Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका पदाधिकारी तथा मातहतका निकायहरूलाई नागरिकलाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. तिमिल्सिनाले कर्मचारीहरूलाई संस्थाको जिम्मेवारी र कार्यादेश अनुरूप नतिजामूलक कार्यसम्पादनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। “नियमितरूपमा गरिने सामान्य कामहरू मात्र उपलब्धि होइनन्। नागरिकले प्राप्त गरेका सेवा र त्यसको प्रभावले नै कर्मचारीहरूको कार्यसम्पादन कति प्रभावकारी छ भन्ने कुरा झल्काउँछ,” मन्त्री तिमिल्सिनाले भने। उनले अपेक्षित नतिजा हासिल गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनका अनुसार मन्त्रालय र मातहतका निकायका प्रमुख तथा कर्मचारीहरू आ-आफ्नो कर्तव्यप्रति जिम्मेवार हुनुपर्छ। संस्थाका उद्देश्यहरू पूरा गर्न नेतृत्व तहमा सक्रिय दृष्टिकोण र जवाफदेहिता अपरिहार्य हुने मन्त्रीले औंल्याए। समस्या समाधान गर्न समीक्षा बैठक नै कुर्नु नपर्ने बताउँदै उनले विभिन्न प्रस्ताव र विकल्पहरू अघि सारेर समस्याहरू सुल्झाउन सकिने उल्लेख गरे। सरकारका लक्ष्य र जिम्मेवारीहरू पूरा गर्न मन्त्रालयका सचिव र मातहतका निकायका प्रमुखहरूबीच भएको कार्यसम्पादन सम्झौताको पूर्ण पालना हुनुपर्नेमा मन्त्रीले जोड दिए। उनले प्रधानमन्त्रीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता पनि मातहतका निकायहरूको प्रभावकारी कार्यसम्पादनसँग जोडिएको स्मरण गराएका थिए। मन्त्रीले कर्मचारीहरूको ध्यानाकर्षण गराएका अन्य विषयहरूमा विनियोजित बजेटको सदुपयोग, समयमै खरिद प्रक्रिया सम्पन्न गर्ने, विभिन्न निकायहरूबीच समन्वय र सहकार्य सुदृढ गर्ने, संस्थागत गोपनीयता कायम राख्ने तथा पेसागत इमानदारी प्रदर्शन गर्ने रहेका थिए। उनले ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ अघि बढाउनाका साथै संस्थागत सुधारको प्रक्रिया पनि चलिरहेको जानकारी दिए। समीक्षा बैठकमा मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले मन्त्रालयले नीति, कार्यसम्पादन र बजेटसम्बन्धी गतिविधिहरूलाई तीव्रता दिइरहेको बताए। “पहिलो त्रैमासिकको समग्र अवस्था सन्तोषजनक छ,” उनले भने। उनले दोस्रो त्रैमासिकदेखि सेवा प्रवाहलाई अझ छिटो, प्रभावकारी र गुनासोमुक्त बनाउन सहज हुने विश्वास व्यक्त गरे। सचिवका अनुसार अनलाइन प्रणालीको कार्यान्वयन, कर्मचारी व्यवस्थापन र आन्तरिक प्रशासनिक सुधारका कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ। बैठकमा मन्त्रालय र यस मातहतका निकायहरूको पहिलो त्रैमासिक प्रगतिको समीक्षा गरिएको थियो। The post प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
TechnologyJust now

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जाने भएका छन्। आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार ...

टेक्नोलोजी खबर
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
TechnologyJust now

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

२० कात्तिक, काठमाडौं। विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई-टेक करिअर्स: क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ […] The post एआई र ...

आइसिटी फ्रेम
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
TechnologyJust now

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जानुहुने भएको छ ।आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारी समेत सहभागी हुने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको ...

आइसिटी समाचार
टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान, नौ अन्तर्राष्ट्रिय क्रिएटर नेपालमा
TechnologyJust now

टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान, नौ अन्तर्राष्ट्रिय क्रिएटर नेपालमा

काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘#VisitNepal’ अभियान सुरु गरेको छ । नोभेम्बर ६ (कात्तिक २०) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो । टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्‍याउँदै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु अभियानको उद्देश्य रहेको छ ।अभियानअन्तर्गत टिकटकले युरोप, मिडल ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play