Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नारायणीमा अड्किएको ‘राइनो क्रुज’ दुई महिनादेखि बेवारिसे (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणीमा अड्किएको ‘राइनो क्रुज’ दुई महिनादेखि बेवारिसे (तस्बिरहरू)
Photo / Coverage: हिमालय टाइम्स

चितवन । नेपालको पहिलो लक्जरी ‘राइनो क्रुज’ नारायणी नदीमा अड्किएको दुई महिना बितिसक्दा पनि निकाल्न सकिएको छैन । गत असोज ११ गते आएको बाढीले गैँडाकोटस्थित स्टेसनबाट बगाएर पुलको पहिलो पिल्लरमा पुर्‍याएको क्रुज अहिले भग्नावशेषको अवस्थामा छ । क्रुज निकाल्न प्रशासनले ८०/३५ टन क्षमताका दुईवटा क्रेन प्रयोग गरे पनि पिल्लरबाट करिब चार मिटर मात्रै सार्न सकिएको थियो । त्यसपछि उद्धारको काम रोकिएको छ । बाढीले क्रुजका पर्यटकीय रेस्टुरेन्ट, पाहुना बस्ने ठाउँ र प्राविधिक उपकरणहरू पूर्ण रूपमा क्षति पुर्‍याएको छ । पानीमा तैरिनुपर्ने प्रोपेलरसमेत अहिले नदीको सतहमा देखिन थालेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकदिनमै निकाल्ने भनेर दाबीसम्म गर्नुभएकाे थियाे । आफ्नो जिल्लाभन्दा बाहिरको विषयमा उहाँले त्यतिबेला निकै स्टन्ट गर्न भ्याउनुभयाे । तर, क्रुज दुई महिनादेखि त्यहीँ छ । क्रुजको प्रारम्भिक निरीक्षणमा पुलमा ठूलो खतरा नदेखिएको निष्कर्षपछि निकाल्ने प्रक्रिया सुस्ताउँदै गयो र चाडपर्वका लामा बिदाहरू सुरु भए । सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलका अनुसार मुख्य जलयानमा मात्रै करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ। क्रुजभित्रका होटल तथा भौतिक पूर्वाधारको बिमा भए पनि मुख्य जलयानको बिमा नभएकाले क्षतिपूर्ति पाउनसमेत समस्या देखिएको उहाँले बताउनुभयो । दसैँ–तिहारको बिदा तथा कानुनी मुचुल्का तयार पार्न समय लागेकाले क्रुज हटाउन ढिलाइ भएको सञ्चालक पक्षको भनाइ छ। अब साबिककै अवस्थामा निकाल्न सम्भव नभएकाले काटेर टुक्रा–टुक्रा पार्दै हटाउने तयारी भइरहेको अध्यक्ष ढुंगेलले जानकारी दिनुभयो। नारायणी पुलको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले कम्पनीलाई क्रुज तत्काल हटाउन निर्देशन दिएको थियो। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले प्रशासनले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो। कम्पनीले आफैँ काटेर हटाउने काम सुरु गर्ने जानकारी प्राप्त भएको उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनको कूटनीतिक परीक्षा
Latest NewsJust now

बालेनको कूटनीतिक परीक्षा

प्रधानमन्त्री बालेन्द्र शाहको २५ घण्टा ३५ मिनेटको भारत भ्रमण नेपालका यसअघिका परम्परागत औपचारिक कूटनीतिक भ्रमणभन्दा निकै महत्त्वपूर्ण छ। र्यापरबाट काठमाडौं महानगरपालिकाका मेयर र त्यसपछि ०८२ भदौ २३ र २४ को जेन-जी युवा विद्रोहपछिको निर्वाचनमार्फत शक्तिशाली प्रधानमन्त्री बनेका शाह परम्परागत राजनीतिक वृत्तभन्दा बाहिरबाट उदाएका लोकप्रिय नेता हुन्। उनको राजनीतिक शैलीले सबै घरेलु स्थापित अभ्यासलाई चुनौती दिँदै आएको छ। नयाँदिल्लीमा बालेनको भ्रमणप्रति चासो, कौतूहलता ...

नेपालन्युज
सलीसल्ला–खार्पु खण्ड कालोपत्रे हुने
Latest NewsJust now

सलीसल्ला–खार्पु खण्ड कालोपत्रे हुने

हुम्ला समाचारदाताहुम्ला, मङ्सिर ६ गते । कर्णाली कोरिडोरको हुम्ला खण्ड अन्तर्गत पर्ने सलीसल्ला–खार्पु खण्ड कालोपत्रे हुने भएको छ । ३९ किलोमिटर सो क्षेत्रको सडकलाई दुई खण्डमा विभाजन... ...

गोरखापत्र
देउसी खेलेको रकम खानेपानीको पूर्वाधारमा लगानी
Latest NewsJust now

देउसी खेलेको रकम खानेपानीको पूर्वाधारमा लगानी

समितिले देउसी भैलोबाट जुटेको रकमले खानेपानीका पाइप तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा र पानीको मुहान खरिद गर्दै आएको हो । ...

कान्तिपुर
फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा
Latest NewsJust now

फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दो घटनाक्रम । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play