन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसको पुर्ख्यौली घरमा समेत आगजनी गरेका छन् । बिहीबार देशका विभिन्न क्षेत्रमा बन्दको प्रभाव देखिएको छ । पछिल्लो १० दिनयता जारी प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँ घरेलु बम विस्फोट र सवारीसाधनमा आगजनी भएको प्रहरीले जनाएको छ । घटनामा प्रहरी अधिकारी र सर्वसाधारण घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार राति चट्टोग्राममा रहेको युनुसको पुर्ख्यौली घरमा आगजनी गरिएको हो । प्रयोगमा नरहेको घरको भुइँतलाको एउटा कोठामा ज्वलनशील पदार्थ फ्याँकिएको आशंका गरिएको छ । घरको माथिल्लो तलामा बस्दै आएका युनुसका परिवारका सदस्यहरू भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । हसिनाको पार्टी अवामी लिगले डिसेम्बरमा उहाँको प्रस्तावित स्वदेश फिर्तीका लागि समर्थन जुटाउन एक सातासम्म प्रदर्शन र र्‍याली आयोजना गरेको थियो । त्यसैको अन्तिम दिन बिहीबार देशव्यापी बन्द आह्वान गरिएको हो । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता छाडेर भारतमा निर्वासनमा बस्दै आएकी हसिनाले स्वदेश फर्कन सहज बनाउन नयाँ राहदानी र परिचयपत्रका लागि अनुरोध गर्नुभएको थियो । तर सरकारले उहाँको अनुरोध अस्वीकार गरेपछि समर्थकहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । हिंसा नियन्त्रणका लागि बंगलादेश सीमा सुरक्षा बलका ९७ प्लाटुन सात जिल्लामा परिचालन गरिएको छ । हसिनाका समर्थकहरूको उल्लेख्य उपस्थिति रहेका गोपालगन्ज र फरीदपुरसहितका जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रदर्शनकै क्रममा मंगलबार राति बीएनपीका एक कार्यकर्ताको हत्या भएको थियो । त्यस्तै, सांस्कृतिक मामिलामन्त्री निताई रोय चौधरीको निवासबाहिर बम विस्फोट भएको र गोपालगन्जमा बीएनपीका एक सांसदको घर तथा पार्टी समर्थकका पसलमा आगजनी गरिएको प्रहरीले जनाएको छ । बुधबार दक्षिणी जिल्ला पिरोजपुरमा दुईवटा बसमा आगजनी हुँदा बस कम्पनीका एक कर्मचारीको जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यसैबीच, प्रहरीले बिहीबार पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदलाई ढाकास्थित निवासबाट नियन्त्रणमा लिएको छ । सन् २०२४ को प्रदर्शनका क्रममा भएका हत्यासम्बन्धी अभियोग उनीमाथि लागेको प्रहरीले जनाएको छ । युनुसले स्थापना गर्नुभएको ग्रामीण बैंकका कम्तीमा ३७ शाखा तथा कार्यालयमा नोभेम्बर १० यता आगजनी वा आगजनीको प्रयास भएको बैंकले जनाएको छ । मंगलबार मध्यरातयता मात्रै थप १४ कार्यालयमा आक्रमण भएको बैंकको भनाइ छ । हसिनाविरुद्ध सन् २०२४ को आन्दोलन दबाउन घातक दमनको आदेश दिएको अभियोगमा स्थानीय अदालतले मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको छ । बंगलादेश सरकारले हिंसामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चोरीको अभियोगमा ३० वर्षीय युवक पक्राउ
Latest NewsJust now

चोरीको अभियोगमा ३० वर्षीय युवक पक्राउ

डेढ तोलाको सिक्री चोरी गरेको अभियोगमा फुङ्लिङका प्रेम दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए । ...

कान्तिपुर
कोसीका मुख्यमन्त्री हटाउन ओलीसमक्ष नेताहरूको ‘लबिइङ’
Latest NewsJust now

कोसीका मुख्यमन्त्री हटाउन ओलीसमक्ष नेताहरूको ‘लबिइङ’

नेकपा एमालेको एउटा समूहले मुख्यमन्त्री फेर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि त्यसले फेरि कोसी प्रदेशमा सत्ता हेरफेरको चर्चा सुरु भएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन ओली निकटका नेताहरूले दबाब दिएका हुन्। एमालेको राष्ट्रिय भेलाको अवसर पारेर पार्टीका सचिव एवम् कोसी प्रदेश इन्चार्ज शेरधन राईको नेतृत्वमा प्रदेश अध्यक्ष घनश्याम ... ...

नेपालखबर
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Latest NewsJust now

चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ५३ रन बनाए भने विनोद भण्डारीले २३ रन, दिपेन्द्र सिंह ऐरीले १५ र इशान ...

कर्पोरट खबर
एमालेको वडा र पालिका अधिवेशनमा सर्वसम्मत नभए निर्वाचन
PoliticsJust now

एमालेको वडा र पालिका अधिवेशनमा सर्वसम्मत नभए निर्वाचन

पालिका अधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय सदस्यहरूलाई मातहत कमिटीमा जिम्मेवारी तोकिएको जानकारी दिए। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play