Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ। कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरिएको हो। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कार्यालयमा रहेका विभिन्न जातका कुकुरलाई पूजा गरे। उनले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। गम्भीर प्रकृतिका घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उनले उच्च प्रशंसा गरे। प्रहरी नायब महानिरीक्षक रानाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट हराएका करिब २४ वटा शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको जानकारी दिए। नेपालमा स्थापनाकालदेखि केनाइन कार्यालयले अपराध अनुसन्धानमा ठूलो सफलता हासिल गरेको उनको भनाइ छ। कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको केनाइन कार्यालयले हाल देशभर १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए। उनका अनुसार हाल देशभर केनाइन केन्द्रमा १०७ कुकुर छन्। कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा. चेतनारायण ज्ञवालीले नेपाल प्रहरीको कार्य सम्पादनमा कुकुरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर, रनिङतर्फ उत्कृष्ट हुने कुकुरलाई पुरस्कार प्रदान गरिएको थियो। साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो। उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
Latest NewsJust now

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत... ...

रातोपाटी
चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला
Latest NewsJust now

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका... ...

रातोपाटी
इरानमाथि अमेरिकी नाकाबन्दी थप कसिलो, ओमानको खाडीमा पानीजहाजमाथि अमेरिकी आक्रमण
Latest NewsJust now

इरानमाथि अमेरिकी नाकाबन्दी थप कसिलो, ओमानको खाडीमा पानीजहाजमाथि अमेरिकी आक्रमण

काठमाण्डु- मध्यपूर्वमा जारी तनाव थप चर्किँदै जाँदा अमेरिकाले इरानमाथिको सैन्य तथा आर्थिक दबाब बढाएको छ। अमेरिकी सेनाले इरानको नौसैनिक नाकाबन्दी उल्लंघन गर्न खोजेको आरोपमा सेन्ट किट्सको झण्डा बोकेको व्यापारिक पानीजहाजलाई निष्क्रिय पारेको छ। यसैबीच, ओमानको खाडीमा आगलागी भएको पानीजहाजबाट संयुक्त अरब इमिरेट्स (यूएई)को नेसनल गार्डले २२ जना चालक दलका सदस्यको उद्धार गरेको छ। उद्धार गरिएका […] ...

काठमाण्डुपाटी
‘हजुरबाले भन्थे’ मा मूख्य भूमिकामा देखिँदै नीर शाह
Latest NewsJust now

‘हजुरबाले भन्थे’ मा मूख्य भूमिकामा देखिँदै नीर शाह

काठमाडौँ। ‘परान’मा मुख्य भूमिकामा अभिनय गरेर सफलता हात पारेका अभिनेता नीर शाह फेरि अर्को फिल्ममा पनि त्यस्तै भूमिकामा देखिने भएका छन् । उनी अहिले मुख्य भूमिकामा देखिन लागेको फिल्म हो ‘हजुरबाले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play