Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इटालीको डेटा संरक्षण निकायले सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सलाई ८० करोड ५० लाख युरो जरिवाना तोकेको छ। एन्ड्रोइड प्रयोगकर्ताको अनुमति र जानकारीबिना उनीहरूका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको ठहर गर्दै नियामक निकायले यस्तो कारबाही गरेको हो। निकायका अनुसार मेटाको उक्त गतिविधिबाट इटालीका करिब दुई करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भएका छन्। नियामक निकायले जारी गरेको विज्ञप्तिअनुसार फेसबुक एपमा रहेको एउटा फिचरमार्फत मेटाले प्रयोगकर्ताको व्यक्तिगत ग्यालरीमा भएका तस्बिर तथा भिडियोमा पहुँच पाएको थियो। उक्त फिचरले प्रयोगकर्ताको ग्यालरीमा रहेका सामग्रीमध्ये फेसबुकमा पोस्ट गर्न मिल्ने तस्बिर तथा भिडियो सुझाव दिने काम गर्छ। यस विषयमा कारबाही गर्दै नियामकले मेटालाई ६० दिनभित्र उक्त फिचर पूर्वनिर्धारित रूपमा निष्क्रिय बनाउन र प्रयोगकर्ताबाट छुट्टै सहमति लिन निर्देशन दिएको छ। यता मेटाले भने नियामक निकायको निर्णयप्रति असहमति जनाएको छ। कम्पनीका एक प्रवक्ताले जरिवानालाई असमानुपातिक भन्दै निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। प्रवक्ताका अनुसार फेसबुकमा तस्बिर तथा भिडियो साझा गर्न सहयोग गर्ने उक्त फिचर प्रयोग गर्नुअघि प्रयोगकर्ताले आफ्नै डिभाइसमा अनुमति दिनुपर्छ। प्रयोगकर्ताले चाहेको समयमा सेटिङमा गएर उक्त अनुमति परिवर्तन गर्न सक्ने उनको दाबी छ। सन् २०२५ मा सुरु भएको अनुसन्धानमा प्रयोगकर्ताका तस्बिर तथा भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) मोडललाई तालिम दिन प्रयोग गरिएको वा नगरिएको विषय भने समावेश नगरिएको नियामकले स्पष्ट पारेको छ। मेटाले पनि एआई तालिमका लागि त्यस्ता सामग्री प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ। यसैबीच, सन् २०२६ मा सुरु गरिएको अर्को फिचरमार्फत प्रयोगकर्ताको ग्यालरीमा रहेका सामग्री क्लाउडमा प्रशोधन गर्न अनुमति दिने व्यवस्थाको छुट्टै मूल्यांकन गर्ने अधिकार पनि नियामकले सुरक्षित राखेको छ। इटालीको डेटा संरक्षण निकायका अनुसार मेटामाथि लगाइएको जरिवाना कम्पनीको विश्वव्यापी कुल आम्दानीको करिब ०.४७ प्रतिशत बराबर हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !
Latest NewsJust now

ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !

काठमाडौं । जापानसँग मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएपछि ब्राजिलका पूर्वस्टार खेलाडी रोमारियाेले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सिंगापुरमा शनिबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिल जापानसँग ३–२ गोलले पराजित भएको थियो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्नु र अन्तिम समयमा गोल खानुले ब्राजिलको प्रदर्शनमाथि प्रश्न उठिरहेका बेला सन् १९९४ को विश्वकप विजेता रोमारियाेले प्रशिक्षक एन्सेलोट्टीप्रति ...

केन्द्रबिन्दु
२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय पक्राउ, अन्तर्राष्ट्रिय सञ्जालको प्रमुख भएको आशंका
Latest NewsJust now

२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय पक्राउ, अन्तर्राष्ट्रिय सञ्जालको प्रमुख भएको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध ब्यूरोको टोलीले थाइल्याण्डबाट नेपाल आएका ५५ वर्षीय रेवाराज टिघारे रहेका छन् । भारतको महाराष्ट्र पुने स्थायी ठेगाना भएका उनले आफूले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइ साढे ५ केजी सेतो हेरोइन ल्याएका थिए । यसअघि […] ...

लोकपथ
प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा
Latest NewsJust now

प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा

प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाबिच एनपीएलमा आइतबार प्रतिस्पर्धा भइरहेको छ । ...

रातोपाटी
सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरु)
Latest NewsJust now

सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरु)

काठमाण्डु- महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने भएकाले सिरहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ। छठ पर्वका लागि सिरहा जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन्। यसै क्रममा सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीलाई पनि झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले सिँगार्ने काम […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play