Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्चमा ठूलो वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्चमा ठूलो वृद्धि
Photo / Coverage: टेक्नोलोजी खबर

तथ्याङ्क केन्द्र निर्माण तथा त्यसका लागि आवश्यक उपकरणमा व्यवसायीहरूले ठूलो लगानी बढाएपछि अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च अघिल्लो त्रैमासिकको तुलनामा १२.२ प्रतिशतले बढेको छ । सन् २०११ यताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि भएको यो तथ्याङ्क हो । अस्ट्रेलियाली तथ्याङ्क विभागका व्यावसायिक तथ्याङ्क प्रमुख रोबर्ट इविङका अनुसार तथ्याङ्क केन्द्रका लागि आवश्यक उपकरणमा भएको उल्लेखनीय लगानीका कारण पुँजीगत खर्चमा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च १८.६ प्रतिशतले बढेको उनले बताए। उनका अनुसार सन् २०२५ को सेप्टेम्बर त्रैमासिकदेखि नै व्यवसायीहरूले ठूलो परिमाणमा सर्भर र्याक तथा तथ्याङ्क प्रशोधन गर्ने उपकरण खरिद गर्न थालेपछि समग्र लगानीमा तीव्र वृद्धि देखिएको हो । इविङले पछिल्लो त्रैमासिकमा भएको वृद्धि सन् २०११ को सेप्टेम्बरपछि सबैभन्दा उच्च रहेको बताए। सन् २०११ मा खानी क्षेत्रमा भएको ठूलो लगानीका कारण अस्ट्रेलियाको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि भएको थियो। पछिल्लो तथ्याङ्कअनुसार सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा सबैभन्दा बढी लगानी वृद्धि भएको छ। उक्त क्षेत्रमा सेप्टेम्बर त्रैमासिकमा लगानी ८६.७ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। त्यसैगरी नयाँ उपकरण तथा मेसिनरी खरिदमा हुने खर्च २३.१ प्रतिशतले बढेको छ। यसमा सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भएको १८३.५ प्रतिशतको लगानी वृद्धिको प्रमुख योगदान रहेको अस्ट्रेलियाली तथ्याङ्क विभागले जनाएको छ। भवन तथा संरचना निर्माणमा हुने खर्च पनि समीक्षा अवधिमा १.७ प्रतिशतले बढेको छ। विद्युत्, ग्यास, पानी तथा फोहोर व्यवस्थापन सेवासँग सम्बन्धित क्षेत्र र सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भवन निर्माणसम्बन्धी लगानी अहिलेसम्मकै उच्च पुगेको तथ्याङ्कले देखाएको छ। इविङका अनुसार भवन तथा संरचनामा भएको लगानी वृद्धिमा नवीकरणीय ऊर्जा परियोजना र तथ्याङ्क केन्द्र निर्माणको महत्त्वपूर्ण योगदान रहेको छ । यस्ता परियोजनासँग सम्बन्धित विद्युत् भण्डारण तथा प्रसारण पूर्वाधार निर्माणले पनि लगानी वृद्धि गर्न सहयोग पुर्‍याएको उनले बताए। पछिल्लो समय तथ्याङ्क केन्द्रहरूको विस्तारसँगै सर्भर, तथ्याङ्क प्रशोधन उपकरण, विद्युत् आपूर्ति तथा भण्डारण प्रणालीमा व्यवसायीहरूको लगानी बढिरहेको छ। यसले अस्ट्रेलियाको निजी क्षेत्रको पुँजीगत खर्चमा समेत उल्लेखनीय प्रभाव पारेको सरकारी तथ्याङ्कले देखाएको छ। रासस/सिन्ह्वा The post प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्चमा ठूलो वृद्धि appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक
TechnologyJust now

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आज काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ। यस अवसरमा आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो, जहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रमका सहभागीहरूले फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरको प्रदर्शनी अवलोकन गरेका थिए। प्रत्येक स्कुटरको सजावटदेखि त्यस ...

टेक्नोलोजी खबर
नेपाल राष्ट्र बैंकको फिनटेक प्रदर्शनी सम्पन्न, २७ कम्पनीका नवीन प्रविधि प्रदर्शन
TechnologyJust now

नेपाल राष्ट्र बैंकको फिनटेक प्रदर्शनी सम्पन्न, २७ कम्पनीका नवीन प्रविधि प्रदर्शन

काठमाडौं । डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेकमा आधारित उद्यमका नवीन आविष्कार प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘NRB Fintech Innovation Showcase Event 2026’ सम्पन्न भएको छ ।नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार काठमाडौँको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा सम्पन्न भएको हो ।कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन ...

आइसिटी समाचार
काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक
TechnologyJust now

काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आज काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । यस अवसरमा आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो, जहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो ।कार्यक्रमका सहभागीहरूले फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरको प्रदर्शनी अवलोकन गरेका थिए ...

आइसिटी समाचार
एक लाख रुपैयाँसम्म पुरस्कार जित्ने अवसरसहित ‘उडान ह्याकाथन’ आयोजना हुँदै
TechnologyJust now

एक लाख रुपैयाँसम्म पुरस्कार जित्ने अवसरसहित ‘उडान ह्याकाथन’ आयोजना हुँदै

कैलाली । युवाको सिर्जनशीलता, नवप्रवर्तन र प्रविधिमा आधारित समस्या समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘उडान ह्याकाथन’ आयोजना हुने भएको छ । युरोपेली संघ ईयूको आर्थिक सहयोगमा सञ्चालित ‘उडान परियोजना’ अन्तर्गत युवा तथा विद्यार्थीलाई लक्षित गरी ह्याकाथन आयोजना गर्न लागिएको हो ।लम्कीचुहा नगरपालिकासमेत साझेदार रहेको उक्त परियोजना युथ इनोभेसन ल्याब, हेफर प्रोजेक्ट नेपाल, नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement