Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्राङ्गारिक खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्राङ्गारिक खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
Photo / Coverage: केन्द्रबिन्दु

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेती प्रवर्द्धनका लागि किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ । कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेती प्रणालीलाई विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रमबाट किसानले प्राङ्गारिक तथा जैविक मल खरिदमा ७५ प्रतिशत अनुदान पाउने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार प्राङ्गारिक खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्नुका साथै नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको गुणस्तरमा पार्न सक्ने असर न्यूनीकरण गर्दै खेती प्रणालीलाई दिगो बनाउन प्राङ्गारिक मलको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ । “किसानलाई प्राङ्गारिक तथा जैविक खेतीतर्फ आकर्षित गर्दै स्थानीयस्तरमा यसको विस्तार गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष बस्नेतले भने, “प्राङ्गारिक खेती गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्नुका साथै नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्न अनुदान कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” कार्यक्रमबाट व्यावसायिक रूपमा प्राङ्गारिक खेती गर्दै आएका तथा खेती विस्तार गर्न चाहने किसान, कृषि फार्म, समूह र सहकारी लाभान्वित हुने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र किसानलाई व्यावसायिक उत्पादनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा प्राङ्गारिक खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले मल खरिदमा अनुदान दिन लागिएको हो । अनुदान कार्यक्रमअन्तर्गत किसानले गाउँपालिकामा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । अनुदानमा मल खरिद गर्दा किसानले प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । उनका अनुसार प्राङ्गारिक मल प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्दै आएका किसानलाई कार्यक्रममा प्राथमिकता दिइनेछ । अनुदान वितरणलाई व्यवस्थित, पारदर्शी र लक्षित किसानसम्म पुर्‍याउन सूचीकृत उत्पादकबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । कार्यक्रममा सहभागी हुन इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले आवश्यक मलको प्रकार र परिमाण खुलाएर गाउँपालिकामा निवेदन पेस गर्नुपर्नेछ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार रासायनिक मलको प्रयोग घटाउने, माटोको उर्वराशक्ति संरक्षण गर्ने र वातावरणमैत्री कृषि प्रणालीको विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कृषि क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन किसानलाई प्राङ्गारिक तथा जैविक खेतीप्रति आकर्षित गर्नुपर्नेमा उनले जोड दिइन् । “कृषिलाई उत्पादन र आयआर्जनसँग जोड्न खेती गर्ने तरिकामा पनि सुधार आवश्यक छ,” उपाध्यक्ष राईले भनिन्, “प्राङ्गारिक मलको प्रयोग बढाएर कृषि उत्पादनलाई गुणस्तरीय बनाउनुका साथै वातावरणमैत्री खेती प्रणालीको विकास गर्ने हाम्रो लक्ष्य हो ।” गाउँपालिकाले कृषि क्षेत्रको विकाससँगै किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले माटोको उर्वराशक्ति जोगाउन र स्थानीय कृषि उत्पादनको पहिचान तथा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भेडापालकलाई चरिचरनको समस्या
Latest NewsJust now

भेडापालकलाई चरिचरनको समस्या

बाजुरा समाचारदाताबाजुरा, मङ्सिर ६ गते । बाजुराका भेडापालकलाई चरिचरनका लागि समस्या हुने गरेको छ । यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र बुढीनन्दालगायतका अधिकांश किसानले लामो... ...

गोरखापत्र
चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किन थाले पर्यटक
Latest NewsJust now

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किन थाले पर्यटक

यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी देखिएको हो। प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु) बाट १ हजार १८० पर्यटक ब... ...

नेपालखबर
ढुम्बा तालको सौन्दर्यले लोभ्यायो पर्यटक
Latest NewsJust now

ढुम्बा तालको सौन्दर्यले लोभ्यायो पर्यटक

मुस्ताङ, मङ्सिर ६ गते । ललितपुरका गौतम शाक्यलाई नीलगिरि हिमालको फेदीमा मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्ले गाउँमा रहेको ढुम्बा तालको प्राकृतिक सौन्दर्यले लोभ्याएको छ ।शाक्यसंगै भ्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play