Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

प्रस्तावित न्यायाधीश पाण्डेको स्पष्टीकरण : ‘म सर्वोच्चको न्यायाधीश बन्दैमा मुद्दा प्रभावित हुँदैन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रस्तावित न्यायाधीश पाण्डेको स्पष्टीकरण : ‘म सर्वोच्चको न्यायाधीश बन्दैमा मुद्दा प्रभावित हुँदैन’
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाै । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले आफन्तको मुद्दा कुनैपनि न्यायधीशले हेर्न नमिल्ने बताउनुभएको छ ।शनिवार संसदीय सुनुवाई समितिमा उहाँले आफ्नो जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेपनि उक्त मुद्दामा आफूले कुनै प्रभाव पार्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले कुनैपनि न्यायधीशले आफ्नो करियर दाउमा राखेर कसैको प्रभावमा फैसला नगर्ने बताउनु भयो । उहाँले जग्गासम्बन्धी मुद्दामा आफ्नो परिवारले विशेष अदालतबाट सफाइ पाइसकेको पनि जानकारी दिनुभयो । सर्वोच्च अदालतमा आफूले गरेको पुनरावेदन जग्गाको स्वामित्वसँग नभई जफतसम्बन्धी फैसलासँग सम्बन्धित रहेको उहाँले स्पष्टीकरण दिनुभयो । संसदीय सुनुवाइका क्रममा पाण्डेले आफ्नी श्रीमतीको नाममा रहेको साविकको एक बिघा १४ कट्टा १५ धुर जग्गा हालसाबिक गर्दा दुई बिघाको जग्गाधनी पुर्जा प्राप्त भएको बताउनु भयो । साविकको जग्गाभन्दा पाँच कट्टा बढी जग्गा प्राप्त भएको स्वीकार गर्दै उहाँले बाँकी १२ कट्टा जग्गा भने आफ्नो कित्ताभित्रकै भएको दाबी गर्नुभयो । विशेष अदालतले अभियोगमा दाबी गरिएको दुई बिघा १२ कट्टा जग्गामध्ये १७ कट्टा जफत हुने फैसला गरेको उहाँको भनाई छ । उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुको कारण पाँच कट्टा बढी प्राप्त भएको जग्गा पाँच कट्टा जग्गा फिर्ता गर्न तयार रहेपनि १२ कट्टा जग्गा भने जफत गर्न नमिल्ने जिकिर रहेको उहाँले बताउनु भयो । उहाँले आफूले कानुन अनुसार नै जग्गाधनी लालपुर्जा पाएको जिकिर गर्नुभयो । पाण्डेले सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दामा आफू न्यायाधीश नियुक्त भएपनि प्रभाव पार्ने वा सुनुवाइमा संलग्न हुने अवस्था नरहेको बताउनु भयो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ ले आफ्नो वा आफन्तको मुद्दा न्यायाधीशले हेर्न नहुने व्यवस्था गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘साविकको जग्गा र क्षेत्रफल भनेर एक बिघा १४ कट्टा १५ धुर भनेर देखाउनुहुन्छ, अभियोगमा । मलाई हाल साविक गरेर धनी पुर्जा कतिको दियो भन्दाखेरि २ बिघाको दियो, अर्थात ५ कट्टा बढाएर दियो । २०६८ सालमा मैले धनी पुर्जा पाए, त्यसपछि मुद्दा प¥यो । विशेष अदालतले मेरो मिसेज लगायत मेरो साला गगनपुरीलाईबाहेक सम्पूर्णलाई भ्रष्टाचार गरी खाने नियत नभएको हुनाले भ्रष्टाचार नठहरिने भनेर फैसला ग¥यो । तर मेरो जग्गा २ बिघा १२ कट्टा छ भनेर दाबी लिएको छ । जबकि मैले धनी पुर्जा २ बिघा हो, त्यो २ बिघा १२ कट्टा भएको हुनाले १७ कट्टा चाहिँ तेरो जफत हुन्छ भन्यो, सबै जग्गा भनेको छैन । १७ कट्टा जफत भन्यो । म सर्वोच्चमा “होइन ठीक छ, ५ कट्टा त मेरो बढेको जग्गा हो । सरकारी छ भने लैजाऊ । तर मेरो १२ कट्टा जग्गा १७ कट्टामा ५ कट्टा, १२ कट्टा जग्गा त मेरो नम्बर भित्रको जग्गा कसरी लाने र ?’ भनेर म अपिल गर्न गएको हो । हाल साविक भनेको पुरानो जग्गा र नयाँ जग्गाको भोकको आधारमा कसैको कसैको घट्छ कसैको बढ्छ । यो जग्गाको इस्यु चाहिँ यति हो । अब म सर्वोच्च गएपछि त्यो मुद्दा त्यही छ भन्ने कुरामा हाम्रो विधायिकाले कानुन बनाएको छ, साविक मुलुकी ऐनको ३० नम्बर र हालको फौजदारीमा १७६ नम्बर, मुलुकी कार्यविधि, मुलुकी फौजदारी कार्यविधि ऐनको दफा १७६ ले आफ्नो र आफन्तको मुद्दा हेर्नु हुँदैन भन्छ । सुनुवाई गर्नु हुँदैन है भन्छ । न्यायाधीशको आफन्तको होइन, आफ्नो र आफन्तको पनि मुद्दा पर्छ । त्यस्तो मुद्दामा चाहिँ उहाँले हेर्नु हुँदैन । त्यस्ता मुद्दा हेर्नु हुँदैन भनेर प्रस्ट कानूनमा भनेको छ । त्यसैले मैले हेर्ने कुरा पनि आउँदैन । अब रह्यो प्रभाव पार्छु कि अथवा के गर्छु कि भन्ने कुरामा अब सर्वोच्च अदालतमा न्यायाधीश भइसकेको मान्छे कुरा सुनेर चाहिँ फैसला गर्ला जस्तो मलाई लाग्दैन ।’ उहाँले आफूले न्यायिक जिम्मेवारी निर्वाह गर्दा अहिलेसम्म न्याय परिषद्मा भ्रष्टाचारसम्बन्धी आरोप नलागेको दाबी गर्नुभयो । पाण्डेले सर्वोच्च अदालत पुगेपछि पनि न्यायिक मर्यादा र मूल्य-मान्यताअनुसार काम गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play