Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि
Photo / Coverage: टेक्नोलोजी खबर

फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ। आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ। गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब छ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो। यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० सुपरमार्केट प्रभावित भएका थिए। पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो भने इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौँ लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ। फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईले ‘शाहिद काभेह’ समूहलाई आक्रमणको जिम्मेवार ठहर गरेको छ। पेरिसका अभियोजकहरूले सङ्गठित साइबर अपराधसम्बन्धी औपचारिक अनुसन्धान सुरु गरेका छन्। आक्रमणकारीले इरानमा रहेका उपकरण, फारसी भाषा र इरानसँग सम्बन्धित इन्टरनेट ठेगाना प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ। विदेशमन्त्री जीन–नोएल बारोटले इरानी राजदूतलाई बोलाएर घटनाप्रति कडा विरोध जनाइएको बताए। उनले आक्रमणले फ्रान्सको राष्ट्रिय हित र नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्दै संलग्न व्यक्तिहरूमाथि प्रतिबन्ध लगाइने स्पष्ट पारे। अभियोजक लोरा बेकुआउका अनुसार आक्रमणकारी समूहका नेता, उनका दुई सहयोगी र अन्य सम्भावित संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गराउने तयारी छ। यसैबीच, गत साता फ्रान्सका केही रक्त सञ्चय केन्द्रमा तापक्रम बढाउने उद्देश्यले गरिएको अर्को साइबर आक्रमण रगतका उत्पादनमा क्षति पुग्नुअघि नै विफल भएको थियो । स्विडेन, बेल्जियम, लक्जमबर्ग, आयरल्यान्ड र इस्टोनियाका सुपरमार्केटमा पनि साइबर आक्रमणको आशङ्कामा फ्रिज तथा फ्रिजरमा समस्या देखिएको थियो। एएनएसएसआईले सन् २०२० यता फ्रान्सविरुद्ध भएका अन्य साइबर आक्रमणमा पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद सुओस्तारी’ समूहको संलग्नता रहेको जनाएको छ। तीमध्ये सन् २०२३ मा व्यङ्ग्यात्मक पत्रिका ‘चार्ली हेब्दो’ र सन् २०२४ मा पेरिस ओलम्पिकको आयोजनालाई लक्षित गरिएका आक्रमणसमेत छन् । रासस/एपी The post फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओपनएआईको सुरक्षा कमजोरीपछि अस्ट्रेलियाले एआईसम्बन्धी घटना अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने
TechnologyJust now

ओपनएआईको सुरक्षा कमजोरीपछि अस्ट्रेलियाले एआईसम्बन्धी घटना अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने

अस्ट्रेलियाले कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनीहरूलाई सुरक्षा उल्लंघनका घटनाबारे अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गर्ने भएको छ। साथै, गम्भीर दुराचारका घटनालाई सम्बोधन गर्न फौजदारी कानुनमा परिवर्तन गर्ने विषयमा पनि विचार गरिने प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार बताएका छन्। ओपनएआईको एउटा एआई एजेन्टले सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि सरकारले यस्तो निर्णय गरेको हो। अस्ट्रेलियाको सार्वभौमिक स्वास्थ्य बिमा कार्यक्रम मेडिकेयरको चिकित्सा तथ्यांक पोर्टलमा ओपनएआईको एजेन्टले अनधिकृत ...

टेक्नोलोजी खबर
एपको सुरक्षा कमजोरीका कारण होटल क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक
Technology29m ago

एपको सुरक्षा कमजोरीका कारण होटल क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक

होटल तथा रिसोर्ट क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामले साइबर सुरक्षा घटना भएको स्वीकार गरेको छ। एक सुरक्षा अनुसन्धानकर्ताले कम्पनीको एपमा रहेको कमजोरी पत्ता लगाएपछि ग्राहकहरूको व्यक्तिगत विवरणमा जोकोहीले पहुँच पाउन सक्ने अवस्था रहेको खुलेको हो। ‘ह्वाट सेक्युरिटी’ का सुरक्षा अनुसन्धानकर्ता रोबर्ट विगिन्सले टेकक्रन्चलाई विशेष जानकारी दिँदै वाइन्डह्यामको एन्ड्रोइड एपको स्रोत कोडभित्र एउटा पासवर्ड फेला पारेको बताए। उक्त पासवर्ड प्रयोग गरेर प्रविधि कम्पनी ...

टेक्नोलोजी खबर
क्यालिफोर्नियामा प्रस्तावित ‘अर्बपतिमाथिको कर’ पारित हुन सकेन
Technology2h ago

क्यालिफोर्नियामा प्रस्तावित ‘अर्बपतिमाथिको कर’ पारित हुन सकेन

अमेरिकाको क्यालिफोर्निया राज्यका मतदाताले अर्बपतिहरूमाथि एकपटक लगाउने प्रस्तावित करसम्बन्धी प्रस्ताव नम्बर ४० अस्वीकार गरेका छन्। एसोसिएटेड प्रेस (एपी) ले सोमबार दिएको समाचारअनुसार, महँगो चुनावी अभियानपछि उक्त प्रस्ताव पारित हुन सकेन। यस अभियानमा श्रमिक युनियनहरू र प्रविधि क्षेत्रका केही धनी व्यक्तिहरू आमनेसामने भएका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले पनि उक्त प्रस्तावको विरोध गरेका थिए। अमेरिकाको मुख्य भूभागभित्र सिलिकन भ्यालीबाट सबैभन्दा टाढा पुग्न ...

टेक्नोलोजी खबर
एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
Technology4h ago

एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

कृत्रिम बुद्धिमताको प्रयोग गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली पहिचान बनाएर करिब १२ करोड ९० लाख अमेरिकी डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी र गम्भीर पहिचान चोरीको अभियोग लगाइएको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन्। अमेरिकाको न्युयोर्कस्थित जिल्ला अदालतमा दायर अभियोगपत्रअनुसार १८ महिनाभन्दा बढी समयसम्म ४१ वर्षीय ज्याकोब सोअल, ५४ वर्षीया सारोन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play