Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख युनुसको पुर्ख्यौली घरमा आ*गजनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख युनुसको पुर्ख्यौली घरमा आ*गजनी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी भएको छ । बुधबार राति चट्टोग्रामको पाँचलाइश क्षेत्रमा रहेको उनको घरको भुइँतलाको एउटा कोठामा आगो लगाइएको हो । प्रहरी गस्तीमा रहेका बेला घरको भुइँतलामा आगो लागेको देखेपछि तत्काल घटनास्थल पुगेर आगो निभाइएको डेली स्टार बंगलादेशले उल्लेख गरेको छ । लामो समयदेखि प्रयोगमा नरहेको उक्त कोठामा पुराना फर्निचर र सामान राखिएको बताइएको छ । घरको दोस्रो र तेस्रो तलामा युनुसका दुई भाइका परिवार बस्दै आएका छन्। घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन । प्रहरीले आगजनीमा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान थालेको र घटनापछि घर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । यो घटना बंगलादेशमा पछिल्लो समय बढिरहेको हिंसात्मक गतिविधिबीच भएको हो। युनुसले स्थापना गरेको ग्रामीण बैंकका चट्टोग्रामका अनवारा र सतकानिया क्षेत्रमा रहेका दुई शाखामा पनि केही दिनअघि आगजनी भएको थियो । देशका अन्य स्थानमा रहेका ग्रामीण बैंकका कार्यालयसमेत आगजनीको निशानामा परेको खबर सार्वजनिक भएका छन् । ग्रामीण बैंकका अनुसार नोभेम्बर १० यता देशभर कम्तीमा ३७ शाखा तथा कार्यालयमा आगजनी वा आगजनीको प्रयास भएको छ । यसैबीच, पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगले बिहीबार देशव्यापी बन्दको आह्वान गरेको छ । भारतमा निर्वासनमा रहेकी हसिनालाई स्वदेश फर्कन आवश्यक कागजात उपलब्ध नगराइएको विरोधमा बन्द आह्वान गरिएको हो । बन्दको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रमा बम विस्फोट, सवारीसाधनमा आगजनी र तोडफोडका घटना भएका छन् । युनुसको घरमा भएको आगजनीको विषय संयुक्त राष्ट्रसंघको मुख्यालयमा समेत उठाइएको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले बंगलादेशमा भएका सबै हिंसात्मक घटनाको राष्ट्रिय अधिकारीहरूले निष्पक्ष र गम्भीर अनुसन्धान गर्नुपर्ने बताएका थिए । उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार भए पनि प्रदर्शन शान्तिपूर्ण नै रहनुपर्नेमा जोड दिएका थिए । The post बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख युनुसको पुर्ख्यौली घरमा आ*गजनी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’
Latest NewsJust now

१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’

बागलुङ । बागलुङ नगरपालिका–२ मा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष... ...

रातोपाटी
एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने
Latest NewsJust now

एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेताहरू विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बताएका छन् । दुई दिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै अध्यक्ष... ...

रातोपाटी
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
Latest NewsJust now

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । प्राधिकरणले तोकिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play