Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल गरेर मात्र जारी गर्न आग्रह गरेको छ । नेपाल सरकारद्वारा प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सन्दर्भमा महासङ्घ केन्द्रीय कार्यसमितिको आज यहाँ सम्पन्न बैठकले सरोकारवाला भएका पक्षसँग छलफल गरेर मात्र अध्यादेश जारी गर्न आग्रह गरेको हो । बैठकपछि महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा काउसिन्सल ऐनसम्बन्धी अध्यादेश सिफारिससहित गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई हटाइएको, श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा चाडबाड खर्चसमेत नदिनेलगायतका घटनाक्रम श्रम अधिकारको उल्लङ्घन भएको उल्लेख छ । यस्तै लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम कटौतीका सन्दर्भमा छलफल हुँदा प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम गर्न, वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल (पापड)लाई सक्रिय गराई चरणबद्ध आन्दोलन गर्न पनि महासङ्घले छलफल गरेको जनाइएको छ । रासस The post प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
TechnologyJust now

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जाने भएका छन्। आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार ...

टेक्नोलोजी खबर
प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
TechnologyJust now

प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका पदाधिकारी तथा मातहतका निकायहरूलाई नागरिकलाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. तिमिल्सिनाले कर्मचारीहरूलाई संस्थाको जिम्मेवारी र कार्यादेश अनुरूप नतिजामूलक कार्यसम्पादनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। “नियमितरूपमा गरिने ...

टेक्नोलोजी खबर
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
TechnologyJust now

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

२० कात्तिक, काठमाडौं। विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई-टेक करिअर्स: क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ […] The post एआई र ...

आइसिटी फ्रेम
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
TechnologyJust now

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जानुहुने भएको छ ।आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारी समेत सहभागी हुने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play