Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्च बढ्याे

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्च बढ्याे
Photo / Coverage: विश्वखबर

काठमाडाैं । तथ्याङ्क केन्द्र निर्माण तथा त्यसका लागि आवश्यक उपकरणमा व्यवसायीहरूले ठूलो लगानी बढाएपछि अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च अघिल्लो त्रैमासिकको तुलनामा १२.२ प्रतिशतले बढेको छ । सन् २०११ यताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि भएको यो तथ्याङ्क हो । अस्ट्रेलियाली तथ्याङ्क विभागका व्यावसायिक तथ्याङ्क प्रमुख रोबर्ट इविङका अनुसार तथ्याङ्क केन्द्रका लागि आवश्यक उपकरणमा भएको उल्लेखनीय लगानीका कारण पुँजीगत खर्चमा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च १८.६ प्रतिशतले बढेको उनले बताए । उहाँका अनुसार सन् २०२५ को सेप्टेम्बर त्रैमासिकदेखि नै व्यवसायीहरूले ठूलो परिमाणमा सर्भर र्याक तथा तथ्याङ्क प्रशोधन गर्ने उपकरण खरिद गर्न थालेपछि समग्र लगानीमा तीव्र वृद्धि देखिएको हो । इविङले पछिल्लो त्रैमासिकमा भएको वृद्धि सन् २०११ को सेप्टेम्बरपछि सबैभन्दा उच्च रहेको बताए । सन् २०११ मा खानी क्षेत्रमा भएको ठूलो लगानीका कारण अस्ट्रेलियाको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि भएको थियो । पछिल्लो तथ्याङ्कअनुसार सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा सबैभन्दा बढी लगानी वृद्धि भएको छ । उक्त क्षेत्रमा सेप्टेम्बर त्रैमासिकमा लगानी ८६.७ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । त्यसैगरी नयाँ उपकरण तथा मेसिनरी खरिदमा हुने खर्च २३.१ प्रतिशतले बढेको छ । यसमा सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भएको १८३.५ प्रतिशतको लगानी वृद्धिको प्रमुख योगदान रहेको अस्ट्रेलियाली तथ्याङ्क विभागले जनाएको छ । भवन तथा संरचना निर्माणमा हुने खर्च पनि समीक्षा अवधिमा १.७ प्रतिशतले बढेको छ । विद्युत्, ग्यास, पानी तथा फोहोर व्यवस्थापन सेवासँग सम्बन्धित क्षेत्र र सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भवन निर्माणसम्बन्धी लगानी अहिलेसम्मकै उच्च पुगेको तथ्याङ्कले देखाएको छ । इविङका अनुसार भवन तथा संरचनामा भएको लगानी वृद्धिमा नवीकरणीय ऊर्जा परियोजना र तथ्याङ्क केन्द्र निर्माणको महत्त्वपूर्ण योगदान रहेको छ । यस्ता परियोजनासँग सम्बन्धित विद्युत् भण्डारण तथा प्रसारण पूर्वाधार निर्माणले पनि लगानी वृद्धि गर्न सहयोग पुर्‍याएको उनले बताएका छन् । पछिल्लो समय तथ्याङ्क केन्द्रहरूको विस्तारसँगै सर्भर, तथ्याङ्क प्रशोधन उपकरण, विद्युत् आपूर्ति तथा भण्डारण प्रणालीमा व्यवसायीहरूको लगानी बढिरहेको छ । यसले अस्ट्रेलियाको निजी क्षेत्रको पुँजीगत खर्चमा समेत उल्लेखनीय प्रभाव पारेको सरकारी तथ्याङ्कले देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मार्गशीर्ष कृष्ण तृतीया : श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा सम्पन्न
Latest NewsJust now

मार्गशीर्ष कृष्ण तृतीया : श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा सम्पन्न

काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि... ...

रातोपाटी
कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी
Latest NewsJust now

कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी

मलेसिया । ऊर्जा सुरक्षामा असर पर्न नदिन मलेसियाले जीवाश्म इन्धनको प्रयोग एकैपटक बन्द नगरी क्रमिक रूपमा घटाउँदै स्वच्छ ऊर्जातर्फ अघि बढ्ने भएको छ । मलेसियाका प्राकृतिक स्रोत तथा वातावरणीय दिगोपनमन्त्री आर्थर... ...

रातोपाटी
१६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी
Latest NewsJust now

१६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी

युद्धग्रस्त सुडान र यमनसहित पाँच देशमा भोकमरीको जोखिम सबैभन्दा उच्च रहेको राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र विश्व खाद्य कार्यक्रमको अध्ययनको निष्कर्ष ...

कान्तिपुर
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
Latest NewsJust now

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता

काठमाडौँ । बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठुलो स्तरको अनुसन्धान सुरु गरिएको छ । यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement