काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवाको निर्णय गरेका हुन्। सरुवाअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट खटिएका छन्। त्यस्तै, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बाल नरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्यालको सरुवा भएको छ। यसैगरी, पर्सामा पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

Read Complete Original Article
Published originally on नेपालन्युज





.jpeg)
