Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रेमले बदलिएको राजगद्दी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेमले बदलिएको राजगद्दी
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम। राजमुकुटको भार बोकेको राजाको मन पनि प्रेममा परेपछि बदलिन सक्छ। सत्ता, परम्परा र उत्तराधिकारका कठोर नियमबीच एउटा प्रेम सम्बन्धले राजदरबारको स्थापित मान्यतालाई नै चुनौती दिन सक्छ। नेपालको इतिहासमा राजा रणबहादुर शाह र मिथिलाकी ब्राह्मण महिला कान्तीवतीबीचको विवाह यस्तै एउटा प्रसंग हो। तत्कालीन समाजमा विधवा ब्राह्मण महिलाले पुनर्विवाह गर्नु अस्वीकार्य मानिन्थ्यो। त्यसमाथि क्षेत्री राजा र ब्राह्मण महिलाबीचको विवाहले जातीय तथा धार्मिक मान्यतामाथि प्रश्न उठाएको थियो। तर राजा रणबहादुर शाहले यी सामाजिक मान्यतालाई बेवास्ता गर्दै कान्तीवतीसँग विवाह गरे। अझ, उनीबाट जन्मिएको सन्तानलाई राजगद्दीको उत्तराधिकारी बनाउने निर्णयले दरबारभित्रको उत्तराधिकारको परम्परासमेत बदलियो। इतिहासकार बाबुराम आचार्यले ‘नेपालको संक्षिप्त वृत्तान्त’मा उनको नाम कान्तवती उल्लेख गरेका छन्। अन्यले भने कान्तीवती लेखेका छन्। यो सम्बन्ध केवल प्रेम र विवाहमा सीमित रहेन। कान्तीवतीको मृत्युपछि राजाको व्यवहार, मठमन्दिरप्रतिको आक्रोश र वैद्यहरूमाथिको कारबाहीले यस प्रसंगलाई नेपालको इतिहासको एउटा असाधारण घटनाका रूपमा स्थापित गरेको छ। बिन्धीमा जन्मिएकी कान्तीवती जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित बसपार्कबाट केही पर पुगेपछि बिन्धी गाउँ पुगिन्छ। यही गाउँमा जन्मिएकी थिइन् कान्तीवती। अहिले जनकपुरधाम उपमहानगरपालिकामा समेटिएको यो क्षेत्र पहिले महोत्तरी जिल्लामा पर्दथ्यो। पछि धनुषा जिल्ला बनेपछि बिन्धी गाउँ पञ्चायत र गाउँ विकास समितिका रूपमा रहेको थियो। इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक ‘नेपालको संक्षिप्त वृत्तान्त’मा उनको नाम कान्तवती उल्लेख गरेका छन्। अन्य इतिहासकारले भने कान्तीवती लेखेका छन्। उनको थरका विषयमा पनि एकरूपता छैन। कतिपयले मिश्र र कतिपयले झा उल्लेख गरेका छन्। स्थानीय विवरणअनुसार बिन्धी गाउँमा मिश्र थरका ब्राह्मणको घर नरहेकाले उनी झा थरकी रहेको बताइन्छ। त्यस समय विधवा महिलाले पुनर्विवाह गर्नु सामाजिक र धार्मिक मान्यताविपरीत मानिन्थ्यो। विशेषगरी ब्राह्मण समुदायमा यो मान्यता निकै कठोर थियो। कान्तीवतीको व्यक्तिगत जीवनका धेरै पक्ष इतिहासमा स्पष्ट छैनन्। उनको पहिलो विवाह कहाँ भएको थियो, उनका बाबुको नाम के थियो र माइती परिवारमा को–को थिए भन्ने विवरण उपलब्ध छैन। विवाह भएको केही समयमै श्रीमानको निधन भएपछि उनी विधवा भएकी थिइन्। त्यस समय विधवा महिलाले पुनर्विवाह गर्नु सामाजिक र धार्मिक मान्यताविपरीत मानिन्थ्यो। विशेषगरी ब्राह्मण समुदायमा यो मान्यता निकै कठोर थियो। त्यसैले उनको पहिलो विवाह र पारिवारिक पृष्ठभूमिका विषयमा इतिहासकारहरूले पर्याप्त विवरण उल्लेख गरेका छैनन्। परिवारका सदस्यहरूबाट पनि यसबारे थप जानकारी प्राप्त हुन नसकेको बताइन्छ। कान्तीवतीको जन्मस्थान बिन्धी गाउँ। पशुपतिमा भेट, विवाहको प्रस्ताव श्रीमानको निधनपछि कान्तीवती धार्मिक कार्यमा बढी समय बिताउन थालेकी थिइन्। यही क्रममा उनी आफ्ना बाबुसँग पशुपतिनाथ दर्शन गर्न काठमाडौं पुगेकी थिइन्। पशुपतिनाथमा दर्शन गर्न पुगेका बेला राजा रणबहादुर शाहको नजर कान्तीवतीमाथि परेको र उनको सौन्दर्यबाट मोहित भएर राजाले विवाहको प्रस्ताव राखेको इतिहासकारहरूले उल्लेख गरेका छन्। तर कान्तीवती तत्काल विवाहका लागि तयार भइनन्। विधवा महिलाले अर्को विवाह गर्नु हुँदैन भन्ने तत्कालीन सामाजिक मान्यतामा उनी पनि बाँधिएकी थिइन्। इतिहासकार बाबुराम आचार्यले यस प्रसंगलाई आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। उनका अनुसार कान्तीवतीले आफू पतिव्रता विधवा ब्राह्मणी भएकाले पुनर्विवाह गर्नु अधर्म हुने भन्दै सुरुमा राजाको प्रस्ताव अस्वीकार गरेकी थिइन्। राजा रणबहादुर शाहको यसअघि नै दुई विवाह भइसकेको थियो। महारानी राजराजेश्वरी र सुवर्णप्रभाबाट राजाका सन्तानसमेत थिए। कान्तीवतीसँग विवाह गर्ने विषयमा दरबारभित्र पनि फरक–फरक धारणा थिए। करिब छ महिनासम्म उनले आफ्नो अडान कायम राखिन्। तर राजाको निरन्तर आग्रह र दरबारभित्रको परिस्थितिका बीच अन्ततः विवाहका लागि तयार भइन्। राजा रणबहादुर शाहको यसअघि नै दुई विवाह भइसकेको थियो। महारानी राजराजेश्वरी र सुवर्णप्रभाबाट राजाका सन्तानसमेत थिए। कान्तीवतीसँग विवाह गर्ने विषयमा दरबारभित्र पनि फरक–फरक धारणा थिए। सौता सम्बन्ध र उत्तराधिकारको राजनीति राजा रणबहादुर शाहकी जेठी महारानी राजराजेश्वरीबाट एउटी छोरी जन्मिएकी थिइन् भने सुवर्णप्रभाबाट दुई छोरा जन्मिएका थिए। सुवर्णप्रभातर्फका जेठा छोरा रणोद्द्योत शाह राजगद्दीका स्वाभाविक उत्तराधिकारी मानिन्थे। दरबारमा उत्तराधिकारीको विषयलाई लिएर दुई रानीबीच प्रतिस्पर्धा रहेको इतिहासकारहरूले उल्लेख गरेका छन्। यही परिस्थितिमा कान्तीवतीसँगको विवाहको प्रसंग अघि बढ्यो। राजाले उनको सर्त स्वीकार गरे। यसरी कान्तीवती राजा रणबहादुर शाहकी तेस्री पत्नी बनिन्। उनीहरूको विवाह गोरखामा सम्पन्न भएको थियो। केही ऐतिहासिक विवरणमा महारानी राजराजेश्वरीले समेत कान्तीवतीको पक्ष लिएको उल्लेख छ। सुवर्णप्रभाका छोरा राजगद्दीमा पुग्नुभन्दा कान्तीवतीबाट जन्मिने सन्तान राजा बनोस् भन्ने उनको चाहना रहेको बताइन्छ। यसले पनि कान्तीवतीसँग विवाह गर्ने राजाको निर्णयलाई सहज बनाएको देखिन्छ। विवाहका लागि तयार हुनुअघि कान्तीवतीले राजासमक्ष केही सर्त राखिन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण सर्त आफूबाट जन्मिने सन्तानलाई राजगद्दीको उत्तराधिकारी बनाइनुपर्ने थियो। राजाले उनको सर्त स्वीकार गरे। यसरी कान्तीवती राजा रणबहादुर शाहकी तेस्री पत्नी बनिन्। उनीहरूको विवाह गोरखामा सम्पन्न भएको थियो। कान्तीवतीको गाउँमा रहेको पुरानो सन्दुक। सामाजिक मान्यतामाथि चुनौती राजा र कान्तीवतीबीचको विवाह तत्कालीन समाजका लागि सहज रूपमा स्वीकार्य थिएन। क्षेत्री राजाले विधवा ब्राह्मण महिलासँग विवाह गर्नु नै प्रचलित जातीय र धार्मिक मान्यताविपरीत थियो। त्यसमाथि उनीहरूबाट जन्मिने सन्तानलाई राजगद्दीको उत्तराधिकारी बनाउने सहमतिले विरोधलाई थप चर्कायो। इतिहासकार चित्तरञ्जन नेपालीले आफ्नो पुस्तक ‘श्री ५ रणबहादुर शाह’मा यस विवाहलाई तत्कालीन कट्टरपन्थी समाजले असह्य मानेको उल्लेख गरेका छन्। उनका अनुसार राजाको यस कदमलाई केहीले पागलपन र अन्ध कामवासनाको परिणामका रूपमा प्रचार गरेका थिए। रणबहादुर शाहको यस निर्णयले उनलाई तत्कालीन समाजमा विवादित बनायो। पछिसम्म पनि उनको नामसँग पागलपनको प्रसंग जोडिनुको एउटा कारण यही विवाह र त्यसपछिका घटनालाई मान्ने गरिएको छ। राजाको निर्णयको खुलेर विरोध गर्ने अवस्था नभए पनि दरबार र समाजका केही पक्ष असन्तुष्ट थिए। कतिपय ब्राह्मण ज्योतिषीले समेत राजा र रानीको सम्बन्ध लामो समय नटिक्ने तथा उनीहरूमध्ये एकको चाँडै मृत्यु हुने भविष्यवाणी गरेको विवरण इतिहासमा पाइन्छ। रणबहादुर शाहको यस निर्णयले उनलाई तत्कालीन समाजमा विवादित बनायो। पछिसम्म पनि उनको नामसँग पागलपनको प्रसंग जोडिनुको एउटा कारण यही विवाह र त्यसपछिका घटनालाई मान्ने गरिएको छ। डेढ वर्षमै गीर्वाणयुद्धलाई राजगद्दी कान्तीवती र रणबहादुर शाहको विवाहपछि उनीहरूबाट एक छोरा जन्मिए। वि.सं. १८५४ असोज १९ गते जन्मिएका राजकुमार गीर्वाणयुद्ध विक्रम शाहको आगमनले दरबारमा नयाँ उत्तराधिकारको प्रश्न खडा गर्‍यो। कान्तीवतीसँग विवाह गर्दा राजाले गरेको सर्तअनुसार उनका छोरा नै राजा बन्नुपर्ने थियो। तर सुवर्णप्रभातर्फका जेठा छोरा रणोद्द्योत शाहलाई उत्तराधिकारी बनाउने परम्परागत सम्भावना पनि कायम थियो। यसले दरबारभित्रको शक्ति सन्तुलनलाई थप जटिल बनाएको थियो। राजा रणबहादुर शाह आफ्नो जीवनकालमै गीर्वाणयुद्धलाई राजा बनाउन चाहन्थे। त्यसका लागि उनले दरबारभित्रका सम्भावित विरोधलाई कमजोर पार्ने रणनीति अपनाए। आफ्ना विरोधी काका बहादुर शाहको ससुराली राज्यसँग सम्बन्धित पाल्पाका राजाबाट गीर्वाणयुद्धलाई राजतिलक गराउनु रणबहादुरको राजनीतिक रणनीतिको एउटा महत्त्वपूर्ण पक्ष थियो। इतिहासकार चित्तरञ्जन नेपालीका विवरणअनुसार गीर्वाणयुद्धलाई राजगद्दीमा स्थापित गर्ने क्रममा रणबहादुर शाहले पाल्पाका राजा पृथ्वीपाल सेनलाई काठमाडौं बोलाए। पाल्पा तत्कालीन शक्तिशाली राज्यहरूमध्ये एक थियो। आफ्ना विरोधी काका बहादुर शाहको ससुराली राज्यसँग सम्बन्धित पाल्पाका राजाबाट गीर्वाणयुद्धलाई राजतिलक गराउनु रणबहादुरको राजनीतिक रणनीतिको एउटा महत्त्वपूर्ण पक्ष थियो। राजकुमारको अन्नप्राशन सम्पन्न भएपछि उनलाई युवराज घोषणा गरिएको थियो। त्यसपछि करिब डेढ वर्षको उमेरमै गीर्वाणयुद्धलाई राजा बनाउने निर्णय भयो। पाल्पाका राजा पृथ्वीपाल सेनको हातबाट उनलाई राजतिलक गराइयो। यससँगै रणबहादुर शाहले दरबारका भारदारलाई गीर्वाणयुद्धलाई राजा स्वीकार गर्ने धर्मभाकल गराए। काठमाडौंमा उपस्थित भारदारहरूबाट गीर्वाणयुद्ध विक्रम शाहलाई राजा मान्ने र रणबहादुर शाहले गराएको निर्णयअनुसार चल्ने प्रतिबद्धता जनाउन लगाइएको थियो। यसका लागि ताम्रपत्रसमेत तयार पारिएको इतिहासकार नेपालीले उल्लेख गरेका छन्। यसरी परम्पराअनुसार जेठो छोरा राजा बन्ने सम्भावनालाई पन्छाउँदै कान्तीवतीका छोरा गीर्वाणयुद्ध विक्रम शाह राजगद्दीमा पुगे। यो निर्णयमा कान्तीवतीसँग विवाह गर्दा राजाले गरेको वचन र दरबारभित्रको उत्तराधिकारको राजनीति दुवै जोडिएका थिए। कान्तीवतीको मृत्यु र राजाको आक्रोश गीर्वाणयुद्धको जन्म र राज्यारोहणपछि केही समयसम्म राजा रणबहादुर शाहको जीवन सुखमय रहेको इतिहासकारहरूले उल्लेख गरेका छन्। तर कान्तीवती बिरामी पर्न थालेपछि राजदरबारको वातावरण बदलियो। कान्तीवतीमा क्षयरोगका लक्षण देखिन थालेका थिए। उनी लामो समयसम्म बिरामी परेपछि राजा चिन्तित बने। रानीलाई निको पार्न पण्डित, पुजारी र वैद्यले दिएका सुझावअनुसार पूजा, भाकल र उपचारका उपाय अपनाइए। रानीलाई बचाउन आफूले विश्वास गरेका देवीदेवताको पूजा, भाकल र दानदक्षिणाबाट पनि कुनै परिणाम नआएपछि उनको धार्मिक आस्थामा आक्रोश पैदा भएको विवरण इतिहासमा पाइन्छ। रानीको उपचार र धार्मिक अनुष्ठानमा तत्कालीन समयमा ठूलो रकम खर्च भएको थियो। करिब एक लाख रुपैयाँ खर्च गर्दा पनि उनको स्वास्थ्यमा सुधार आएन। अन्ततः वि.सं. १८५६ कात्तिक शुक्ल चतुर्थीका दिन कान्तीवतीको निधन भयो। प्रिय रानीको मृत्युले राजा रणबहादुर शाहलाई गहिरो चोट पुर्‍यायो। रानीलाई बचाउन आफूले विश्वास गरेका देवीदेवताको पूजा, भाकल र दानदक्षिणाबाट पनि कुनै परिणाम नआएपछि उनको धार्मिक आस्थामा आक्रोश पैदा भएको विवरण इतिहासमा पाइन्छ। सती गएकी ज्ञानधारासम्बन्धी पत्र। त्यसपछि उनले काठमाडौंका विभिन्न मन्दिर र देवीदेवताका मूर्ति नष्ट गर्न लगाएको उल्लेख पाइन्छ। गुह्येश्वरीमा बाँस गाड्न लगाएको, तलेजुको मूर्तिलाई बाजागाजासहित करवीर मसानघाटमा पुर्‍याएर मुख्य पुजारीबाट दागबत्ती दिन लगाई जलाएको तथा हारतीमाईको मूर्ति टुक्राटुक्रा पारेको किंवदन्ती प्रचलित छ। रानीको उपचारमा संलग्न वैद्यहरूलाई समेत राजाको आक्रोश सहनुपरेको थियो। रानीलाई बचाउन नसकेको भन्दै उनीहरूलाई दण्डित गरिएको विवरण इतिहासमा उल्लेख छ। कान्तीवतीको जीवनका सुरुआती पक्ष अझै रहस्यमय छन्। उनको जन्मस्थान, पहिलो विवाह र पारिवारिक पृष्ठभूमिबारे पर्याप्त जानकारी भेटिँदैन। त्यस समय प्रचलित सती प्रथाअनुसार राजाको मृत्यु हुँदा रानी सती जानुपर्ने व्यवस्था थियो। रानीको मृत्यु हुँदा उनीसँगै दासीसमेत सती जानुपर्ने चलन थियो। कान्तीवतीको मृत्युपछि नरपति झाकी छोरी ज्ञानधरा सती गएको एउटा पत्रमा उल्लेख छ। यद्यपि यस घटनाबारे विस्तृत ऐतिहासिक विवरण उपलब्ध छैन। कान्तीवतीको जीवनका सुरुआती पक्ष अझै रहस्यमय छन्। उनको जन्मस्थान, पहिलो विवाह र पारिवारिक पृष्ठभूमिबारे पर्याप्त जानकारी भेटिँदैन। तर राजा रणबहादुर शाहसँगको विवाहले उनलाई नेपालको राजकीय इतिहासमा महत्त्वपूर्ण पात्र बनाएको छ। उनको जीवनसँग जोडिएको प्रेम, सामाजिक बन्धन, उत्तराधिकारको संघर्ष र असामयिक मृत्युले तत्कालीन नेपाली समाज तथा राजदरबारको एउटा जटिल चित्र प्रस्तुत गर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने
Latest NewsJust now

मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने

कृष्णबहादुर धामीदार्चुला, मङ्सिर ६ गते । दार्चुलाको महाकाली नगरपालिका –८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको प्रधानमन्त्री वालेन्द्र श... ...

गोरखापत्र
जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा
Latest NewsJust now

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

अन्ताल्या । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन हुने जोखिम बढेको छ। निर्धारित समयभन्दा ४० घण्टाभन्दा बढी बितिसक्दा पनि करिब २०० राष्ट्रबीच सम्झौता हुन सकेको छैन। सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धन त्याग्ने स्पष्ट प्रतिबद्धता समावेश नभएपछि युरोपेली सङ्घ (इयु) र जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु ...

केन्द्रबिन्दु
पशु ढुवानीमा चरम लापरबाही, मापदण्डको कार्यान्वयन खै ?
Latest NewsJust now

पशु ढुवानीमा चरम लापरबाही, मापदण्डको कार्यान्वयन खै ?

काठमाण्डु – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाण्डु ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिई क्षमताभन्दा बढी संख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो । नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्वीर तथा श्रव्यदृश्य संकलनका क्रममा विशेषगरी राँगाभैँसी, […] ...

काठमाण्डुपाटी
एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित
Latest NewsJust now

एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार २०२६ मा पहिलो जित दर्ता गरेको छ। आइतबार भएको समुह चरणको दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो। यूएईले दिएको १ सय २२ रनको मध्यम लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए। उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement