Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्- न्याय प्रणालीमा बटमदेखि टपसम्म सुधार गर्नुपर्नेछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्- न्याय प्रणालीमा बटमदेखि टपसम्म सुधार गर्नुपर्नेछ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायलयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन् । शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन् । न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ । उनले पञ्चवर्षीय योजना आएपछि फैसला लेखन र न्यायको गुणस्तरमा सुधार गर्नुपर्ने कुरामा जोड दिँदै, न्यायाधीशहरूले फैसला गर्दा त्यसको स्तर र प्रमाणको मूल्याङ्कनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले अदालतको अनुसन्धान, मिसिल जाँच, र पुरानै ढर्राको कार्यशैलीमा व्यापक सुधार गरी बटमदेखि टपसम्म न्याय प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । पाण्डेले आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्याङ्कन गर्दै मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिने प्रतिवद्धता जनाए । त्यस्तै, उनले कसैको प्रभाव र दवावमा फैसला गर्ने काम आफुबाट नभएको उल्ललेख गर्दै आगामी दिनमा पनि संस्थागत सुधारमा ध्यान दिने उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play